Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बाबुराम भन्छन्– आन्दोलन गछौंं, चुनाव किन बहिष्कार गर्ने ?

आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनमा भाग लिने तयारी गरे पनि पार्टीलाई निर्वाचन आयोगले दलकै मान्यता नदिएपछि नयाँ शक्ति पार्टी आन्दोलित छ । ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलले मात्रै दलको हैसियतमा चुनाव चिन्ह पाउने र संसद बाहिरका दलले स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिनुपर्ने निर्वाचन ऐन जारी गरिएपछि नयाँ शक्ति आन्दोलित छ । प्रत्यक्षमा एक सिटसहित समानुपातिकमा ३ प्रतिशत ल्याउनै पर्ने थ्रेसहोल्डको भने बाबुरामले जायज भनेका छन् । थ्रेसहोल्ड जाजय भएको बताउँदै आएका भट्टराईले साना दलहरुलाई पनि साथ लिएर आइतबारदेखि आन्दोलन थालेका छन् । आन्दोलनको पहिलो दिन निर्वाचन आयोगमा धर्ना दिँदै गर्दा भट्टराई, क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल लगायतका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गर्यो । आइतबार दिउँसो हिरासतभित्रै खबरडबलीसँग कुरा गर्दै भट्टराईले माग पूरा नहुन्जेल आन्दोलन जारी राख्ने तर माग पूरा नभए पनि निर्वाचन बहिष्कार भने नगर्ने स्पष्ट गरे । हिरासतमै रहँदा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम  भट्टराईसँग गरिएको संक्षिप्त कुराकानीः \"\" तपाईहरुको आन्दोलन के का लागि हो ? हाम्रो आन्दोलन लोकतन्त्रको मूल्य मान्यता र नेपालको संविधानले दिएको अधिकारको लागि हो । आफ्नो निर्वाचन चिन्हसहित चुनावमा उठ्न पाउनुपर्छ भन्ने हाम्रो माग हो । संसदवादी दलहरुले सिन्डिकेट लगाएका छन्, त्यसकाविरुद्ध पनि हो हाम्रो आन्दोलन । संसदमा रहेका दलहरुले एकलौटी ढंगले निर्णय गरेका छन् । त्यो हामीलाई कुनैपनि हालतमा सैह्य हुँदैन । संसदवादी दलहरु सच्चिनका लागि दबाब पनि हो हाम्रो आन्दोलन । अनि बहुदलीय लोकतन्त्र र संविधानको पक्षमा पनि आन्दोलन । तर निर्वाचन ऐन अब परिमार्जन हुने सम्भावना छ र ? त्यसो भए संसदवादी दलहरु संविधान विरुद्ध गर्न पाउँछन् ? संविधानको धारा २७०, २७१ र २७२ ले दलहरुलाई आफ्नो पहिचानसहित आफ्ना विचारधारा र पहिचान लिएर संगठित हुने र चुनाव लड्न पाउने अधिकार दिएको छ । पहिचान भनेको त चुनाव चिन्ह हो । त्यस विपरित ऐन बनाउन पाइन्छ ? संविधानसँग बाझिएको ऐन स्वतः खारेज हुन्छ । संसदवादी दलहरुले संविधान विपरित काम गरेका छन् । के उनीहरुले लोकतन्त्र र संविधान विपरित काम गर्न मिल्छ ? उनीहरुले यो जसरी पनि सच्च्याउनै पर्छ । हाम्रो संघर्ष निरन्तर जारी रहन्छ । नयाँ शक्ति र नेकपा (माओवादी क्रान्तिकारी) एक भएर आन्दोलन गर्न लाग्या हो ? हैन, हामी दुई दल मात्र होइनौं, ६५ दल आन्दोलनमा सहभागी छौं । यो विषयमा मुद्दा मिल्ने हामी एक भएका हौं । हामी संयुक्त आन्दोलन गर्छौ । भनेपछि, तपाईहरु अब आन्दोलन सँगै गर्नुहुन्छ ? आन्दोलन अगाडि बढ्यो होइन त ? आन्दोलन हाम्रो रहर होइन । हाम्रो माग पूरा भए अहिले आन्दोलन सकिन्छ । हामीले त्यसै आन्दोलन गरेका होइनौं । संविधानमा जे व्यवस्था छ, त्यसैअनुरुप गरेका छौं । माग पूरा नभएसम्म आन्दोलन निरन्तर चल्छ । अनि माग पूरा भएन भने के गर्नुहुन्छ ? चुनाव बहिष्कार गर्नुहुन्छ ? किन बहिष्कार गर्नु ? त्यो निर्वाचन गलत ढंगले संविधान विपरित गरिएको छ । त्यो गर्ने त सरकारलाई अधिकार नै छैन् । हामी जनतालाई बुझाएर, जनताको दबाब सिर्जना गरेर माग पूरा गर्न बाध्य पारि छाड्छौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending