Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

चुनौतीको सामना गर्न सेना तयार छ–क्षेत्री

\"\"सुर्खेत, २७ चैत । प्रधान सेनापति तथा महारथी राजेन्द्र क्षेत्रीले राष्ट्रिय हित विपरितका सबै चुनौतीसँग लड्न र ति चुनौतीको सामना गर्न नेपाली सेना तयार रहेको बताएका छन् । उनले नेपाली सेना जस्तोसुकै चुनौतीका बीचमा पनि लड्न तयार भएको भन्दै सेनाको सर्वोपरी खुसी भनेको राष्ट्रियता भएको बताए । सरकारले दिएको निर्देशनलाई कटिबद्धरूपमा पालना गर्ने बताएका हुन् । नेपाली भूतपू्र्व सैनिक सम्मेलनमा भाग लिन सुर्खेत आईपुगेका क्षेत्रीले भूतपूर्व सैनिकहरूलाई आत्मनिर्भर बनाउने र विभिन्न सीपमूलक कार्यक्रमहरूलाई सञ्चालनमा थप क्षेत्र विस्तार गर्ने प्रतिबद्धता जनाए । हाल नेपाली सेनाको सैनिक कल्याणकारी कोषबाट अवकाश प्राप्त सैनिक र उनका परिवारहरूलाई विभिन्न लघुवित्त कार्यक्रमहरू सञ्चालन गरी व्यवसायिक बनाउने अभियानमा लागिरहेको भन्दै यस्तो कार्यक्रम थप विस्तार गर्ने क्षेत्रीको भनाइ छ । पूर्व सैनिकहरूलाई आत्मनिर्भर बनाउन विशेषगरी शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा आफूहरूले काम गर्दै आईरहेको क्षेत्रीले उल्लेख गरेका छन् । भूतपूर्व सैनिकको आर्थिक समुन्नति, प्रगति हुनु भनेको नेपाली सेनाको गौरव भएको क्षेत्रीको भनाइ छ । आफूहरूले वर्तमान सेनालाई पनि दक्ष र व्यवसायिक बनाउन आधुनिकीकरणलाई निरन्तरता दिएर सेनाको व्यवसायीकरणमा जोड दिएको बताएका छन् । हालसम्म सैनिक कल्याणकारी कोषमा ३६ अर्ब ४ करोड २८ लाख ९३ हजार कोषमा जम्मा रहेको उल्लेख गर्दै यसलाई थप बृद्धि गर्दै लैजाने र यसले नेपाली सेनाका पूर्व तथा वर्तमान सदस्यहरूलाई स्वरोजगारमूलक कार्यक्रमतर्फ लाग्न सहयोग पुग्ने बताए । यही कोषको माध्यमबाट देशैभरीका अवकाशप्राप्त सैनिकहरूका परिवार र बहालवाला सैनिकहरूका लागि विभिन्न लघुवित्तका कार्यक्रम सञ्चालन गर्दा हजारौं स्वरोजगार भएको उनको भनाइ छ । शिक्षा क्षेत्रमा सैनिक आवासीय महाविद्यालय स्तरोन्नति गर्दै चितवन, धनगढी, सुर्खेत, पोखरा अध्ययन गर्ने छात्राछात्रहरूका लागि छात्राबास र यातायातको सुविधाको प्रबन्ध गर्ने योजना रहेको उल्लेख गरे । नेपाली सेनाले केही समयपश्चात् भूतपूवसैनिकका परिवार र सर्वसाधारण जनतालाई सर्वसुलभ सेवा दिने उद्देश्यले देशैभरीका विभिन्न सहरहरूमा विभिन्न सैनिक अस्पतालहरू खोलिने जनाएको छ । त्यस्तै नेपाली सेनाका कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अवकाश प्राप्त रथी चित्रबहादुर गुरूङले नेपालमा १७ हजार भूतपूर्व सैनिकहरू लघुवित्तमा जोडिएको बताए । उनले आगामी दिनहरूमा यो संख्यालाई २५ हजार पु¥याउने लक्ष्य रहेको पनि बताए । गुरूङ्गका अनुसार हालसम्म नेपाल इन्भेष्टमेण्ट बैंकमार्फत् २ अरब ७५ करोड रूपैयाँ भूतपूर्व सैनिक, तिनका परिवार र बहालवालाहरूलाई कर्जा प्रवाह गर्दै आएको जानकारी दिए । सम्मेलनबाट नेपाली सेनाबाट अवकाश प्राप्त गरेका दुई जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मेलनको उद्घाटनमा मध्यपश्चिम क्षेत्रका संस्कृति झल्कने जुम्लाबाट धामीझाँकी, सुर्खेतबाट चौधरी झाँकी, सिंगारू झाँकी, दैलेखको सोरठी नाच, झाँकी नाच, कालिकोटको हुड्के नाच, जाजरकोटको भुवा झाँकीलगायत अन्य संस्कृति झल्कने झाँकीहरू देखाइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending