Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

गाईप्रेमी कमल थापा

\"\" काठमाडौं, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूलाई गाई चुनाव चिन्ह फापेकै कारण गाई नगुमाउन पार्टीभित्रै युद्ध छेंडेका छन् । राप्रपा नेपालबाट राप्रपासँगको एकतामा आएपछि पनि उनले बरु झण्डा बदल्न तयार हुने तर गाई नबदल्ने अड्डी कसे । पार्टी एकीकरण हुनुअघिदेखि महाधिवेशनसम्म पनि गाई कि हलो भन्नेमा बहस चर्कियो । हलो चुनावचिन्ह हटाएकै रिसमा डा.प्रकाशचन्द्र लोहनीले तीसौं वर्षको राजनीतिलाई तिलाञ्जली दिए । लोहनीको काँधमा भने हलो नै झुण्डिए पनि थापाले गाई छाडेनन् । केही दिनअघि राप्रपा नै त्यागेका लोहनीले नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेका छन् भने उनले पार्टी छाडेकै दिन नयाँ पार्टीको चुनाव चिन्ह हलो नै हुने बताएका थिए । गाई चिन्हले धार्मिक राजनीति पनि गर्न पाइने भएकाले पनि थापाले गाई छाड्न सकेका छैनन् । बरु गाईको प्रचार तीब्र पार्ने अभियान नै छेंडेका छन् । गाई कि हलो भन्ने आफ्नै पार्टीभित्र बहस चलिरहँदा थापाले शनिवार राजधानीमा ‘गाई’ चिन्ह सार्वजनिक कार्यक्रम नै आयोजना गरे । चुनाव चिन्ह गाई सार्वजनिकरण समारोहमा पार्टी अध्यक्ष  थापाले पार्टीले लिएको हिन्दू राष्ट्रको सिद्धान्त र गाईसँगको भावनात्मक सम्बन्धका कारण सो चिन्ह् छनोट गरिएको बताउँदै सोही चिन्ह्मार्फत जनताको विश्वास जितेर पार्टीका सिद्धान्त स्थापना गरिने बताए । दुई राप्रपा एक भएपछि पनि गाई कि हलो भन्ने बहस पार्टीभित्र चलिरहँदा हलो पक्षधर लोकेन्द्रबहादुर चन्द पनि थापाकै पछि लागेका छन् । गाई सार्वजनिक कार्यक्रममा शनिवार चन्दको पनि सहभागिता थियो । हालैमात्र सरकारमा गएका थापाको पार्टी राप्रपाको विधान परिमार्जन गर्दै निर्वाचन आयोगले धर्म निरपेक्ष र राजसंस्था नै हटाइदिएपछि रुष्ट भएका थापाले गाईको प्रचार कार्यक्रममा भने गाईको प्रचार भन्दा बढी निर्वाचन आयोगको आलोचनामा समय खर्चिनु पर्यो । निर्वाचन आयोगले हिन्दु राष्ट्र र राजसंस्था शब्दावली पार्टीको बिधानबाट हटाउने निर्णय पुनर्विचार नगरे सत्ताबाट बाहिरिन बाध्य हुनेसमेत उनले चेतावनी दिए । थापाले पार्टीको विचारमाथि नै प्रतिबन्ध लगाउने गरी निर्वाचन आयोगको निर्णय आएको भन्दै उनले सरकार छाड्ने चेतावनी मात्र दिएनन्, सरकारमा रहेर सडक र सदन आन्दोलनको घोषणा समेत गरेका छन् । उपप्रधानमन्त्री समेत रहेका थापाले धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि तत्काल संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने पनि बताए । संविधानमा कुनै धर्म विशेषलाई स्थान नदिने व्यवस्था गरिएका आयोगले राप्रपालाई दल दर्ताका लागि विधान संशोधन गरेको थियो । हिन्दु राष्ट्र र राजसंस्था नहटाइए राप्रपाले आगामी चुनावमै भाग लिन नपाउने निर्वाचन आयोगको तर्क छ । त्यहि रिसमा राप्रपाले हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि संसदमा तत्काल संशोधन प्रस्ताव दर्ता गराउने तयारी समेत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: