फाल्गुन २१ गते, २०७३ शनिवार 4th March, 2017 Sat१०:२१:४० मा प्रकाशित
वि.सं. २०२९ फागुन १६ र १७ गते झापा बैठकले सीपी मैनालीलाई सचिव चुनेको खबर दिन धुइँपत्ताल खोज्दासमेत केपी भेटिएका थिएनन् । केपी मोहनचन्द्रलाई खोज्न विराटनगर गए भन्नेसम्म सुनियो । पछि साथीहरुले सुनाए, ‘मोहनचन्द्र विराटनगरबाट रानी–जोगवनीमा पुगेको थाहा पाएपछि केपी उतै लागे ।’ केपी जोगबनी पुग्दा मोहनचन्द्र त्यहाँबाट भारत छिरिसकेका रहेछन् । बल्लतल्ल केपीले मोहनचन्द्रलाई देहरादुनभन्दा पश्चिमतिरको ठाउँमा उखु गोडिरहेको श्रमिकका रुपमा भेटेछन् । अनि दुवैजनाले केही समय उखु गोडेछन् ।
केपी सानैदेखि शारीरिक श्रम गर्न रुचाउन्नथे । मोहनचन्द्र केपीभन्दा जाँगरिला त थिए तर बेढंगका । केपीले बल्लतल्ल मोहनचन्द्रलाई नेपाल फर्किन राजी गराएछन् र गोरखपुर हुँदै पुनः विराटनगर फर्कने ताकमा रहेछन् । तर, मोहनचन्द्रलाई उनका साथीहरुले विराटनगर नआउनु भनेपछि गोरखपुरबाट वीरगन्ज आइपुगेछन् । मोहनचन्द्रले चिनेका पुराना साथीभाईको सम्पर्क खोज्दै १०–१२ दिन त्यतै बिताएछन् ।
उनीहरु मार्क्स, एंगेल्स, भारतीय कम्युनिष्ट पार्टी मालेका प्रकाशनहरु तथा अन्य पत्रपत्रिका झोलामा बोकेर हिँडेका रहेछन् । यस्ता सामान बोकेका साथीहरुलाई राख्न मोहनचन्द्रका वीरगन्जिया मित्रहरु डराएछन् ।
साथी डराएको बुझेपछि उनीहरु रौतहटमा रहेका अर्का पुराना मित्र तथा प्रधानपञ्चको घरतिर लागेछन् । यसै मेसोमा प्रहरीले झोला खानतलासी गर्ने क्रममा प्रतिबन्धित पाठ्यपुस्तक भेटाएछन् । यसपछि प्रहरीले प्रधानपञ्चकोमा नपुग्दै नेपाल–भारत सीमावर्ती क्षेत्रबाट उनीहरुलाई थानामा लगेछ । थानामा थप चेकजाँच गर्ने क्रममा चारु मजुमदारको भाषणको एउटा हस्तलिखित लामो नेटसमेत फेला परेछ ।
यसपछि के चाहियो ! माथिल्लो तहको प्रहरीकोमा खबर भएछ । प्रहरीले दुवैलाई अलग–अलग राखेर बयान लिएछ । सुरुमा त दुवैले आफ्नो नाम ढाँटेछन् । तर, प्रहरीले तिम्रो साथीले सब सत्य कुरा कहिसक्यो भनेपछि मोहनचन्द्र र केपी दुवैले आफ्नो वास्तविक नाम बताएछन् । मोहनचन्द्रको नाम सुन्नसाथ तुरुन्तै एक डेढ सय प्रहरीले घेरेछन् ।
यसरी २०३० साल कात्तिकमा मोहनचन्द्र अधिकारी र केपी ओली रौतहटबाट पक्राउ परे । पछि जेलमा सँगै बस्दा मोहनचन्द्र र केपीले मलाई यो कहानी सुनाएका थिए । यसपछि सरकारले मोहनचन्द्र र केपीलाई फाँसीको सजाय माग गर्दै राजकाज मुद्दा चलाएर काठमाडौंको गोलघरमा ल्यायो । गोलघरमा राखेकै बेला दुवैलाई फौजदारी अभियोग लगायो र राजकाज मुद्दा फिर्ता लियो ।
(मैनालीको ‘नलेखिएको इतिहास’ नामक पुस्तकको एक अंश–सम्पादक)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: