Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

कांग्रेस–माओवादी नेतालाई ओलीको सुझावः ‘हस् हजूर’ भन्न छाड्नुस्

\"\" सुर्खेत, ५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्रका नेताहरुलाई ‘हस् हजुर’ भन्न छाड्न आग्रह गरेका छन् । नेकपा एमालेको मेची महाकाली अभियान समापनपछि शनिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सन्देश सभामा बोल्दै ओलीले भारतको नाम नलिइकन कांग्रेस–माओवादीका नेताहरुलाई हस् हजुर भन्न छाड्न सुझाव दिए । मेची महाकाली अभियान राष्ट्र जगाउने अभियानका रुपमा ब्याख्या गर्दै ओलीले मुलुकमा आफू मात्रै राष्ट्रवादी भएको जिकिर गरे । ‘छिमेकीसँग आफ्ना सवाल दृढतापूर्वक राखौं । कहीनेर सही कुरा गर्दा पनि छिमेकी रिसाउँछ की भन्न नलागौं’ ओलीले भने, ‘आफ्नो मुलुकको हितमा छ की छैन् । आफ्ना मुलुकका बहुसंख्यक जनता के चाहन्छन् । त्यसमा ख्याल राखौं ।’ मधेसवादी दलहरुविरुद्ध आक्रामक हुँदै आएका ओलीले सुर्खेतमा पनि मधेसी दलहरुको खुलेर आलोचना गरे । उनले मधेसी नेताहरुसँग इंगित गर्दै विदेशी दलालको संज्ञा दिए । सरकारले दुई चार जना विदेशी दलाल उफ्रेको मात्र देखेको तर हजारौं जनतालाई नदेखेको भन्दै आलोचना गरे । आफ्नो सरकारले भारतीय नाकाबन्दीविरुद्ध दृढतापूर्वक उभिएर बिना शर्तमा नाकाबन्दी खुलाएको ओलीको भनाइ थियो । ओलीले निर्वाचन गराउन सरकार डराएको पनि आरोप लगाए । जुनसुकै हालतमा पनि तौकिएकै मितिमा निर्वाचन हुनुपर्ने भन्दै अध्यक्ष ओलीले खुट्टा नकमाउन सरकारलाई आग्रह गरे । सरकारले बैशाख ३१ गतेकै दिन स्थानीय तह निर्वाचन गरेर देखाउन पनि उनले चेतावनी दिए । कार्यक्रममा नेता माधव कुमार नेपालले सरकार निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको बताए । यस्तै, एमाले महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयनको बाधक छिमेकी मुलुक भारत भएको आरोप लगाए । उनले संविधान संशोधन बेमौसमको राग भएको टिप्पणी गरे । एमालेले मेची महाकाली अभियानको भने शुक्रबार नै औपचारिक समापन गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: