Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

रक्तसञ्चार प्रमुख पौडेलका कर्तुत अश्लिल म्यासेज गर्नेदेखि १० महिना तलव नदिनेसम्म

\"\"चितवन, २६ चैत । नेपाल रेडक्रस सोसाइटी एउटा सामाजिक सेवा मुलक संस्था हो । आपत÷विपत परेका समयमा जुनसुकै मुल्य चुकाएर भए पनि सेवा उसको धर्म हो । तर रेडक्रस अन्तर्गत क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले भने आफ्ना कर्मचरीलाई चरम शोषण गरेको पाइएको छ । रक्तसञ्चार केन्दका प्रमुख रमेशकान्त पौडेल हुन् । उनले कर्मचारीलाई तलव नदिएर आफै झ्वाम पारेका तथ्यहरु बाहिर आएका छन् । त्यसोत रक्त सञ्चारमा ल्याब टेक्नोलोजिष्ट विषय पढेको व्यक्तिलाई प्रमुख बनाउनुपर्ने नियम छ । तर, व्यवस्थापन विषय पढेका पौडेललाई ल्याबको प्रमुख बनाइएको छ । एउटा कर्मचारीले बच्चा जन्माएपछि जागिर बाट हटाएको भन्ने प्रश्न गर्दा बच्चालाई दुध खुवाउन गाह्रो हुन्छ हुन्छ भन्ने जवाफ दिन्छन् । रेडक्रसको कार्यसमितिलाई सहारा माग्दा पनि ठट्यौली जवाफ मात्रै दिने गरेको पीडित कर्मचारीहरु बताउँछन् । कर्तुत नं १ रक्त सञ्चारका ल्याव टेक्नोलोजि हुन् सुनिता सुवेदी र जमुना भण्डारी । उनीहरु दुबै केहि समयअघि सुत्केरी भए । सुत्केरी भएपश्चात उनीहरुलाई प्रमुख पौडेलले ५ महिना विदा बस्न् अनुमति दिए । त्यसपछि एक जनालाई फागुन १ गते र अर्को एक जनालाई बैशाख १ गतेदेखि कार्यालय आउन पौडेलले विदा मिलाइदिए । सुत्केरी अवस्थाका सुवेदी र भण्डारी प्रमुख पौडेलले भनेनुसार नै कार्यालय आउने सुरसार मिलाउँदै थिए । तर उनीहरुलाई अब जागिर नदिने पौडेलले कर्मचारीलाई बताएको बताउँछन् । आफैले पाँच महिनाको लागि विदा दिएर पाँच महिनापछि आउँदा सुवेदी र भण्डारीले जागिरबाट हात हुनु परेको अवस्था छ । यहि विषयलाई उनीहरुले रेडक्रस चितवनका सभापति ज्ञानशाली न्यौपानेलाई कुरा गर्दा बालबच्चा सानै भएकाले जागिरमा राख्न नसक्ने बताए । तर सभापति न्यौपानेको यो भनाईले केहिपनि मेल खादैन् । उनीहरुलाई हटाएर प्रमुख पौडेलले आफ्ना र आफुले जे भनेपनि मान्नेलाई जागिरमा ल्याउन लागेको उनीहरुको भनाई छ । पौडेलले खबरडबलीसँग कुरा गर्दै भने यो मैले गरेको होईन् त्यो रडक्रसले गरेको हो । यसमा मेरो कुनै संलग्नता छैन् ।’ रेडक्रसको नियमावलीमा २ महिना भन्दा बढी विदा नपाइने छ । तर उहाँहरु पाँच महिना वितिसक्दा पनि नआएको पौडेलको भनाई छ ।

रक्त सञ्चारका हाकिमको यो कस्तो नियम ? बच्चा पाएपछि जागिर चट !

कर्तुत नं २ त्यसोत त पौडेल नेपाली कांग्रेसका कार्यकर्ता हुन् । पौडेल कांग्रेस निकट नेपाल विद्यार्थी संघ पहिला आवद्ध थिए । पौडेल पूर्व स्ववियु सभापतिसमेत हुन् । उनले विरेन्द्र क्याम्पसबाट सभापति जितेका हुन् । पौडेलले कार्यालयका अन्य कर्मचारीलाई पनि राजनीतिक आस्थाले हेर्ने गरेका छन् । कांग्रेस समर्थक कर्मचारीलाई समयमै तलव दिन्छन भने अरु पार्टी समर्थकलाई उनले ढिला तलव दिने गरेका छन् । मन नपरेको र उनले भनेको नमान्ने कर्मचारीलाई बेतलवी विदा राख्ने गरेका छन् । त्यसोत अरु कर्मचरीलाई काममा बढी लगाउने गरेकासमेत छन् । त्यहाँका महिला कर्मचारीलाई गिद्धे नजर लगाउनेसमेत गरेका एक कर्मचारीले बताए । ‘म उमेरले पनि ५० बर्ष पुगिसँके, मैले कसैलाई केहि नराम्रो भनेको छैन्’ पौडेलले खबरडबलीसँग कुरा गर्दै भने ‘मलाई फसाउन सुनियोजित ढंगले लागि परेका छन् ।’ कतुर्त नं ३ पौडेलले उक्त केन्द्रमा १० महिनाअघि १४ जना स्वंमसेवक नियुक्त गरे । सुरुमा तीन महिना तलव नआउने र तीन महिनापछि महिनाको ७ हजार ५ सय तलव आउने सर्त थियो । सबैले हुन्छ भनेपछि १४ जना स्वंयसेवक राखे । अहिले ठिक १० महिना वितेको छ । ती १४ जना राखेको । तर पौडेलले अझैपनि पैसा दिएका छैनन् । पौडेलले अरु कर्मचारीहरुको तलवपनि समयमा नदिएर चलाउने गरेका छन् त केहि कर्मचारी तलव भने आफैले झ्वाम पार्ने गरेका छन् । पौडेललाई मन नपरेको मान्छेले सानो गल्ती गरे महिनौसम्म सजाय दिन्छ । तर उनलाई मन परेको मान्छे भए केहि पनि भन्ने गरेका छैनन् । ‘यो निर्णय गर्ने अधिकार मेरो होईन रेडक्रसको कार्यसमितिको हो’ हामिले स्वंयसेवक भनेर राखेका हौं पौडेलले भने ‘तलव दिने रेडक्रसको नियमावलीमा छैन् ।’ कर्तुत नं ४ केहि समयअघि खबरडबली अनलाईनमा पौडेलको समाचार सार्वजनिक भएपछि उनले कार्यालयको अन्य कुरा बाहिर नलैजान उनले अनेको उपाए लगाए । पौडेलले सुचना विभागको कार्ड भएको भन्दै कोहि पनि पत्रकारले कहि लेख्न नसक्ने बताउँदै हिडे । पौडेलको कर्तुतहरु सार्वजनिक भएपछि उनले कार्यालयका ३५ जनाको हस्ताक्षर संकलनसमेत गरे । यो समाचार झुटो हो भनेर हस्ताक्षर अभियान नै चलाएको एक कर्मचारीले बताए । त्यति मात्र होईन् आफ्नो स्वास्थ्य मन्त्रालयसम्म पावर रहेकोसमेत बताउन थाले । स्वास्थ्यमन्त्री गगन थापासँग राम्रै हिमचिम भएका बताउने पौडेलले अरु कर्मचारीलाई खाजा र रक्सि खुवाएर अरु कुरा बाहिर नलैजान समेत बताए । केहि गरि कुरा बाहिर सार्वजनिक गरे जागिरबाट निकाल्नेसमेत धम्कि थिए । रक्सि खुवाएर यस्तो कुरा कसले बाहिर लग्यो भन्दै धम्क्याउनसमेत थालेको पीडित कर्मचारीहरु बताउँछन् । पहिला माया प्रेम अनि पछि उनको सोचाइ बिपरित भएमा महिलार्ई जागिरबाट निकाल्ने धम्की समेत दिने गरेको पीडितहरुको गुनासो छ । उक्त केन्द्रमा धेरै तालिमहरु हुने गर्छ । अझ अरु संस्थाले पनि तालिममा पठाउन रक्त सञ्चारलाई पत्र पठाउँछन् । तर पौडेलले जहिले पनि त्यहाँकी महिला कर्मचारी गिता क्षेत्रीलाई मात्र तालिममा पठाउने गरेको कर्मचारीहरु बताउँछन् । तर पौडेलको भनाई फरक छ । पौडेलका अनुसार जसलाई जे जिम्मेवारी दिइएको छ । त्यहि काम गर्ने हो । रेडक्रसले गिता जिलाई पठायो त मेरो दोश छ र पौडेलले भने ।’ \"\" त्यसोत त पौडेलले अश्लिल खालका म्यासेजहरुसमेत महिला कर्मचारी पठाउने गरेका छन् । तर पौडेलकानुसार आफ्नो नक्कली आइडी खोलेर कसैले त्यस्तो म्यासेज गरेको हुनसक्ने बताउँछन् । पौडेलले ढाकछोप गर्न थालेपछि खबरडबलीले उनलाई सोध्यो तपाईको सक्कली आइडीबाट त्यस्तो म्यासेज गर्नु भएको सन् २०१६ अक्टोबरमा किन ढाट्नु हुन्छ ? उनले जवाफमा भने यतिजेन्ल कि न कम्प्लेन गरेनन् त ? एक बर्षपछि किन यस्ते कुरा आयो ? उनले भने । उनका अनुसार फसाउन यस्ते गरेको बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending