चैत ३ भित्रै कार्यस्थलमा पुग्ने गरी सबै स्थानीय तहमा कर्मचारी पठाउ : निर्वाचन आयोग
फाल्गुन ३० गते, २०७३ सोमवार 13th March, 2017 Mon०६:५३:४३ मा प्रकाशित
काठमाडौं, ३० फागुन । निर्वाचन आयोगले ७ वटै ४४ स्थानीय तहमा चैत ३ भित्र कार्यस्थलमै पुग्ने गरी तत्काल कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले वैसाख ३१ मा हुने चुनावका लागि स्थानीय तहमा अनिवार्य रूपमा कर्मचारी आवश्यक पर्ने उल्लेख गर्दै चैत ३ भित्र कार्यस्थलमा पुग्ने गरी कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
अाजको कान्तिपुरमा खबर छ– ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा आउनुअघिका २ सय १७ नगरपालिका ९महानगरपालिका र उपमहानगरपालिकासमेत० मा मात्र कार्यकारी अधिकृतसहितका कर्मचारी छन्, बाँकी ४ सय ८१ गाउँपालिकासहित ५ सय ३३ वटा स्थानीय तहमा कर्मचारी छैनन् । कर्मचारी नभएकाले बहुसंख्यक स्थानीय तहमा कामै सुरु हुन सकेको छैन ।
आयोगका पदाधिकारीले मुख्यसचिव सोमलाल सुवेदी, सामान्य प्रशासन सचिव मोहनकृष्ण सापकोटा र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीसित आइतबार छलफल गरी स्थानीय तहको चुनावको प्रक्रिया अघि बढाउन कर्मचारी आवश्यक पर्ने भएकाले तत्काल खटाउन निर्देशन दिएको हो ।
आयोगले निर्वाचनसम्बन्धी कार्य गर्न प्रत्येक स्थानीय तहमा कायममुकायम वा निमित्त मुकरर गरी आयोगलाई जानकारी दिन स्थानीय विकास मन्त्रालयलाई लिखित निर्देशन दिएको छ । आयोगले सामान्य र स्थानीय विकास मन्त्रालयलाई आपसमा समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन भनेको छ ।
आयोगले स्थानीय तहमा सम्भव भएसम्म सम्बन्धित सेवा–समूहका स्वीकृत दरबन्दीबमोजिमका कर्मचारी खटाउन र नभएमा मात्र अन्य उपयुक्त सेवा–समूहबाट व्यवस्थापन गर्नसमेत निर्देश गरेको छ । आयोगले स्थानीय तहको निर्वाचन अवधिभर चुनाव सम्पन्न गराउने कार्यमा संलग्न हुने कर्मचारी खटनपटनमा असर पर्ने गरी कुनै पनि तालिममा नखटाउनसमेत निर्देशन दिएको छ ।
‘कुनै पनि मन्त्रालय, निकाय र विभागबाट गोष्ठी, तालिम, सेमिनार आदि सञ्चालन गर्ने, तर एकै जिल्लाभित्रका कर्मचारीहरू सहभागी हुने अल्पकालीन अवधि वा यस्ता कार्यक्रम सञ्चालन गर्नुपरेमा निर्वाचन कार्यक्रममा असर नपर्ने गरी सञ्चालन गर्न सकिनेछ’ आयोगको लिखित निर्देशनमा भनिएको छ ।
स्थानीय विकास मन्त्रालयले आयोगको निर्देशनबमोजिम सामान्य प्रशासन मन्त्रालयसित समन्वय गरी मंगलबारसम्म स्थानीय तहमा पठाउने कर्मचारीहरूको सूची तयार पारिसक्ने भएको छ । स्थानीय विकास सचिव अधिकारीका अनुसार यसअघिका महानगर, उपमहानगर र नगरपालिका गरी २ सय १७ वटामा मात्र कर्मचारी छन्, बाँकीमा नयाँ महानगर, नगरपालिका र गाउँपालिकामा कर्मचारी छैनन् । स्थानीय तहमा सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारी पठाइने भएको छ ।
थपिएका तीन महानगरपालिका ललितपुर, पोखरा–लेखनाथ, भरतपुरमा सहसचिवलाई कार्यकारी अधिकृतको जिम्मेवारी दिइनेछ । यसअघिका ८ उपमहागरपालिकामध्ये ३ वटालाई महानगर बनाइएको छ भने थप ८ वटा नगरपालिकालाई उपमहानगर बनाइएको छ । १३ उपमहानगर र २ सय ४६ नगरपालिकामा उपसचिवलाई कार्यकारी अधिकृतको जिम्मेवारी दिएर पठाइने जानकारी सचिव अधिकारीले दिए । उनले ४ सय ८१ गाउँपालिकामा शाखा अधिकृतलाई कार्यकारी अधिकृतको जिम्मेवारी दिइनेछ । यसअघि गाउँ विकास समितिमा नायव सुब्बा या खरिदार तहका कर्मचारी गाविस सचिव हुन्थे भने अब गाउँपालिकामा शाखा अधिकृत ‘कार्यकारी अधिकृत’ हुनेछन् ।
सचिव अधिकारीले स्थानीय तहका लागि तीन सहसचिव, २ सय उपसचिव र २ सय शाखा अधिकृत आवश्यक रहेको बताए । उनले सामान्य प्रशासन मन्त्रालयसित समन्वय गरी मंगलबारसम्म सबै स्थानीय तहमा पठाइने कर्मचारीको नामावली तय भइसक्ने जानकारी दिए । ‘सामान्यसँग मिलेर हाम्रो मन्त्रालयले मंगलबारसम्म स्थानीय तहमा जाने ४ सय अधिकृतस्तरका नामावली तयार पार्छौं । उनीहरूलाई कार्यकारी अधिकृतको जिम्मेवारी दिएर सम्बन्धित सबै स्थानीय तहमा चैत ३ भित्रै कार्यस्थलमा पुग्ने गरी पठाउँछौं ।’
उनका अनुसार कार्यकारी अधिकृत पुगेपछि नयाँ सबै स्थानीय तहमा औपचारिक रूपमा काम सुरु हुनेछ । विघटित गाविसका सचिवहरूलाई नगरपालिका या गाउँपालिकाको वडा सचिवको रूपमा काम खटाइनेछ । उनीहरू नगर या गाउँपालिकाको कार्यकारी अधिकृतको मातहतमा रहेर कार्य गर्नेछन् । सचिव अधिकारीले सबै स्थानीय विकास अधिकारीलाई आ–आफ्नो जिल्लाभित्रका गाविस सचिवलगायतका कर्मचारीहरूलाई नगर या गाउँपालिकामा व्यवस्थापन गर्न निर्देशन दिइसकिएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: