Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

मन्त्रीकै पार्टीले स्थानीय चुनावमा भाग लिन नपाउने

\"\"काठमाडौं, ६ चैत । वर्तमान सरकारमा सहभागी मन्त्रीकै पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएको छ । विज्ञान तथा प्रविधि मन्त्री रहेका प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टीले आगामी वैशाख ३१ का लागि तय भएको निर्वाचनमा भाग लिन नपाएने भएको हो । तीन वर्षदेखि आयब्यय विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले दल दर्ता खारेज गरेको थियो । निर्वाचन अायोगको २०७२ फागुन २१ गतेको निर्णयबाट समाजवादी जनता पार्टीको दर्ता खारेज भएको हो । केही दिनअघि मात्रै सर्वोच्चले सिंहको पार्टी दर्ता खारेज नगर्नु भनी आदेश दिएको छ । तर अदालतको फैसलाले सिंहको पार्टी खारेज हुनबाट जोगिए पनि स्थानीय निर्वाचनका लागि दल दर्ताको समय सकिएकाले सिंहको पार्टीले निर्वाचनमा भाग लिन नपाउने भएको हो । निर्वाचन आयोगले दल दर्ता खारेज गरेपछि सिंह अदालत गएका थिए । स्थानीय तहमा दल दर्ता नगरेका कारण सिंहको पार्टीले अब स्वतन्त्र हैसियतमा मात्रै निर्वाचनमा भाग लिन पाउनेछ । यस्तै, ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने नेपाः राष्ट्रिय पार्टी पनि आयोगमा दर्ता नभएकाले स्थानीय चुनावमा भाग लिन नपाउने भएको छ । निर्वाचन आयोगमा दल दर्ता भएका १ सय १३ राजनीतिक दल मध्ये पार्टीकै प्राविधिक त्रुटीका कारण आगामी स्थानीय तहको निर्वाचनमा सबै दलले भाग लिन नपाउने भएका छन् । दल दर्ता भएका पुराना पार्टीहरुले पुरानै चुनाव चिन्ह प्राप्त गर्ने निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए । आगामी निर्वाचनका लागि निर्वाचन आयोगले आइतबारदेखि मतपत्र छपाइको काश शुरु गर्दैछ । वैशाख १९ गते आयोगले दलहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने भए पनि समयअभावका कारण १२ दिनअघिदेखि नै मतपत्र छाप्न लागिएको हो । आयोगका अनुसार स्थानीय निर्वाचनमा साना–ठूला गरेर ६ किसिमका मतपत्र छापिने भएको छ । मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रले पाएको छ । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा एक जना मतदाताले सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्नेछ । जसमा गाउँपालिका तथा नगरपालिका प्रमुख १, उपप्रमुख १, वडा अध्यक्ष १, वडा महिला सदस्य १, दलित महिला सदस्य १, खुल्ला सदस्य २ गरी सात ठाउँमा मतदान गर्नु पर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: