Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

दुई चरणमा चुनाव गर्ने तयारी, कुन चरणमा कहाँ–कहाँ हुँदैछ ?

\"\"काठमाडौं, २४ चैत । सरकारले स्थानीय तहको निर्वाचन एकै पटक गर्न नसकिने भन्दै दुई चरणमा गर्न छलफल शुरु गरेको छ । सरकारले घोषणा गरेको आउँदो बैशाख ३१ गतेको चुनावमा मधेसवादी दलहरु सहभागि हुने छाँट नदेखिएपछि यस्तो विकल्प अघि सारेको हो । स्थानीय तहको चुनाव दुई चरणमा हुने करिब–करिब टुंगो नै लागेको छ । २ नम्बर प्रदेशको ८ जिल्ला र ५ नम्बर प्रदेशको ३ जिल्ला गरि ११ जिल्लामा बैशाख ३१ गते चुनाव गर्न नसकिने सरकारको निष्कर्ष रहेको छ । २ नं प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुसा, सिरहा, सप्तरी र ५ नं प्रदेशको नवलपरासी, रुपन्देही र कपिलवस्तुमा तोकिएकै समयमा निर्वाचन गराउन नसकिने निष्र्कष निकालेको हो । यी बाहेको अरु जिल्लाहरुमा भने बैशाख ३१ गते नै निर्वाचन गराउने बताइएको छ । मधेसमा जनसंखयाको आधारमा स्थानीय तह थप्ने सैदान्तिक सहमति भएपनि २ नं प्रदेशका जिल्ला र ५ नं प्रदेशको ३ जिल्लामा बैशाख ३१ गते चुनाव गर्न नसकिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का एक सल्लाहकारले नाम नखुलाउने सर्तमा खबरडबलीलाई बताए । उनकानुसार प्रचण्डले उक्त कुरा कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलमा पनि बताएका थिए । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापासँगको भेटमा पनि प्रचण्डले उक्त कुरा व्यक्त गरेका थिए । उनीहरुले पनि त्यसो गर्दा मधेसवादी दलहरु सहमति आउँछन् भन्ने दुई चरणमा चुनाव गर्नुपर्ने धारणा राखेका थिए । पहिलो चरणको चुनाव बैशाख ३१ गते र दोस्रो चरणको चुनाव जेठको अन्त्यतिर गर्ने छलफल भइरहेको स्रोतको दावी छ । मोर्चाले भनेजस्तो संविधानको धारा २७४ को उपधारा ४, ६ र ७ संशोधन गर्न एमालेले आलटाल गरेको छ । उक्त विवाद मिलाउनका लागि पनि मधेसमा स्थानीय तह थप्नुपर्ने र समय अपुगका कारण २ नं प्रदेशको ८ जिल्ला र ५ नं प्रदेशको ३ जिल्लामा दोस्रो चरणमा चुनाव गर्नुपर्ने बाध्यता भएको बैठकमा सहभागि एक मन्त्रीले बताए । पहिलो चरणमा १, ३, ४, ५ को नवलपरासी, रुपन्देही र कपिलवस्तुबाहेक अरु जिल्ला, ६ र ७ नं प्रदेशमा चुनाव हुनेछ । त्यस्तै दोस्रो चरणमा २ नं प्रदेशको सबै जिल्ला र ५ नं प्रदेशको नवलपरासी, रुपन्देही र कपिलवस्तुमा हुने छलफल चलिरहेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending