Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

गाउँमा चुनावी चहलपहल बढ्यो, सहरमा शुन्य ! मकवानपुरमा को–को उठ्दैछन् ?

\"\"मकवानपुर, २८ चैत । सरकारले घोषणा गरेको आउँदो बैशाख ३१ गतेको स्थानीय तहको चुनावमा मकवानपुको शहरमा भन्दा पनि ग्रामीण भेगतिर बढी नै चुनावी माहौल बढेको छ । स्थानीय तहको निर्वाचनको लागि ठूला दलहरुले अहिलेसम्म पनि कुनै उम्मेदवार तोक्न नसकेको भएपनि वडा र टोलटोलमा पुगेर प्रचारप्रसार गठन गरेका छन्। बिहानैदेखि बेलुकासम्म राजनीतिक दलका अधिकांश अगुवा कार्यकर्ताहरुको जनमत आफ्नो पक्षमा पार्नका लागि प्रचारप्रसारको निम्ति जुटिरहेका छन्। चुनावका लागि उम्मेदवारको छनौट गर्न ठूला दलहरुलाई सकस भएको छ । यही आगामी वैशाख ७ गतेभित्र नेपाली कांग्रेसले नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाका उम्मेद्वार घोषणा गरिसक्ने जनाएको छ । नेपाली काग्रेसका पुर्व सभापति एवं पार्टीका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालले गाउँपालिका र क्षेत्रीय समितिले उम्मेद्वार टुंग्याउन सकेन भने जिल्ला कमिटीले वैशाख ७ गतेसम्म टुंग्याउने बताए । नेपाली कांग्रेसले हेटौडा उपमहानगरपालिकाको १ र ५ नम्वर वडाको वडाध्यक्षमा उम्मेद्वार घोषणा गरिसकेको छ । नगर प्रमुख र उप नगर प्रमुखको उम्मद्वार भने टुंग्याउन सकेको छैन । पार्टीका पुर्व उपसभापति अशोक शाक्य र नगर सभापति आनन्द पराजुलीले नगर प्रमुखको पदमा दावी गर्दै आएका छन् । शाक्य शेरवहादुर देउवा निकट छन् भने पराजुली रामचन्द्र पौडेलले निकट छन् । शाक्यलाई पुर्व सभापति माइकल रामचन्द्र अर्यालले समर्थन गर्दै आएका छन् भने पराजुलीलाई पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेको समर्थन रहेको छ । पार्टी सभापति एवं गृह राज्यमन्त्री ईन्द्रवहादुर बानियाँले जसलाई समर्थन गर्‍यो उसैले टिकट पाउने अवस्था रहेको छ । नेपाली कांग्रेसको मात्र होइन एमालेलाई पनि उम्मद्वार टुंग्याउन सकस भएको छ । वडादेखि मेयर–उपमेयरका आंकाक्षीहरु धेरै छन् । २०४९ र २०५४ सालको स्थानीय निकायको निर्वाचनमा वहुमत हासिल गरेको एमालेलाई स्थानीय तहमा वर्चस्व कायम राख्नको निम्ति उम्मेदवार छनोट गर्न हम्मे परेको छ । आगामी वैशाख ७ गतेसम्म सबै तहको उम्मेद्वारको छनौट भइसक्ने पार्टीका उपाध्यक्ष बद्री लम्सालले बताए । ८३ हजार ९ सय ५१ मतदाता रहेको हेटौडा उपमहानगरपालिकामा नगर प्रमुखका लागि दुई महिला र एक पुरुषले दावी गर्दै आएका छन् । पार्टी अध्यक्ष मुनु सिग्देल, पुर्व उप नगर प्रमुख हरीवहादुर महत र अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव विष्णु ओझाले दाबी गरेका छन् । उपमहानगपालिकाको नगर प्रमुख र उपनगर प्रमुखको निम्ति एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गर्नुपर्ने भएकाले सिग्देल, महत र ओझाको नाम सिफारिस हुने देखिन्छ । राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाको गृह नगर हेटौडा उपमहानगरपालिकामा राप्रपाले एमाले र कांग्रेसको उम्मेद्वारहरु घोषणा गरेपछिमात्र आफ्नो उम्मेद्वारहरु घोषणा गर्ने रणनीतिबनाएका छन् । माओवादी केन्द्रले हेटौडा उपमहानगरपालिकाको नगर प्रमुखमा बलराम बल र उप नगर प्रमुखमा कमला पौडेललाई उम्मेद्वारी दिइसकेको छ । २ सय ६२ वर्ग किलोमिटरमा फैलिएको हेटौडा उपमहानगरपालिकाका १९ वडा विभाजित छ । २०२६ सालमा नगरपालिका घोषणा भएको यो हेटौंडा, तीन नम्वर प्रदेशको एकमात्र उपमहानगरपालिका हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending