Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सीमांकन हेरफेर बिना नै निर्वाचनमा जान सकिन्छ – प्रचण्ड

\"\"काठमाडौं, १ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका लागि संविधान हेरफेर अवस्यक नहरेको बताएका छन् । मंगलबार बिहान ललितपुर महानगरपालिकाबाट स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्य प्रारम्भ समारोहलाई उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमा सीमांकन संशोधन बिना नै स्थानीय तहको निर्वाचनमा जान सकिने बताएका हुन । उनले स्थानीय निर्वाचन अघि सीमांकन हेरफेर अनिवार्य नरहेको बताउँदै चुनावमा सहभागी हुन मधेसकेन्द्रित दललाई अपिल गरेका छन् । समारोहलाइर् संवोधन गर्दै उनले भने , ‘संशोधन जतिबेला सकारात्मक वातावरण बन्छ राजनीतिक समझदारी भएपछि त्यतिबेला पास होला । निर्वाचन गर्न संविधानमा सीमाकंन हेरेफेर अनिवार्य छैन ।’ दाहालले मधेसी जनता पनि उत्साहजनकरुपमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । ‘मैले पनि मधेसी जनताको अधिकारका लागि लडेको छु,’ उनले भने, ‘मैले नेतृत्व गरेको जनयुद्धमा १३ सय मधेसीले योगदान गरेका छन, म त्यसको ऋणी छु । दाहालले स्थानीय निकाय तहमा परिवर्तन हुनु सामान्य जोडघटाउ र सामान्य सुधारमात्र नभएको बताए । ‘गाउँ पञ्चायत गाउँ पालिका, नगरपञ्चायत नगरपालिकामा परिवर्तनमात्रै भएको होइन,’ उनले भने, ‘यो आमूल परिवर्तनको प्रतिक हो, क्रान्तिकारी परिवर्तनको प्रतिक हो ।’ सिंहदरवारमा निहीत रहेको अधिकार गाउँ नगर र टोलमा गएको बताउँदै उनले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका धेरै अधिकार स्थानीय तहमै हुने उल्लेख गरे । प्रधानमन्त्रीले स्थानीय तह कार्यान्वयनसँगै गणतन्त्रको उज्यालो जनता आफैंले अनुभूति गर्ने वातावरण बनेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending