Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कांग्रेस र एमालेले पूरानै संरचनाको चुनाव चाहेको पूर्वमन्त्री सापकोटाको खुलासा

\"\"सिन्धुपाल्चोक, २३ चैत । नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तथा सिन्धुपाल्चोक २ नम्बर क्षेत्रका सांसद अग्निप्रसाद सापकोटाले सत्ताधारी नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेले पूरानौ संरचनाको निर्वाचन चाहेको बताएका छन् । उनीहरुले प्रस्ताव माओवादीले नमानेको कारण लामोसमयपछि स्थानीय चुनाव हुन लागेको सापकोटाले बताएका हुन् ।माओवादी केन्द्रले सिंहदबारको अधिकार स्थानीय तहको चुनाव मार्फत जनतामा ल्याउन सफल भएको बताएका छन् । बुधबार माओवादी केन्द्र चौतारा साँगाचोकगढी नगरपालिका १३ नम्बर वडा ठूलोसिरुवारीले आयोजना गरेको वडा भेलाका क्रममा नेता सापकोटाले उक्त धारणा राखेका ह्न् । उनले स्थानीय तहको चुनावको घोषणा गर्नुमा माओावादी केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताए । उपस्थित कार्याकर्तालाई सम्वोधन गर्दै सापकोटाले जनताको बलिदानीबाट आएको माओवादी केन्द्रले शाषकको हातमा रहेको अधिकारलाई जनताको हातमा ल्याएको दावी गरे । एमाले र कांग्रेसले सिंहदरबारको अधिकारमा वैभव गरेको बताउँदै नेता सापकोटाले कांग्रेस, एमालले स्थानीय तहको चुनाव नभई पुरानै ढाँचाको स्थानीय निकायको चुनाव चाहेको खुलासा गरे । उनले भने, ’माओवादीले सिंहदरबारको अधिकार जनतामा दिलाउन स्थानीय तहको चुनाव चाहेको हो, शाषकको बागडोर जनताको हातमा आएको छ, त्यसलाई सञ्चालान गर्ने आँट हामीले गर्नुपर्छ ।‘ एकातिर राष्ट्रियता र अर्कोतिर स्थानीय तहको दुईवटा विषयमै माओवादीले विजय हाँसिल गरेको बताउँदै नेता सापकोटाले राष्ट्रियताको सवालमा एमालले जतिसुकै जनतामा भ्रम सिर्जना गर्न खोजे पनि सफल नहुने बताए । देशमा अबको बजेट १२ खर्वको आउने बताउँदै नेता सापकोटाकाले स्थानीय चुनाव सम्पन्न भएसंगै गाउँमा ८० प्रतिशत बजेट खर्च गर्न पाउने अधिकार आउने बताए । स्थानीय तहमा राजनैतिक दलक प्रतिनिधि नहुँदा कर्मचारीले ब्रह्म्लुट गरेको बताउँदै सापकोटाले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित हुँदा देशले छिट्टै समृद्विको बाटो समात्ने बताए । शहिदका प्रति परिवारलाई ५ लाख दिन आफुले सरकारमार्फत आग्रह गरेको बताउँदै सापकोटाले भूकम्प पीडितले बनाईसकेको घर पास गराउने कुरामा लागीपर्ने विश्वास दिलाए । भेलाले राम प्रसाद गौतमको संयोजकत्वमा निर्वाचन सहयोग समिति गठन भएको छ  । त्यसैगरी वडा समितिले निर्वाचन केन्द्रित विभिन्न समितिहरु समेत निर्माण गरिएको संयोजक गौतमले खबरडबलीलार्इ बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending