Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

विराटनगर पुगेर अर्थमन्त्रीले भने–मन्त्रीहरुले बाकसमा पैसा राखेर ताल्चा लगाए

\"\"विराटनगर, २५ चैत । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मन्त्रीहरुकै कारण पुँजी गत खर्च कम भएको बताएका छन् । मोरङ व्यापार संघको ६२ औं साधारणसभाको बिहीबार उद्घाटन गर्दै उनले मन्त्रीहरूले पैसा बाकसमा राखेर चाबी लाएर हिडेका कारण पुँजीगत खर्च कम भएको दाबी गरे । ‘हामीले ३० वटा मन्त्रालयलाई रकम दिएका छौं तर मन्त्रीहरूले बाकसमा पैसा राखेर चाबी आफ्नो कोटको खल्तीमा बोकेर हिँडेका छन्,’ उनले भने, ‘अनि कहाँबाट हुन्छ पुँजीगत खर्च ।’ मन्त्री महराले रकम खर्च गर्न नसक्ने मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा पनि कार्यान्वयन नगरेकोमा असन्तुष्टि जनाए । अब पनि खर्च गर्न नसक्ने मन्त्रालयको रकम फिर्ता गर्ने सोचमा पुगेको अर्थमन्त्री महराको भनाई थियो । उनले चालु आर्थिक वर्षमा सरकारले ८० प्रतिशत पुँजीगत खर्च गर्ने दाबी गरे । हालसम्म ४० प्रतिशतभन्दा बढी खर्च भइसकेको उनले बताए । तर महालेखा नियन्त्रकको कार्यालयले हालसम्म पुँजीगत खर्च २४ प्रतिशत मात्र भएको जनाएको छ । ‘जेठ र असारमा मात्र पुँजीगत खर्च गर्ने परम्परालाई यसपटक पनि तोड्न सकिएन,’ उनले भने, ‘विकास–निर्माणका ठूला आयोजनाका कामलाई तीव्रता दिएर खर्चमा वृद्धि गरिने रणनीतिमा छौं ।’ गत वर्ष ५७ प्रतिशत मात्र पुँजीगत खर्च भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारले लगानीको वातावरण बनाउन नसकेको आरोप लगाए । ‘हाम्रो कुल लगानीको ७० प्रतिशतभन्दा बढी लगानी गर्न विदेशीहरू तयार थिए,’ उनले भने, ‘तर हाम्रो सरकार नै लागानीका लागि बाधक बन्ने गर्छ ।’ अर्बौंको लगानी गर्नेहरू सरकारको नजरमा अपराधी हुने गरेको मुरारकाको भनाइ थियो । व्यवसायीले ढुक्क र निर्भय भएर लगानी गर्न पाउने गरी ऐननियममा परिवर्तन गर्नुपर्ने उनको माग थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending