Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

सञ्चार मन्त्रालयअन्तर्गतका संस्था पुनर्संरचनाबारे छलफल सुरु

\"\"काठमाडौँ, ८ चैत । सङ्घीयताअनुरुप सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका निकायको पुनर्संरचनाका विषयमा बहस सुरु भएको छ । राष्ट्रिय आमसञ्चार नीति, २०७३ कार्यान्वयन सुझाव समितिले आज मन्त्रालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री सुरेन्द्रकुमार कार्कीले साझा नेपाल निर्माण गर्दा ग्रामीणस्तरका जनतालाई अधिकारसम्पन्न गराउने गरी मन्त्रालय मातहतका कार्यालयको पुनर्संरचना गरिनुपर्ने बताए । “मधेसी दललाई स्थानीय तह र सङ्घ बलियो हुने तर प्रदेश कमजोर हुने चिन्ता छ, नेपालमा अन्तको जस्तो भन्दा पनि मौलिक किसिमको सङ्घीयता विकास गरिनुपर्छ”, उनले भने । सार्वजनिक सेवा प्रसारण (पिएसबी)का नकारात्मक पक्ष अध्ययन गरेर यस विषयमा अघि बढ्नुपर्ने मन्त्री कार्कीको भनाइ थियो । एक हप्ताभित्र मन्त्रालय मातहतका निकायलाई पुनर्संरचनाको खाका पेस गर्न उनले निर्देशन दिए । समितिका अध्यक्ष काशीराज दाहालले मन्त्रालयअन्तर्गतका निकायलाई सङ्घको ढाँचाभित्र कसरी समावेश गर्ने भनी सुझाव लिन कार्यक्रम आयोजना गरिएको जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजीव गौतमले रेडियो नेपाल गठन गरिएको विकास समिति ऐनअनुसार १३९ समिति बनिसकेकाले हाललाई त्यसअनुरुप संस्था खोल्न बन्द गरिएको जानकारी दिए । राष्ट्रिय समाचार समिति ९रासस०का नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले राससले प्रदेशमा समाचार ब्यूरो स्थापना गर्ने बताए । “समाचार बेचेर रासस टिक्न सक्ने अवस्थामा छैन, ब्यूरो स्थापनाका लागि कर्मचारी वृद्धि गरिनुपर्छ, सात सय ४४ स्थानीय तहमा रासस पुग्न नसके पनि एक सय ६५ निर्वाचन क्षेत्रमा पुग्न सक्छ, महानगर र उपमहानगरमा पनि रासस पुग्छ, राससलाई सूचना बंैकका रुपमा स्थापित गर्ने लक्ष्य छ”–उनले भने । गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले संस्थान ऐनमा बेच्न नसकिने सेयरको विषय रहेको उल्लेख गर्नुहुँदै सरकारकै मातहतमा रहने गरी नयाँ ऐन मस्यौदा गरिनुपर्ने बताए । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले हाल पाँच प्रदेशमा रेडियो नेपालबाट २१ भाषामा प्रसारण भइरहेको सुनाए । नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले वैशाख १ गतेदेखि कोहलपुरबाट पनि प्रसारणको तयारी भइरहेको जानकारी गराउनुभयो । नेपाल टेलिकमका उपप्रबन्धक सुरजसिंह थापाले क्षेत्रीय कार्यालयलाई प्रदेश कार्यालयमा रुपान्तरित गर्ने तयारी भइरहेको बताउनुभयो । मुद्रण विभागका महानिर्देशक शङ्कर अर्यालले सात प्रदेशमा वरिष्ठ मुद्रण अधिकृतको नेतृत्वमा कार्यालय स्थापनाको तयारी गरिएको बताउनुभयो । सूचना विभागका महानिर्देशक वीरबहादुर राईले विभागलाई राष्ट्रिय सूचना केन्द्रका रुपमा स्थापना गरिने सोच अघि सार्नुभयो । मन्त्रालयका निमित्त सचिव रामचन्द्र ढकाल, पूर्वसहसचिव कविराज खनाल लगायतले सङ्घीयताअनुरुप मन्त्रालयअन्तर्गतका संस्था पुनर्संरचना गरिनुपर्ने विचार राख्नुभयो । मन्त्रिपरिषद्ले विसं २०७३ पुस ७ गते दाहालको अध्यक्षतामा सङ्घीयताअनुरुप मन्त्रालयअन्तर्गतका निकाय पुनर्संरचना गर्न समिति गठन गरेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: