Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

एउटी आमाको भरमा ४५ सन्तान

\"\"मोरङ, २५ चैत । एउटी महिलाका सन्तान ४५ जना छन् भन्दा कसैले पत्याउँदैन । तर उर्लाबारीकी मीना बरालका भने ४५ जना सन्तान छन् । तर मीनाले ती ४५ सन्तान आफूले जन्माएका भने हैनन्, सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका उनले निर्वाह गरिरहेकि छिन् । सुरुका दिनमा बालगृह सञ्चालन गर्दा ‘कमाइखाने’ भाँडो बनाउन संस्था खोलेको भन्दै कतिपयले कुरा काट्दा मोरङ उर्लाबारीकी मीना बराललाई राम्रो काम गर्न खोज्दा पनि साथ नपाइने हो कि भनेर चिन्ता लागेको थियो । तर सोच सही भएकाले आज तिनै बराल सफल तथा उदाहरणीय महिलासमेत बनेकि छिन् । उनी भन्छिन्, “अहिले सुरुमा विरोध गर्नेले अहिले मलाई सकारात्मकरूपमा लिएका छन् ।” मीनाले कसैको सहयोगबिना नै १६ वर्षअघि आठ अनाथ बालबालिकालाई आफ्नै घरमा लगेर पालेकि थिइन् । हाल मीना अध्यक्ष रहेको नमुना बालगृहमा ४५ बालबालिका छन् । वैवाहिक जीवनको सुरुआतबाटै दुःखकष्ट बेहोर्नु परेपछि बाँकी जीवन अनाथका लागि सुम्पने निर्णय गर्नुभएकी मीना अहिले पूर्वाञ्चल क्षेत्रकै उदाहरणीय र प्रशंसनीय महिला बनेकि छिन् । यो क्षेत्रमा अहिले उहाँको कामको प्रशंसा नगर्ने व्यक्ति कमै भेटिन्छन् । २०५७ सालमा सात अनाथ बालबालिकालाई घरमा ल्याएर पाल्न सुरु गर्नुभएकी मीनालाई अहिले स्थानीय १४ महिलाले सहयोग गरिरहेका छन् । उनले २०५७ साल साउन १९ गते महिला विकास केन्द्र र बालबालिका चेतना केन्द्रका रूपमा नमुना शिक्षा सदन दर्ता गरिन् । उर्लाबारी, राजघाट, पथरी, दमकलगायत क्षेत्रका मानिसबाट सहयोग उठाएर सुरुका दिनमा सञ्चालन भएको यस संस्थामा हाल रु तीन करोडभन्दा बढी सम्पत्ति जम्मा भइसकेको छ । उर्लाबारी–४ स्थित यस संस्थाको नाममा १७ कट्ठा जग्गासहित २२ कोठे भवनसमेत बनिसकेको छ । मुगु, भक्तपुर, धनकुटा, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथरलगायत २० जिल्लाका नर्सरीदेखि बाह्र कक्षासम्म पढ्ने बालबालिका यस संस्थामा छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending