Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

टाउको काटिएको भिडियो सार्वजनिक भएपछि इजिप्टले लिबियामा जिहादीमाथि आक्रमण गर्यो

काइरो । जिहादीहरूले २१ जना इजिप्टसेली क्रिस्चियनको टाउको काटी हत्या गरेको भिडियो सार्वजनिक गरेपछि काइरोले लिबियामा इस्लामिक स्टेट समूहको लक्ष्यमा सोमबार हवाई आक्रमण गरेको छ । इजिप्टले यस विषयमा कडा हस्तक्षेप आवश्यक भएको उल्लेख गरेको छ भने फ्रान्सले सुरक्षा परिषद्लाई छिमेकी लिबियामा जिहादीविरुद्ध नयाँ पाइला लिन आग्रह गरेको छ । इजिप्ट सिनाइ प्रायःद्वीपमा आईएससँग पहिलेनै सङ्घर्ष गरिरहेको समयमा सोमबारको आक्रमणले यस युद्धमा नयाँ मोर्चा खोलेको छ । सेनाले सन् २०१३ को जुलाइमा इस्लामी राष्ट्रपति मोहमद मोर्सीलाई पदमुक्त गरेपछि आईएसका जिहादीले अनेकौँ सैनिक मारेको छ । भिन्नमत राख्नेमाथि घातक आक्रमण गर्ने व्यक्तिको रूपमा आलोचना भएका र मोर्सीलाई पदमुक्त गर्ने पूर्व सेना प्रमुख राष्ट्रपति अब्देल फताह अल–सिसीले इजिप्टलाई जिहादीविरुद्धको अन्तर्राष्ट्रिय प्रयासमा प्रमुख साझेदारको रूपमा प्रस्तुत गर्नुभएको छ । सोमबार बिहानै भएको हवाई आक्रमणमा आईएसको शिविर तथा तथा हतियार भण्डारमा प्रहार भएको सेनाले जानकारी दिएको छ । टाउको काटी हत्या गरिएको क्रूर भिडियोचित्र जिहादीले सार्वजनिक गरेपछि इजिप्ट क्रुद्ध भएको हो । प्रत्यक्षदर्शीले देर्नामा सेनाले कम्तीमा सातपटक हवाई आक्रमण गरेको जानकारी दिए । सेनाले आईएसका लागि अरेबिक भाषामा एक विज्ञप्ति प्रकाशन गरी लिबियाको दाएस शिविरमा भेला हुने, तालिम दिने तथा हतियार भण्डार गर्ने क्षेत्रमा आक्रमण गरेको जानकारी दिएको छ । इजिप्टले अफ्नो पश्चिमी छिमेकमा इस्लामी लक्ष्यमा सैनिक कारवाही गरेको पहिलोपटक घोषणा गरेको हो । यसअघि उसले लडाकूलाई लक्ष्य बनाएको कुरालाई अस्वीकार गरेको थियो । अमेरिकी अधिकारीहरूले भने इजिप्टले पहिले संयुक्त अरब इमिरेट्सलाई लिबियाका लडाकूमाथि आक्रमण गर्न आफ्नो सैनिक केन्द्र प्रयोग गर्न दिएको बताएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending