Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

पहिलो पटक मतदान गर्ने युवामा चुनावी उत्साह

\"\"इलाम, ६ चैत । इलाम फाकफोकथुम गाउँपालिका–२ का सृजन शर्मा अहिले २० वर्षको भए । अहिलेसम्म उनले कुनै पनि निर्वाचनमा मत खसाल्न पाएका छैनन् । उनले भने – “२०७० सालको संविधानसभाको निर्वाचनमा मत खसाल्न पाइएन । अबको स्थानीयतहको चुनावमा भने मत खसाल्ने ठूलो रहर छ ।” शर्मालाई अबको चुनावमा दलभन्दा पनि व्यक्तिलाई हेरेर मत खसाल्न मन लागेको छ । भने– “देशमा विकास र समृद्धि आवश्यकता छ । त्यो व्यक्ति हामी आफैँले छनोट गर्नुपर्छ ।” स्थानीय निकायमा जनप्रतिनिधि भएको खण्डमा अहिले जस्तो एकैजना व्यक्तिले सबै गाविसको काम भ्याउनुपर्ने बाध्यता नहुने बताए । यो चुनाव नयाँ गाउँपालिका र नगरपालिकाअन्तर्गत हुन्छ भन्ने सुनेको छु । चुनावको प्रत्यक्ष अनुभव बल्ल लिन पाइने भो । सोयाङकी सङ्गीता सञ्जेललाई पनि कतिबेला निर्वाचनको दिन आउला भन्ने खटपटी भइरहेको छ । अहिलेसम्म चुनावमा भोट खसाल्न नपाएको बताउँदै भने – “पहिलो संविधानसभाको निर्वाचनमा उमेर पुगेको थिएन । यसपटक त चुनावको राम्रै अनुभव लिन पाइने भो ।” उनले भने – “अबको चुनावमा गाउँघरको समस्या बुझ्नसक्ने नेतालाई भोट हालिन्छ ।” शर्मा र सञ्जेलमात्रै होइन् पहिलोपटक निर्वाचनमा भोट हाल्ने पर्खाइमा बसेका हजारौँ युवालाई चुनावी उत्साह जागेको छ । समयमै चुनाव भए देशमा विकास निर्माणको कामले गतिलिने र राजनीतिक स्थिरता कायम हुन्थ्यो भन्ने युवालाई लागेको छ । युवा नेताको ऊर्जा देश विकासमा खर्चने वातावरण बनाउनेमा युवावर्ग लागेका छन् । देशमा निर्वाचन भए रोजगारी खोज्दै युवा पलायन हुनुपर्ने दिन हराउँथ्यो कि भन्ने अधिकांश युवाको भनाइ छ । प्रायः यतिबेला सबै युवाको मनमा विदेश जानुपर्ने बाध्यताचाहिँ संविधान कार्यान्वयन नभएर हो भन्ने पाइएको छ । जिल्ला निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले गाउँ–गाउँमा सबै क्षेत्र निर्वाचन निर्धारण गरिएको बताए । कार्यालयले जिल्लाका शिक्षक र सामाजिक परिचालकहरूलाई निर्वाचन शिक्षाबारे जानकारी दिएर निर्वाचन शिक्षाको प्रसारप्रचार गर्ने तयारी गरेको निर्वाचन अधिकृत काफ्लेले बताए । आउँदो निर्वाचनका लागि इलाममा १७ वटा दल दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: