Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सूचना नलुकाई सहयोग गर्न प्रमुख आयुक्त बाँस्कोटाको आग्रह

काठमाडौं, सूचना आयोगकका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले लोकतन्त्रको मापक नै सूचनाको हक भएकाले कसैलेपनि सूचना लुकाउन नहुने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा सूचनाको हक तथा एकिकृत विकासका लागि आर.टि.आई. एड् मासिक पत्रिकाको विमोचन गर्दै प्रमुख आयुक्त बाँस्कोटाले सूचनाको हकले नै लोकतन्त्रको मापन गर्ने भएकाले सार्वजनिक निकायले सूचना दिँदा तौलेर दिँदा समस्या उत्पन्न भएको स्पष्ट पारेका छन् । आर.टि.आई एड् ईन्टरनेशनल नेपालका अध्यक्ष तथा आर.टि.आई एड् मासिकका सम्पादक कर्णबहादुर नेपालीको सभापतित्वमा आयोजित विमोचन कार्यक्रममा उनले सूचनाको हकलाई अझ बढावा दिनका लागि सरकारले आगामि दिनमा विद्यालयस्तरको पाठ्यक्रममै सूचनाको हकलाई समेट्ने समेत बताए । नेपाली समाज र संस्कृति अझैपनि गोप्यतामा आधारित रहेको उल्लेख गर्दै सत्य तथा सूचनालाई उजागर गर्न खुल्ला हुनुपर्ने धारणा राखे । उनले भने,‘मुखले सूशासनको कुरा गर्ने, प्रेस स्वतन्त्रताको वकालत गर्ने अनि अनि सूचना दिनुपर्ने सबै कागजपत्र चाहीँ दराजमा लुकाएर राख्ने प्रवृति छ, यसको चाँडो अन्त्य हुनुपर्छ ।’ राज्यको हरेक निकायको सूचना आम नागरिकसमक्ष पुर्याउनु नै अहिलेको आवश्यकत्ता भएको भन्दै उनले सूचनाको हक तथा एकिकृत विकासका लागि आर.टि.आई. एड् मासिक पत्रिकाले जुन अभियान सुरु गरेको छ त्यसमा आफू पनि हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्न तयार रहेको बताए । उनले भने,‘यस पत्रिकासँग सहकार्य गर्न हामी पूर्ण तयार छौं, यसमा हाम्रो समर्थन छ, आगामी दिनमा हामी सूचनाको हकका लागि सहकार्य गरेर अघि बढ्न तयार छौं, सफलताको शूभकामना ।’ कार्यक्रममा गो–गो फाउण्डेशनका अध्यक्ष केदार खड्काले पत्रिका र पत्रिकाको टिमले सूचनाको हकसम्बन्धी प्रंशसनिय कामको थालनी गरेको भन्दै सूचना उपलब्ध गराएर सहयोग गर्न सबैसँग अपिल समेत गरेका छन् । उनले सूचना लुकाउने काम केन्द्रमा मात्रै नभएर स्थानीय तहसम्म व्याप्त भएको भन्दै उक्त परम्परा तत्काल तोड्नुपर्ने बताए । राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घलेले मानवअधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक लगायतका क्षेत्रमा सक्रियताका साथ काम गर्न सुझाव दिएका छन् । उनले आर.टि.आई एड् मासिकले आगामी दिनमा सूचनाको हकको संरक्षण एवम् प्रर्वद्धन गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनार, सूचनाको हक अभियानका कञ्चनपुर प्रतिनिधि गोविन्द नेपाली लगायतले सूचनाको हक र पत्रिकाले आगामी दिनमा गर्ने कार्यक्रमवारे प्रकाश पारेका थिए । कार्यक्रममा पत्रिकाका सम्पादक कर्णबहादुर नेपालीले सबै प्रकारका भ्रष्टाचारको न्यूनिकरण अनि बहिस्करणमा परेका गरिव तथा सिमान्तकृत समूदायलाई जगाउने र श्रोतको समान हिस्सेदार बनाउने, मानव अधिकार र प्रजातन्त्रको उच्चतम अभ्याउन गराउने उद्देश्यका साथ आफूहरुले सूचनाको हक तथा एकीकृत विकासलागि आर.टि.आई. एड् मासिक पत्रिका प्रकाशन गरेको बताए । नेपालीले आगामी दिनमा आफूहरु यीनै उद्देश्यका लागि काम गर्ने समेत विश्वास व्यक्त गरे । उक्त मासिकका प्रकाशकहरुमा एल.वी. परियार, कविराज खड्का र पूर्णबहादुर भुजेल रहेका छन् भने प्रबन्ध निर्देशकमा तुलसी मैनाली छन् । त्यस्तै पत्रिकाको प्रबन्ध सम्पादकमा नोबेल पोखरेल र कार्यकारी सम्पादकमा कल्याण गौतम रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy