Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

निधि र थापाको विवादले तीन सातादेखि मन्त्रीपरिषद् नबस्दा काम अलपत्र

\"\"काठमाडौं, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारका तीनजना उपप्रधानमन्त्रीको वरीयताक्रमसम्बन्धी विवाद लम्बिंदै जाँदा मन्त्रिपरिषद्को बैठकबस्न सकेको छैन् । करिब तीन सातादेखि मन्त्रिपरिषद्को बैठक बस्न नसक्दा प्रधानमन्त्री कार्यालय पुगिसकेका विभिन्न मन्त्रालयका ५० वटाभन्दा बढी प्रस्ताव टुंगोमा पुग्न सकेका छैनन् । हरेक बिहीबार र कहिलेकाहीं सोमबार पनि बस्ने गरेको मन्त्रिपरिषदको बैठक चैत्र ३ गतेयता बस्न सकेको छैन।

दुई जनामात्र उपप्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री पछि दोस्रो वरीयतामा बस्ने गरेका उपप्रधानमन्त्री बिमलेन्द्र निधि भारत भ्रमणमा गएको बेला उक्त स्थानमा सरकारमा नयाँ उपप्रधानमन्त्रीका रुपमा सहभागी भएका राप्रपा अध्यक्ष कमल थापा बसेदेखी विवाद शुरु भएको थियो । निधि भारत भ्रमणबाट फर्किए यता मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन् । जसका कारण विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्‍मा आएका ५२ वटा प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै थन्किएको उक्त कार्यालयको बैठक शाखाका अधिकारीले जानकारी दिएका छन् । विभिन्न मन्त्रालयका दैनिक कामकाजसँग जोडिने यस्ता विषय थपिने क्रम जारी रहेको उनीहरु बताउँछन् । थापा र निधिको आ–आफ्नै तर्क छ । सत्ता साझेदारमध्येको प्रमुख दलको नेतृत्व गरेर सरकारमा गएकाले आफू वरिष्ठ हुनुपर्ने तर्क निधिको छ भने पहिले पनि उपप्रधानमन्त्री भइसकेकाले आफू वरिष्ठ हुनुपर्ने थापाको तर्क छ । त्यसोत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा तीनजना उपप्रधानमन्त्रीमध्ये निधिको नाम सबैभन्दा माथि छ। विवादकै कारण प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डा समेत हालसम्म पारित हुन सकेका छैनन् । सर्वोच्च अदालतको आदेशपछि नयाँ प्रहरी प्रमुख तोक्नुपर्ने जिम्मेवारी समेत मन्त्रिपरिषद्लाई आएको छ । त्यस्तै राजनीतिक सहमतिका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मान्य हुने गरी संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने जिम्मेवारी पनि मन्त्रिपरिषद्कै काँधमा छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending