फाल्गुन ३० गते, २०७३ सोमवार 13th March, 2017 Mon०७:२२:४९ मा प्रकाशित
काठमाडौं, ३० फागुन । नियामक सरकारी निकाय सहकारी विभागले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी तथा ऋणी नारायणप्रसाद राई र उनकी पत्नी शोभा राईबीचको हरहिसाब नगरिदिँदा राईदम्पतीको घरबासै उठेको छ ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– विभागले अदालत तथा सहकारी बोर्डले दिएको आदेशसमेत पालना नगर्दा गोरखा सहकारीले तीन रोपनी ५ आना जग्गा जफत गरेपछि राईदम्पतीको घरबास उठेको हो । उक्त सहकारीले किर्ते कागज बनाएर ठगेको आरोप राईदम्पतीले लगाएका छन् ।
‘हामीले ऋण चुक्ता गरिसकेका छौं । अझै पनि कानुनले थप रकम तिर्नुपर्ने देखाएमा दाखिला गर्छौं\', राईदम्पतीले भने । यति भन्दाभन्दै पनि ललितपुर नखिपोट कान्तिपुर कोलोनीनजिकको ३ रोपनी ५ आना जग्गा सहकारीले जफत गरेको छ । उक्त सहकारीबाट शोभा राईका नाममा रहेको ललितपुर उपमहानगरपालिका वडा नं ५ को २१, २२ र १००९ कित्ता नम्बरको जग्गाबाट २९ लाख २५ हजार ऋण लिएकी थिइन् भने नारायण राईले १००७, १३०९, १३१०, १३१३ नम्बरको कित्ताबाट १७ लाख ऋण लिएका थिए ।
उनीहरूले क्रमशः २०६७ कात्तिक ११ गते र २०६८ चैत १२ गते ललितपुर मालपोत कार्यालयमा जग्गा दृष्टिबन्धक र सहकारीको रोक्का गराएर उक्त सहकारीबाट ऋण लिएका हुन् । राईदम्पतीले लिएको जम्मा ऋण ४६ लाख २५ हजारमा पटकपटक गरी ४८ लाख ३६ हजार ५ सय ६१ रुपैयाँ सहकारीलाई बुझाइसकेका छन् । ऋण तिरेको भौचर राईदम्पतीसँग छ । तर लिएको ऋण तिरेर अन्य हिसाब बाँकी भएमा तिर्छु भन्दाभन्दै सहकारीले करिब ६ करोड रुपैयाँको जग्गा जफत गरेको छ ।
गोरखा सहकारीले मालपोत कार्यालयमा दृष्टिबन्धक राखिएको शोभा राईका नाममा रहेको उक्त कित्ता नम्बरको सोही जग्गामा २०६८ चैत १२ गते ५७ लाख ४६ हजार रुपैयाँको कागज तयार पारेको छ । नारायण राईका नाममा रहेको सहकारीले रोक्का गरेको जग्गामा पनि १७ लाखको सट्टा ४१ लाख ५० हजार रुपैयाँको तमसुक बनाएको छ । राईदम्पतीले तिरेको ऋणको कुनै हिसाब छैन । सहकारीले यी दुवै ऋण अनि यसको ब्याज, अदालतमा लागेको खर्च, हर्जनासमेत गरी राईदम्पतीको ३ रोपनी ५ आना जग्गा एक करोड २४ लाख रुपैयाँमा सकारेको छ जब कि सहकारीले नै बनाएको तमसुक र कागजको रकम जोड्दा पनि ९८ लाख ९६ हजार रुपैयाँ मात्र तिर्नुपर्ने देखिन्छ ।
राईदम्पतीले सहकारीबाट लिएभन्दा बढीको किर्ते कागज तयार पारेको र उनीहरूले विभिन्न समयमा बुझाएको दुरुस्त हिसाब नदेखाएको आरोप लगाएका छन् । खाली कागजमा सही गराएर सहकारीले ऋण बढाएको राईदम्पतीले बताए । सहकारीले भनेकै जति रकमको सावाँब्याजसमेत गरी ८९ लाख ३१ हजार रुपैयाँ पनि आफू तिर्न तयार भएको शोभा बताउँछिन् ।
राईले सम्पत्ति हरहिसाबका लागि सम्बन्धित निकायमा गुहार मागेका छन् । ‘म अन्यायमा परेको छु । आफूले लिएभन्दा दोब्बर ऋण तिर्छु भन्दाभन्दै सहकारीले अदालतमा मुद्दा चल्दाचल्दैको अवस्थामा मेरो जग्गा हडपेको छ\', उनले भने ।
मुख्य मुद्दा ‘हरहिसाबका लागि सम्बन्धित निकायमा पठाइदिएपछि अन्य मुद्दामा कुनै सुनुवाइ नभएको अर्थात् यथास्थितिमा छाडेको\' पीडितले बताएका छन् । ‘यस्तै अवस्थामा मेरो अन्य जग्गासमेत हडप्ने योजनामा गोरखा सहकारी छ\', उनले भने ।
राई आफूलाई अन्याय परेको भन्दै सहकारी बोर्ड हुँदै सहकारी विभाग तथा मन्त्रालय पुगेका थिए । त्यसपछि विभागले वादी (राईदम्पती) र प्रतिवादी (संस्था) लाई राखेर छलफल पनि गराएको थियो । तर विभागले राईदम्पतीलाई चित्त बुझाउन सकेन । उल्टै उनीहरूलाई अन्याय नपरेको भन्दै विभाग पन्छिएको छ । अन्नपूर्णसँगको कुराकानीमा विभागका रजिस्ट्रार केशवप्रसाद रेग्मीले ४६ लाख २५ हजार रुपैयाँ ऋणका लागि ६ करोड रुपैयाँको जग्गा जफत गर्दासमेत उनीहरूलाई अन्याय नभएको बताए । ‘केही गर्न सक्ने अवस्था देखिएन\', रेग्मीले भने, ‘उहाँ पुनरावेदन जानुभएको छ । अदालतले नै फैसला गर्छ ।\'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: