Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

जाँदाजाँदै अाधा अर्ब बाेनस

\"\"काठमाडौं, ३० फागुन । पर्यटनमन्त्री जीवनबहादुर शाहीले पदबाट बाहिरिनु दुई दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका ८ सय कर्मचारीलाई ५३ करोड २७ लाख रुपैयाँ बोनस बाँड्न सहमति दिएको खुलेको छ। अाजको नागरिक दैनिकमा खबर छ– सुरुदेखि नै बोनस बाँड्ने पक्षमा रहेका मन्त्री शाही उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत थिए। उनी अध्यक्ष रहेको सञ्चालक समितिले गत पुस दोस्रो साता प्राधिकरण कर्मचारीलाई उक्त परिमाणबराबरको बोनस बाँड्ने निर्णय गरेको थियो । बोनस बाँड्ने कामलाई थप सहज बनाउन प्राधिकरणले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसँग पुस तेस्रो साता सहमति मागेको थियो । बोनस बाँड्ने निर्णय गर्ने सञ्चालक समितिका अध्यक्ष र पर्यटन मन्त्रालयमा बोनसका लागि सहमति दिने व्यक्ति एउटै हुँदा निर्णय विवादास्पद बन्न पुगेको थियो । मन्त्री शाही गत बिहीबार (फागुन २६) मा पदबाट बाहिरिएका थिए । त्यसको दुई दिनअघि फागुन २४ मा उनले ‘प्राधिकरणका कर्मचारीलाई बोनस उपलब्ध गराउने गरी अर्थ मन्त्रालयमा अन्तिम निर्णयका लागि पठाउन सहमति दिइएको’ बेहोरा उल्लेख गरी बोनस फाइलमा हस्ताक्षर गरेको सम्बद्ध स्रोतले जानकारी दियो । शाही अहिले खानेपानी तथा सरसफाइमन्त्री छन् । स्रोतका अनुसार पर्यटन सचिव शंकरप्रसाद अधिकारी, मन्त्रालयको कानुन महाशाखा र आर्थिक प्रशासन शाखाले बोनसमा सहमति दिन नहुने राय÷सुझावको ठिक विपरीत मन्त्री शाहीले ठाडै सहमति दिएका हुन्। ‘प्राधिकरणले बोनसमा सहमति मागेपछि पर्यटन मन्त्रालयको कानुन महाशाखाले नमिल्ने भन्दै आर्थिक प्रशासन शाखामा फाइल पठायो र उसले पनि नमिल्ने भन्दै हवाई सुरक्षा महाशाखा पठाएको थियो,’ स्रोतले आइतबार नागरिकसँग भन्यो, ‘तर महाशाखाले सहमति दिन मिल्ने भन्दै पर्यटन सचिवको फाइल पठाएको थियो । सचिवले कानुन महाशाखाको रायबमोजिम सहमति दिन नमिल्ने भने पनि अन्तिममा मन्त्री शाहीले सहमति दिन मिल्ने भन्दै हस्ताक्षर गरे ।’ स्रोतका अनुसार बोनसमा सहमति दिइएको फाइल अन्तिम स्वीकृतिका लागि गत शुक्रबार नै अर्थ मन्त्रालय पठाइएको छ । त्यही दिन मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री शाहीले ‘प्राधिकरणको वार्षिकोत्सवमै मैले त्यहाँका कर्मचारीलाई बोनस खुवाउँछु भनेको थिएँ, त्यही भएर सहमतिमा हस्ताक्ष गरिदिएँ’ भन्दै मन्तव्य दिएका थिए । लगभग पूरै मन्त्रालय बोनसविरुद्ध भए पनि मन्त्री शाहीले सहमति दिएको भनेपछि मन्त्रालयका अधिकारीहरू अचम्भित भएका थिए । उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले आफूसम्बद्ध ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३’, ‘बोनस ऐन २०३०’ र ‘बोनस नियमावली २०३९’ लाई ठाडै लत्याउँदै करोडौं रुपैयाँ बोनस बाँड्ने निर्णय गरेको थियो । बोनस नियमावली २०३९ मा ‘नाफा कमाउने उद्देश्य नलिई प्रशासनिक, औद्योगिक, कृषि जस्ता कुनै क्षेत्रको सम्बद्र्धनको लागि स्थापना भएको नेपाल सरकारको स्वामित्व रहेको प्रतिष्ठानले बोनस वितरण गर्न पाउनेछैन’ उल्लेख छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy