Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

आधिकारिक व्यक्तिको विवरण पठाउन निर्वाचन आयोगको आग्रह

\"\"काठमाडौं, २२ चैत । स्थानीय तहको निर्वाचनमा उम्मेद्वारको मनोनयन पत्र पठाउने आधिकारिक व्यक्ति तोकेर पठाउन निर्वाचन आयोगले आग्रह गरेको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै आयोगले उम्मेद्वारको मनोनयनको औपचारिक पत्र दिने अधिकार पाएको राजनीतिक दलको व्यक्तिको नाम, थरसहितको पूर्ण विवरणका साथ उम्मेद्वार मनोनयनको पत्र बुझाउनुभन्दा १५ दिन अघि आयोगमा पठाउन आग्रह गरेको छ । उम्मेद्वारको सूचीको विवरणसहितको निर्वाचन आयोगलाई सिफारिस गरेर पठाउने पार्टीको पदाधिकारीको विवरण मागेको आयोगले चैत २६ भित्र निर्वाचनमा सहभागी हुने सबै दलले विवरण बुझाउनुपर्ने आयोगले जनाएको छ । यसैबीच निर्वाचन आयोगले १० दिन भित्रमा मतदाता परिचयपत्र छपाईको काम सक्ने जनाएको छ । हिजोदेखि मतदाता परिचय पत्र छपाईंको काम सुरु भएको जानकारी गराउँदै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले १० दिनमा छपाईको सम्पूर्ण काम सक्ने खबरडबलीलाई बताए । यसपालिको मतदाता परिचयपत्र लेमिनेसनसहित तयारी अवस्थामा आएको छ । यो मतदाता परिचयपत्र नयाँ प्रविधि गरी बनाइएको हो । यो परिचयपत्र पाएको व्यक्तिले मात्र यसपालीको स्थानीय तह निर्वाचनमा मत हाल्न पाउनेछ । त्यस्तै निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । सोमबार हिजो आयोगमा बसेको बैठकले न्याय परिषदको परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत पदमा नियुक्ती गरेको हो । त्यस्तै न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीहरुसमेत गरी छ सय ६९ जनालाई निर्वाचन अधिकृत पदमा नियुक्ती गरेको छ । नियुत्ती पाएका सबैको पद आगामी चैत २५ गतेदेखि लागू हुनेछ । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending