Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

चैत २६ मा ६५ दलको शक्ति प्रदर्शन

\"\" काठमाडौं, २४ चैत । नयाँ शक्ति पार्टीसहितको ६५ दलले चैत २६ गते राजधानीमा वृहत्त शक्ति प्रदर्शन गर्ने भएका छन् । ६५ दलले संयुक्त राजनीतिक संघर्ष समिति गठन गरेर आन्दोलन चर्काउने भएका हुन् । ०४६ सालको जनआन्दोलनको दिन पारेर उनीहरुले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेका हुन् । ठूला राजनीतिक दलको दबाबमा संसदमा रहेका दललाई मात्रै दलीय हैसियत दिइएको विरोधमा उनीहरुले शक्ति प्रदर्शन गर्न लागेका हुन् । दलीय चुनाव चिन्हका लागि दबाबमूलक कार्यक्रमहरु गर्ने निर्णय गरी उनीहरुले चैत २६ गते काठमाडौं रत्नपार्कस्थित शान्तिबाटिकामा बृहत र्यालीसहित सभा गर्ने निर्णय गरेका छन् । नयाँ शक्ति पार्टीसहितका ६५ दलले विहीबार राजधानीमा संयुक्त अन्तरक्रिया गरेका थिए । अन्तरक्रिया कार्यक्रममा नेताहरुले चुनावमा भाग लिनको लागि दलीय चुनाव चिन्ह पाउनुपर्ने आफ्नो संवैधानिक अधिकारलाई सरकारले कुण्ठीत गरेको आरोप लगाएका छन् । ‘स्थानीय तह निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र’ शीर्षकमा गरिएको अन्तरक्रिया कार्यक्रममा चुनाव चिन्ह नपाएका ६५ दलहरु सम्मिलित संयुक्त राजनीतिक संघर्ष समितिको तर्फबाट अवधारणापत्र प्रस्तुत गरिएको थियो । नेकपा क्रान्तिकारी माओवादीका नेता परि थापाले संयुक्त अवधारणा पत्र प्रस्तुत गरेका थिए । संयुक्त अवधारणापत्र प्रस्तुत गर्दै थापाले सरकारले विधितव रुपमा निर्वाचन आयोगमा दर्ता भएका पार्टीहरुलाई चुनाव चिन्हबाट बञ्चित गर्ने कानून ल्याएको भन्दै त्यस्तो कानूनले लोकतान्त्रिक व्यवस्था र त्यसको मूल्य मान्यताको धज्जी उडाएको भन्दै देशमा क्रियाशील राजनीतिक पार्टीहरुलाई आआफ्नो चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुन पाउने आधारभूत हक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे । ‘उक्त कानूनले लोकतान्त्रिक व्यवस्था र मूल्य मान्यताको पर्दाफास मात्र गरेको छैन स्वयं नेपालको संविधान २०७२ को प्रस्तावना र प्रावधानहरुको समेत सिधै उल्लंघन गरेको छ’ संयुक्त अवधारणापत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा नयाँ शक्ति पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख हिसिला यमीले आन्दोलनको दायरा अलि फराकिलो र समावेशी बनाउनु पर्नेमा जोड दिइन् । त्यसैगरी नयाँ शक्तिकै राष्ट्रिय मामिला समिति संयोजक परशुराम तामाङले जारी आन्दोलन लोकतन्त्रको आत्मालाई बचाउने आन्दोलन भएकाले सबै लोकतन्त्रका पक्षधरहरूले यो आन्दोलनमा सहयोग गर्नुपर्ने बताए । त्यसैगरी सद्भावना पार्टीका अध्यक्ष अनिल झाले सरकारको यो निर्णयले नयाँ राजनैतिक दलहरूको भ्रुण हत्या गर्ने काम गरेको बताउँदै लोकतन्त्रको ठूलो उपहास गरेको आरोप लगाए । त्यसैगरी अन्तर्क्िरया कार्यक्रममा बाल्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले लोकतान्त्रिक सरकारले दलहरू खोल्न पाउने संंवैधानिक अधिकार माथि प्रतिबन्ध लगाएको आरोप लगाए । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले जारी आन्दोलन चुनाव चिह्न पाउने विषय मात्रै नभएर बहुदलीय प्रतिस्पर्धामाथिको प्रतिबन्ध विरुद्धको आन्दोलन भएको जिकीर गरे । सांसद हरिषचन्द्र शाहले देशको राजनैतिक स्वास्थ्य गडबडी भएकोमा चिन्ता व्यक्त गरे । आधुनिक नेपाल पार्टीका संयोजक प्रा. डा. मनोजराज बगालेले आन्दोलन सफल हुन विचार बलियो हुनुपर्ने भन्दै देशका बुद्धिजिवीहरूलाई पनि यो न्यायको लडाइमा सहभागी हुन आह्वान गरे । कार्यक्रममा ६५ दलका केन्द्रीयस्तरका नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending