Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

छोराछोरी स्कुल नपठाउने अविभावकलाई ‘रेडकार्ड’

\"\"सल्यान, २८ चैत । दार्मा गाउँपालिका–५ गोठिवनका ३८ वर्षीय टेकबहादुर विकलाई छोरा गोविन्दले पढिरहेको गोठिवन माध्यमिक विद्यालयबाट रातो कार्ड आएपछि उनी अचम्ममा परे । विद्यालयबाट रातो कार्ड किन पाइयो भनेर थाहा नपाएका टेकबहादुर कक्षा ३ मा पढिरहेको छोरा गोविन्दले कार्डमा लेखेको सबै कुरा विस्तारै पढेर सुनाएपछि भने छाँगाबाट खसेजस्तै भए । विद्यालयले उनलाई छोरालाई नियमित किन नपठाएको भनेर रातो कार्डमात्रै पठाएको थिएन, उनको गम्भीर ध्यानाकर्षणसमेत गराएको थियो । सामान्यतः फुटबलमा खेलाडीले ठूलो गल्ती गरेमा दिइने रातो कार्ड सल्यानका विद्यालयले भने छोराछोरीलाई नियमित विद्यालय नपठाउने अभिभावकलाई दिन थालेका छन् । टेकबहादुरले भने – “पुस महिनामा रातो कार्ड पाउँदा नरमाइलो लाग्यो, त्यसपछि छोरालाई जस्तो काम परे पनि विद्यालय पठाएको छु ।” उहाँले माघ र फागुनमा भने छोरालाई नियमित विद्यालय पठाएपछि हरियो कार्ड पाएको बताए । “हामीले विद्यालयमा छोराछोरी नपठाउने अविभावकलाई तीन प्रकारको कार्ड दिन्छौँ” – अन्धनाशक आधारभूत विद्यालय ढाकाडामका प्रधानाध्यापक दीपबहादुर केसीले भने – “८५ प्रतिशतभन्दा बढी हाजिर हुने विद्यार्थीका अभिभावकलाई प्रशंसापत्र भनेर हरियो कार्ड, ७० देखि ८५ प्रतिशत हाजिर हुने विद्यार्थीका अविभावकलाई धन्यवाद ज्ञापन भनेर पहेँलो कार्ड र ७० प्रतिशतभन्दा कम हाजिर हुने विद्यार्थीका अविभावकलाई ध्यानाकर्षणपत्र भनेर रातो कार्ड दिन्छौँ ।” उनले महिनाको अन्तिम दिन सबै हाजिरी हिसाब गरेर मासिक रुपमा कार्ड दिइने गरेको बताउनुभयो । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा स्थानीय गैरसरकारी संस्था दलित विकास समाज सल्यानको सहयोगमा जिल्लाका ४५ विद्यालयले अहिले यो अभियान सुरु गरेका छन् । कुमाख मालिका गाउँपालिकाका नौ र दार्मा गाउँपालिकाका ३६ विद्यालयले यस्तो अभियान सुरु गरेका हुन् । हामीले अहिले ३ कक्षासम्मका लागि यो अभियान सञ्चालन गरेका छौँ नवजागरण आधारभूत विद्यालय भल्चौरका प्रधानाध्यापक जगबहादुर केसीले भने – “यो अभियानका कारण विद्यार्थी उपस्थिति दर बढेकाले हामीले पूरै विद्यालयमा यो अभियान सञ्चालन गर्ने सोच बनाएका छौँ ।” महिनाको अन्तिम दिन विद्यार्थीको हाजिरी रेकर्डको प्रतिशतका आधारमा अविभावकलाई विद्यार्थीसँग कार्ड पठाइन्छ । महेन्द्र माध्यमिक विद्यालय जिमालीका शिक्षक हेमराज केसीले भने – “अविभावकलाई कार्ड दिँदा छोराछोरीप्रतिको जिम्मेवारीबोध तथा विद्यालयप्रतिको सम्बन्धसमेत प्रगाढ भएको पाइयो ।” उनले विद्यालयमा पहिलेको तुलनामा कार्ड दिन थालेपछि विद्यार्थी उपस्थिति दर बढेको बताए । “घरबाट विद्यालय जान हिँडेका विद्यार्थी विद्यालय आए÷नआएको समेत अनुगमन हुन्छ” – शिक्षक केसीले भने – “अहिले त सबै विद्यार्थीले आफ्ना अभिभावकलाई हरियो कार्ड दिनका लागि नियमित आउँछन् ।” मङ्सिरदेखि सुरु गरिएको अभियानमा शैक्षिकसत्रको अन्तिमसम्ममा विद्यार्थीको उपस्थितिमा समेत उल्लेख्य सुधार आएको देखिएको । पुसमा ४५ विद्यालयका ७३५ अभिभावकले रातो कार्ड पाएकामा चैत महिनामा घटेर ३५८ अविभावकले मात्रै रातो कार्ड पाएका छन् । “यस अभियानले विद्यालयमा गतिलो छाप छोडेको छ” – जिल्ला शिक्षा कार्यालयअन्तर्गत गोठिवन स्रोतकेन्द्रका स्रोतव्यक्ति जङ्गबहादुर बुढाले भने – “धेरै विद्यालयले कक्षा ३ मात्र नभई आगामी शैक्षिकसत्रदेखि पूरै विद्यालयमा अवलम्बन गर्ने जानकारी दिएका छन् ।” विद्यालयमा विद्यार्थी नियमित हुन थालेपछि विद्यालयको पढाइमा समेत सुधार हुँदै गइरहेको उहाँले दाबी गरे । कार्डमात्रै दिँदैनन् नियमित तीन दिनसम्म विद्यार्थी विद्यालय आएन भने किन आएन भनेर खोजीनीति समेत गर्छन् । “लगातार तीन दिनसम्म बालबालिका स्कुल आएनन् भने फोन गरेर बुझ्छौँ” –सरस्वती आधारभूत विद्यालय ढाकाडामका प्रधानाध्यापक लक्ष्मी खड्काले भने – “कारण सोध्छौँ खास कारण बाहेक नियमित विद्यालय आउनका लागि उत्प्रेरणा गर्छौं ।” जिल्ला शिक्षा कार्यालय सल्यानले विद्यालयको हाजिरी परीक्षण गरेर अभिभावकलाई कार्ड दिने अभियान राम्रो भएको भन्दै यसलाई जिल्लाभर लागू गर्नका लागि आफूहरु लागिपरेको जनाएको छ । जिल्ला शिक्षा कार्यालय, सल्यानका स्रोत व्यक्ति लीलाधर वपालले प्रअ बैठक तथा स्रोतव्यक्ति बैठकमा यसलाई जिल्लाभरि कसरी लैजाने भन्नेबारेमा छलफल चलेको बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending