Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नारायणगढ–मुग्लिन सडकमा जोखिम क्षेत्रको पहिचान गरिने

\"\"चितवन, २३ चैत । सडक चौडा पार्ने क्रममा रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा जोखिम क्षेत्र पहिचान गरिने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक नारायण भट्टले विज्ञ तथा इन्जिनियरको सहभागितामा जाँच गरेर उक्त सडकखण्डमा जोखिम क्षेत्रको पहिचान गर्ने जानकारी दिए । उनले विज्ञ इन्जिनियर र भूगोलविद्को सहभागितामा जोखिम क्षेत्र पहिचान गरी सो क्षेत्रमा आवश्यक सावधानी अपनाउने निर्णय भएको जानकारी दिए । खसेको सुख्खा पहिरोका कारण दुईजनाको ज्यान गएको थियो । यो घटनामा अन्य दुईजना घाइते भए भने पाँचवटा गाडी पुरिए । सो घटनापछि सम्भावित दुर्घटना न्यून गर्न नारायणगढ–मुग्लिन सडक आयोजनालाई विशेष ध्यान दिन र कामलाई तीव्र गति दिन निर्देशन दिइएको भट्टले जानकारी दिए । अहिले उक्त आयोजनाले नारायणगढ–मुग्लिन सडकको ३४ किलोमिटरमा सडक चौडा पार्ने काम गरिरहेको छ । बिहान १० देखि ४ बजेसम्मको ६ घन्टाको अवधिमा सो क्षेत्रमा भिभिआइपी, भिआइपी र एम्बुलेन्सलाई समेत वैकल्पिक मार्गबाट पठाउने तयारी गरिएको प्रजिअ भट्टले जानकारी दिए  । जोखिम क्षेत्रमा सौर्य बत्ती जडान गर्ने, आवश्यक ट्राफिक सङ्केत राख्ने, चेतनामूलक जानकारी राखिदिने र चालकलाई समेत सचेत गराउने जिल्ला समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए । घटनालगत्तै आयोजनाका इन्जिनियरसँग छलफल समेत भएको र निर्माणलाई तीव्रता दिने र सावधानी अपनाउने विषयमा गम्भीर बन्न स्थानीय प्रशासनले निर्देशन दिइएको लुइँटेलले बताए । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले काम गर्ने प्रविधिको अधिकतम प्रयोग भएको जानकारी दिँदै अझै थप सुरक्षाको उपाय अपनाइने बताए । “घुमाउनेमा अकल्पनीय घटना भएको हो, कसैले पहिरो खस्छ भनेकै थिएन उनले भने । “अब सम्भावित जोखिम क्षेत्रको थप पहिचान गरेर सावधानीका साथ काम अघि बढाउँछौँ । उनका अनुसार यसअघि जलवीरे, कालीखोला क्षेत्र उच्च जोखिम भनेर पहिचान भएको थियो र केराबारी र गाईघाटलाई पनि जोखिम क्षेत्रमा राखिएको थियो । भित्तो काटेपछि जाँच गरेर मात्रै गाडी जान दिइने नारायणगढ–मुग्लिन सडकको पुनःनिर्माणका क्रममा भित्तो काटिएको क्षेत्रमा रोड सेफ्टी इन्जिनियरमार्फत जाँच गरेर मात्रै गाडी पठाइने भएको छ । चितवनका प्रजिअ भट्टले विज्ञ इन्जिनियरले गाडी पठाउन योग्य छ भनेपछि मात्रै स्थानीय प्रशासनसँगको समन्वयमा गाडीलाई जान दिइने जानकारी दिए । अहिले सो सडकको चार–पाँच स्थानमा भित्तो काट्ने काम जारी छ । सडक चौडा पार्ने क्रममा विभिन्न घुम्ती, मोडमा र साँघुरो सडक क्षेत्रमा भित्तो काट्नै पर्ने आयोजनाले जनाएको छ । सबैभन्दा ठूलो भित्तो काट्नुपर्ने स्थान भने घुमाउने नै हो । सो क्षेत्रमा ठूलो पहिरो जोडिएको ढिस्को भएकाले विगत एक वर्षदेखि काम सुरु गरिए पनि सम्पन्न हुन सकेको छैन । गत सोमबार सोही क्षेत्रमा पहिरो खस्दा दुर्घटना भएको थियो । कामको ढिलासुस्ती र सावधानीका उपाय नअपनाउँदा जोखिम बढेको स्थानीयवासीले बताउँदै आएका छन् । विश्व बैंकको करिब रु तीन अर्बको लागतमा एसियाली मापदण्डको सडक निर्माणमा तीन ब्लकमा ६ वटा कम्पनीले यहाँ काम गरिरहेका छन् । ठेक्का सम्झौता सकिने समय आगामी वैशाख भए पनि काम आधा पनि नभएकाले सम्झौता अवधि पुनः थपिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending