Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

आचारसंहिता उल्लंघन गर्दै दर्जनाैं सांसद विदेश सयरमा

\"\"काठमाडौं, ४ चैत । सभामुख ओनसरी घर्तीमगरलाई समेत पत्तै नदिई दर्जनौं सांसद निर्वाचन आचारसंहिता कुल्चँदै विदेश सयरमा छन् भने केही दर्जन विदेश भ्रमणको तयारीमा छन् । निर्वाचन आयोगले मुलुकलाई प्रतिनिधित्व गर्नेबाहेक अन्य प्रयोजनका लागि कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्ति विदेश भ्रमणमा जान नहुने आचारसंहितामा स्पष्ट गरे पनि दर्जनौं सांसदहरू अध्ययन भ्रमण, गोष्ठी र सेमिनारको बहानामा विदेश घुमिरहेका छन् भने तीन दर्जनभन्दा बढी सांसद संसद्का कर्मचारीसहित विदेश भ्रमणको तयारी गरिरहेका छन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– संसद् सचिवालयका अनुसार राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीमगर र सोही समितिका सदस्य माओवादी केन्द्रका सांसद सन्तु दरै सभामुख ओनसरी घर्तीमगरलाई समेत जानकारी नदिई जापान पुगेर फर्केका छन् । जापानको इहिमी विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन सभापति घर्ती र सांसद दरैले संसद् सचिवालयबाट भिसा नोट लेखाए पनि सभामुख घर्तीमगरसँग भ्रमण स्वीकृत गराएका थिएनन् । संसद्को महिला, बालबालिका समितिका चार सांसद मंगलबार अमेरिका गएका छन् । सभामुख ओनसरी घर्तीमगरलाई कुनै जानकारी नदिई महिला, बालबालिका समिति सभापति रञ्जु ठाकुर, कांग्रेस सांसदद्वय अतहर कमाल मुसलमान र सरिता प्रसाईं तथा माओवादी केन्द्रकी सांसद अनिता परियार महिला सशक्तीकरणसम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका गएका हुन् । यस्तै सभामुख र संसद् सचिवालयलाई कुनै जानकारी नदिई कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितका सांसद कोरिया पुगेर फर्केका छन् । नेपालमा पिस फेडरेसन संस्था सञ्चालन गरिरहेका परिवार दलका अध्यक्ष ढकालकै नेतृत्वमा हालै मात्र कांग्रेसका रामहरि खतिवडासहितका सांसद फिलिपिन्स भ्रमण गरेर फर्केका छन् । सभामुख घर्तीमगरले यी दुवै भ्रमणमा कोको सांसद गए र कहिले फर्के भन्नेबारे संसद् सचिवालय र आफूलाई कुनै जानकारी नदिइएको बताएकी छन् । यता विकास समिति, अर्थ समिति र अन्तर्राष्ट्रिय समितिका सांसद तथा कर्मचारी पनि यसै साता विदेश भ्रमणको तयारीमा छन् । निर्वाचन आयोगले भने सरकारी स्रोतसाधनको प्रयोग गरेर सांसद र कर्मचारीहरू विदेश भ्रमणमा जानु आचारसंहिताको उल्लंघन भएको बताएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अन्नपूर्णसँग भने, ‘सांसदज्यूहरू निजी भ्रमणमा जान सक्नुहुन्छ तर राज्यको स्रोतसाधन प्रयोग गरेर विदेश भ्रमणमा जान नपाउने व्यवस्था आचारसंहिताले स्पष्ट गरेको छ । आचारसंहिता पालना गराउन आयोग कटिबद्ध छ ।\' आयोगले बिहीबार मात्रै विज्ञप्ति जारी गरेर आचारसंहिता उल्लंघन गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने स्मरण गराउँदै आचारसंहिता प्रतिकूल आचरण नगर्न सरकार, मन्त्रालय, निकाय, संघसंस्था, राजनीतिक दललगायतको ध्यानाकर्षण गराएको छ । केही सांसद सरकारी स्रोतसाधन र केही विदेशी सहयोगी संस्थाहरूको सहयोगमा विदेश सयर गर्दैछन् । विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा बेलायती अन्तर्राष्ट्रिय संस्था (डीएफआईडी) को सहयोगमा ८ सांसदसहित ९ सदस्यीय टोली चैत ५ गते बेलायत जाँदैछ । संसदीय परम्परा, स्थानीय तथा क्षेत्रीय विकास अध्ययन गर्न भन्दै सभापति अधिकारीको नेतृत्वमा सांसदहरू कल्पना चौधरी, रामकुमार भट्टराई, यज्ञबहादुर थापा, जनार्दन ढकाल, टोपबहादुर रायमाझी, रामअयोध्याप्रसाद यादव, शिवजी यादव र संसद् सचिवालयका एक महिला कर्मचारी बेलायत जान लागेका हुन् । यस्तै विकास समितिअन्तर्गतकै चार सदस्यीय उपसमिति श्रीलंका भ्रमणमा जाँदैछ । सडक दुर्घटनासम्बन्धी अध्ययन गर्न भन्दै गणेश पहाडी, आङदावा शेर्पा, प्रकाश शर्मा पौडेल र संसद् सचिवालयका कर्मचारी शिवदत्त बराल श्रीलंका जान लागेका हुन् । यस्तै खाडी मुलुकमा नेपाली श्रमिकको अवस्था अध्ययन गर्न भन्दै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति प्रभु साह श्रीमती दिनाकुमारी साहसहित केही खाडी मुलुकको भ्रमणमा जाने भएका छन् । संसद् सचिवालयका अनुसार साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्सको १८ दिने भ्रमणमा सभापति साहले आफ्नी श्रीमतीलाई पनि समावेश गरेको भन्दै केही सांसदले असन्तुष्टि व्यक्त गरेका छन् । खाडी मुलुक जाने समितिका अन्य सांसदमा अशोककुमार मण्डल, प्रेमकिशोर साह तेली, विनोद श्रेष्ठ, राज्यलक्ष्मी पाण्डे, राधादेवी तिमिल्सेना, ललिताकुमारी रेग्मी र संसद् सचिवालयका कर्मचारी झलक शर्मा सापकोटा छन् । नेपाली कामदारको अवस्था बुझ्न भन्दै राज्यकोषबाट जम्बो टोली खाडी जान लागेकोमा समितिकै केही सांसदले आश्चर्यसमेत व्यक्त गरेका छन् । संसद्को अर्थ समितिका सभापति प्रकाश ज्वालाको नेतृत्वमा समितिको ८ सदस्यीय टोली स्विट्जरल्यान्ड र जर्मनीको अध्ययन भ्रमणमा जाँदैछ । सांसदहरू कमला पन्त, विदुर सापकोटा, दलबहादुर सुनार, प्रमिला राना, हरिलाल ज्ञवालीसहित संसद् सचिवालयका सहसचिव कृष्णहरि खड्का र दिनेश आचार्य भ्रमण टोलीमा सहभागी छन् । यस्तै महिला सशक्तीकरणसम्बन्धी पाकिस्तानमा भएको गोष्ठीमा भाग लिएर कांग्रेसकी सांसद चित्रलेखा यादव, पेम्बा लामा, सिर्जना तरामु खत्री र संसद् सचिवालयका कर्मचारी रेखा उपाध्याय बिहीबार काठमाडौं फर्केका छन् । मुलुकी ऐन र न्यायप्रणालीबारे फिलिपिन्स, जापान र भारतको अध्ययन भ्रमणपछि संसद्को विधायन समिति चीन भ्रमणको तयारीमा छ । समिति सभापति गंगा चौधरी सत्गौवाले समितिका कर्मचारीसमेतलाई सहभागी गराएर चिनियाँ राजदूतसँग ‘लन्च मिटिङ\' गरिसकेकी छन् । सभामुख र संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई समेत जानकारी नदिई विधायन समितिले चीन भ्रमणको चाँजोपाँजो मिलाइदिन राजदूतसँग आग्रह गरेको समितिका एक सदस्यले जानकारी दिए । यस्तै इन्टरनेसनल आइडियाको सहयोगमा फोरम लोकतान्त्रिकका जितेन्द्र देव नेदरल्यान्डको हेगमा भइरहेको कार्यक्रममा सहभागी भइरहेका छन् । सभामुख ओनसरी घर्तीमगर आफैं पनि अन्तरव्यवस्थापिका संघ (आईपीयू) को सम्मेलनमा भाग लिन बंगलादेश जाने तयारीमा छिन् । विगतमा प्रमुख दलका प्रमुख सचेतकसहित सभामुखले आईपीयूको सम्मेलनमा भाग लिने चलन रहे पनि यसपटक उनको भ्रमण टोलीमा कोही पनि प्रमुख सचेतक छैनन् । सभामुखको टोलीमा सांसदहरू कुमारीलक्ष्मी राई, टीकाराम चेम्जोङ लिम्बु, सुरेन्द्रप्रसाद जयसवाल, जंगीलाल राय, संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, सचिव वीरेन्द्रबहादुर कार्की र सभामुखकी सहयोगी सावित्री अधिकारी बंगलादेश जान लागेका हुन् । सांसदहरू आफूखुसी भ्रमणमा निस्कन थालेकोमा सभामुख घर्तीमगर भने रुष्ट छिन् । ‘विभिन्न संघसंस्था र समितिबाट सांसदहरू विदेश भ्रमणमा जाँदा सभामुखको स्वीकृति लिएर जानुपर्नेमा आफूखुसी विदेश भ्रमणमा जान थालेकोमा सभामुखज्यू खुसी हुनुहुन्न\', सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy