Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

मन्त्रालय र केन्द्रीय निकायले नै ४३ करोड पानीको महसुल तिर्न बाँकी

\"\"काठमाडौँ, २१ चैत । मन्त्रालय, केन्द्रीय निकाय र सरकारी सार्वजनिक संस्थानले खानेपानी उपभोग गरेबापत् काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई रु ४३ करोड महसुल तिर्न बाँकी छ । खानेपानीको सबैभन्दा बढी महसुल नेपाल विद्युत् प्राधिकरणले रु ५० करोड तिर्न बाँकी रहेको लिमिटेडले जनाएको छ । प्राधिकरणले दुई महिना विद्युत्को महसुल नतिर्ने ग्राहकको घरमा लाइन काट्छ । तर त्यही संस्थाले पानी उपयोग गरेको महसुल करोडौँ तिर्न बाँकी हुँदा लिमिटेड कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा छ । लिमिटेडको महसुल तिर्न बाँकी रहेको मन्त्रालय एवम् केन्द्रीय निकायमा गृहमन्त्रालय रु आठ करोड १९ लाख, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय रु छ करोड ७५ लाख, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय रु पाँच करोड छ लाख, सहरी विकास मन्त्रालय रु चार करोड २२ लाख, स्वास्थ्य मन्त्रालय रु तीन करोड ३४ लाख, शिक्षा मन्त्रालय रु दुई करोड २४ लाख, रक्षा मन्त्रालय रु एक करोड ५५ लाख, राष्ट्रपतिको कार्यालय रु एक करोड ४४ लाख, सूचना तथा सञ्चार मन्त्रालय रु एक करोड २६ लाख, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रु ८१ लाख ६० हजार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रु ६१ लाख ३७ हजार, युवा तथा खेलकुद मन्त्रालय रु ५६ लाख ८८ हजार, ऊर्जा मन्त्रालय रु ५३ लाख ९९ हजार, उद्योग मन्त्रालय रु ५३ लाख ९२ हजार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग रु ५० लाख, कृषि मन्त्रालय रु ३६ लाख ८१ हजार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय रु २८ लाख दुई हजार महसुल तिर्न बाँकी रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए । लिमिटेडको पछिल्लो बैठकले उठ्न बाँकी महसुल उठाउन पहिलो प्राथमिकता दिएर काम गर्ने निर्णय गरेको छ । लिमिटेड सञ्चालक समितिका अध्यक्ष एवम् मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराई लामो समयदेखि महसुल नतिर्ने ग्राहकलाई सेवा दिन नसकिने बताए । लिमिटेडले ‘‘बिलिङ’ गरेपछि आम्दानी देखाउनुपर्छ, आम्दानीअनुसारको कर तिर्नुपर्छ, आम्दानी नै निश्चित नभएकाले संस्था चलाउन मुस्किल छ, यसैले सरकारी संस्थालाई पहिलो र व्यक्तिका नाममा रहेका धारालाई दोस्रो प्राथमिकतामा राखेर महसुल उठाउँदैछौँ” – उनले भने । पहुँचवालाले महसुल मिनाहाका लागि दबाब दिने गरेको अनुभव पनि अध्यक्ष भट्टराईले सुनाए । लिमिटेडको रु दुई अर्ब १२ करोड महसुल उठ्न बाँकी अन्य सरकारी निकाय, निजी संस्था र व्यक्तिले गरी लिमिटेडलाई रु दुई अर्ब १२ करोड पाँच लाख महसुल बुझाउन बाँकी छ । महसुल नतिरेका ग्राहकलाई व्यक्तिगत रुपमा पत्र लेखी छिटो महसुल तिर्न सूचित गरिएको लिमिटेडका महाप्रबन्धक डा महेशकुमार भट्टराईले बताए । नेपाल खानेपानी संस्थान हुँदाको रु ६८ करोड ५० लाख र लिमिटेड बनेपछिको रु एक अर्ब ४३ करोड ५५ लाख गरी रु दुई अर्ब १२ करोड पाँच लाख बक्यौता बाँकी रहेको काउखाली ९केयुकेएल०ले जनाएको छ । लिमिटेड महाराजगन्ज शाखाको रु २७ करोड ८८ लाख, त्रिपुरेश्वर शाखाको रु २० करोड ४० लाख, क्षेत्रपाटी शाखाको रु १५ करोड ४३ लाख, महाङ्कालचौर शाखाको रु १७ करोड नौ लाख, बानेश्वर शाखाको रु २७ करोड ३५ लाख, कमलादी शाखाको रु छ करोड एक लाख, ललितपुर शाखाको रु २१ करोड २६ लाख, भक्तपुर शाखाको रु चार करोड ६२ लाख, कीर्तिपुर शाखाको रु ५६ लाख, मध्यपुर ठिमी शाखाको रु एक करोड ६८ लाख र ट्याङ्कर शाखाको रु एक करोड १४ लाख महसुल उठ्न बाँकी छ । विसं २०७४ असोजभित्र मेलम्चीको पानी उपत्यकामा आउने भएपछि लिमिटेडले महसुल नबुझाउने ग्राहकको धारामा पानी नपठाउने तयारी गरेको छ । “लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले हाल बिच्छ्याइरहेको पाइप फेरि बिच्छ्याउन सडक खन्न झन्झट हुने भएकाले महसुल नतिरेका ग्राहकको घरसम्म पनि पाइप पुग्छ, तर अहिलेको पाइप प्रणालीमा विशेष प्रविधि भएकाले महसुल नतिर्ने ग्राहकको धारामा पानी पठाइँदैन” – महाप्रबन्धक भट्टराईले भने । यो विशेष किसिमको साँचो ९भल्भ बुक कि० लिमिटेडसँग मात्र हुने व्यवस्था भएकाले महसुल नतिर्ने ग्राहकलाई कडाइ गर्न लागेको हो । यो प्रणाली नेपालमा पहिलोपटक जडान हुँदैछ । मेलम्चीको पानी आएपछि वितरणका लागि सञ्जाल निर्माण गरिरहेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकाल नयाँ प्रविधिले पाइप प्वाल पारेर चोरी गर्नेलाई रोक्न नसके पनि वैधानिक रुपमा दर्ता भई मिटर जडान गरेका ग्राहकको मिटरमा पानी नजाने गरी बन्द गर्न सकिने व्यवस्था रहेको बताउँछन् । “मिटर अघि सानो ‘मेकानिकल डिभाइस’ राखिन्छ, यसलाई उपभोक्ता आफैँले खोल्न सक्दैनन्, खोल्नका लागि लिमिटेडका कर्मचारीले विशेष प्रकारको साँचो प्रयोग गर्नुपर्छ, पहिले जस्तो प्लम्बरले सानो पानी आउँदा बढाउन सकिने व्यवस्था अहिले छैन” – उनले भने । संस्थानलाई २०६४ फागुन १ गतेदेखि लिमिटेडमा परिवर्तन गरिएको थियो । सरकारले २०३३ सालदेखि महसुल लिएर पानी वितरण सुरु गरेको हो । विसं २०४१ सम्म ग्राहकले भन्नेबित्तिकै धारा जोडिन्थ्यो । त्यसबेला धारा जोड्न नागरिकताको प्रतिलिपि, जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपिको अनिवार्यता थिएन । यसैले २०४१ सालअघिका धाराको लगत भए पनि कुन ठाउँमा धारा छ भन्नेसमेत स्पष्ट छैन । यस्ता धाराको सङ्ख्या १० हजार रहेको लिमिटेडले जनाएको छ । यी धाराबाट महसुल लिन थालेदेखिकै बक्यौता बाँकी छ । सरकारी आयोजना भाडाको घरमा बस्दा जोडिएका धाराको पनि महसुल तिरिएको छैन । ती धारा सरकारका विभिन्न निकायका नाममा भए पनि घर छोडेर अन्यत्र स्थापित भइसकेका छन् । ती घरका धनीले पानी प्रयोग गरे पनि धारा सरकारी संस्थाका नाममा भएकाले महसुल बाँकी रहेको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending