Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बाबुरामसँग अलग्गिएका निर्मल भट्टराईको पार्टी एमालेसँग मिसिदैं

\"\"काठमाडौं, २७ चैत । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट अलग्गिएर नयाँ शक्ति बनाएका निर्मल भट्टराईको पार्टी एमालेसँग समायोजन गर्न छलफल गरिरहेको छ । केहि छलफल सकिएको र केहि मुद्धाहरु छलफल गर्न बाँकि रहेको बताएको निर्मलको पार्टीले अन्य पार्टीसँग पनि एकताको छलफल गरिरहेको बताएको छ । एमालेसँग चाँडै समायोजन हुने हल्ला छ नि भन्ने एक प्रश्नमा प्रवक्ता हरिराम रिमालले आफुहरुलाई एमालेले अन्य पार्टीहरुले भन्दा शिर्ष तहबाट छिटो रेस्पोन्स गरेकाले एमालेसंग छलफल भएको बताए । तर सबै बिषय मिलिसकेको छैन् छलफल सबै पार्टीहरुसंग भइरहेको पनि प्रवक्ता रिमालले खबरडबलीसँग भने । निर्मल नेतृत्वको नयाँ शक्ति नेपालले आफ्ना सदस्यहरुलाई जिम्मेवारी तोकेको छ । पार्टीका संयोजक निर्मल भट्टराईको अध्यक्षतामा आइतवार आज बसेको केन्द्रिय सचिवालय बैठकले प्रबक्तामा हरिराम रिमाल उपत्यका विशेष प्रदेशमा अशोक राज ढुङ्गेल प्रदेश नं १ मा मुनिन्द्र बस्नेत, प्रदेश नं २ मा आदित्य झा, प्रदेश नं ३ मा कृष्ण भट्टराई र उमेश खनाल, प्रदेश नं ४ मा चन्द्रदेब ओझा, प्रदेश नं ५ मा माधब घिमिरे र ओम प्रकाश गुप्ता , प्रदेश न ६ मा हरिलाल शर्मा, प्रदेश नं ७ मा मोहन बमलाई जिम्मेवारी तोकेको हो । त्यस्तै युवामा सुरज थापा र मिलन बोहरा, विद्यार्थीमा रमेश भण्डारी, महिला बिभागमा बिमला अर्याल, लक्षित बर्गमा रामराज मगराती, बिदेश बिभागमा दिपेश न्यौपाने ,केपि गुप्ता र पदम अधिकारी , उपत्यका सम्पर्क बिभागमा सुरज ध्वज थापालाई जिम्मेवारी तोकेको छ । त्यसैगरी बैठकले निर्मल भट्टराई, हरिराम रिमाल, मुनिन्द्र बस्नेत, चन्द्रदेब ओझा, अशोकराज ढुङ्गेल, कृष्ण भट्टराई , रामराज मगराती, माधब घिमिरे, सुरजध्वज थापा रहेको वार्ता समिति पनि बनाएको छ। वार्ता समितिलाई मुद्दा मिल्ने राष्ट्रिय पार्टीहरुसंग छलफल गरेर समायोजन, कार्यगत एकता वा त्यो सम्भब नभए कम्तीमा चुनाबी तालमेल गरेर आफ्ना उम्मेद्बारहरुलाई जित्ने वातावरण बनाउनेसम्मको अधिकार प्रत्यायोजन गरिएको प्रबक्ता रिमालले जानकारी दिए । त्यसैगरी बैठकले तोकियकै मितिमा चुनाब सम्पन्न गर्न अबिलम्भ चुनावको वातावरण बनाउन सरकारसंग माग गरेको छ । बैठकले उपत्यकालगायत देशका विभिन्न भागमा सडक निर्माणको काम ढिला भइरहेको र जनताले स्थायी झेल्नु परेकाले अनुगमन गरेर छिटो भन्दा छिटो काम सम्पन्न गर्न पनि माग गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending