Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

भेरीका जनता भन्छन् ‘धोका दिनेलाई चोट, पानी ल्याउनेलाई भोट’

\"\"सुर्खेत, २६ चैत । सिम्ता गाउँपालिका–६ राकमका ६१ वर्षीय रामबहादुर घर्ती आफूले जान्ने भएदेखि भेरीको पानी बोकेर पिउन थालेको बताउछन् । बाबु, बाजेले पनि यहाँ भेरी नदीको पानी बोकेरै पिएका हुन् उहाँको भनाइ छ । हिउँदयाम भन्दा वर्षायाममा पिउने पानीको निकै समस्या हुने गर्दछ । वर्षायाममा भेरी नदी पूरै धमिलो हुने भएपछि कपडामा पानी छान्दै खानुपर्ने बाध्यता भएको घर्तीको भनाइ छ । छिन्चु जाजरकोट सडकखण्ड यही राकम भएर जाने भएकाले यहाँका सबै होटलमा समेत भेरी नदीकै फोहोर पानी प्रयोग हुने गर्दछ । महिनैविच्छे फोहोर पानीका कारण झाडापखालाको समस्या देखिने उहाँको भनाइ छ । होटलमा पैसा भएका मानिस आएमा प्याक गरेको पानी किनेर खान्छन् पैसा नहुने ग्राहकले भने उही भेरी नदीको पानी पिउन बाध्य हुन्छन् । यहाँका स्थानीयवासीले धेरै पटक केन्द्रीयस्तरका नेतादेखि जिल्लास्तरका नेता अनि कर्मचारीलाई खानेपानीको समस्याको विषयमा जानकारी गराए पनि सबैले हुन्छ भन्छन्, तर काम गर्ने कोही होइनन् राकमका ५६ वर्षीय आइती पुनले दुखेसो पोखे । यहाँका पाँच हजार भन्दा बढी घरधुरी भेरीको फोहोर पानी प्रयोग गर्न बाध्य भएको आइतीको भनाइ छ । जाजरकोट र सल्यानको सिमानासँग जोडिएको राकम गाउँ वषांैदेखि हेपाइमा परेको छ । सडक आयो, बिजुली आयो तर पानी आएन उनले थपे । सुरुमा होटलमा बस्ने ग्राहकहरु राम्रोसँग बस्छन् जब हामीले भेरीको पानी बोकेर ग्राहक र हामीले त्यही प्रयोग गरेको देख्दा पानीको समस्या रहेछ भेरीको पानी कसले खान्छ भनेर हप्काउने गरेको आइतीको पीडा छ । नजिक खोपानीको मुहान नहुनु टाढाबाट ल्याउने पानी सानोतिनो रकमले नपुग्ने भएपछि वषांैदेखि यहाँका स्थानीयवासी खानेपानीको समस्याबाट वन्चित हुदै आएको अर्का स्थानीय बलबहादुर हमालले बताए । यसपटक जसले समस्या हल गर्छ, जनताका समस्या बुझ्ने प्रतिवद्धता व्यक्त गर्छ उसैलाई हाम्रो भोट हुन्छ । काम नगर्ने तर भोट मात्र माग्नेलाई हामी अमूल्य भोट दिदँनौं बलवहादुरले भने । राकमको खानेपानीको समस्या चरम भएको यहाँका स्थानीयवासी भेरीको पानी खाँदै आएको बाध्यता आफूलाई थाहा भएको सिम्ता गाउँपालिकाका कार्यकारी प्रमुख जनक हमालले बताए । विस्तारै बजारिकरण हुँदै आएको राकममा राज्यले केही लगानी गरी व्यवस्थित सहरको अवधारणा ल्याए यहाँका स्थानीयवासीको जनजीवनमा निकै सुधार ल्याउन सकिने स्थानीय वुद्धीजीवीको भनाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending