Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

एमाले सांसदहरुले मागे गृहमन्त्री निधिको राजीनामा

[caption id=\"attachment_80365\" align=\"alignnone\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, २८ चैत । एमाले लगायतका केही दलका सांसदले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको राजिनामा माग गरेका छन् । व्यवस्थापिका संसदको सोमवार आजको बैठकमा बिशेष समय लिएर बोल्दै अधिकांस सांसदहरुले मन्त्री निधिले दोस्रो वरियता नपाए मन्त्रीपरिषद् बैठकमै नजाने घोषणा गर्नु प्रधानमन्त्रीय प्रणाली विपरित भएको भन्दै उनीहरुले राजिनामा माग गरेका हुन् । बैठकमा बोल्दै एमाले सांसद रेवतीरमण भण्डारीले गृहमन्त्री निधीको कार्यशैली राम्रो नभएको बताए । उनले मन्त्रीलाई नालायक भएको आरोप लगाउँदै सरकारमा नबस्न चुनौति दिए । प्रहरी प्रमुख आइजीपी नियुक्त गर्न नसक्ने सरकारले चुनावमा सुरक्षा व्यवस्था दुरुस्त राख्छ भन्नेमा शंका लागेको प्रतिक्रिया दिए । अर्का सांसद सत्यनारायण मण्डलले सप्तरीस्थित आफ्नो घरमा संघीय समाजवादी फोरमका कार्यकर्ताले परिवारका सदस्यलाई र्दुव्यवहार गरेपनि स्थानीय प्रशासन मौन बसेको भन्दै आपत्ति जनाए । मण्डलले एमाले सप्तरी ईञ्चार्ज सुमन प्याकुरेलको घरमा रहेका परिवारका सदस्यमाथि मोर्चा कार्यकर्ताले दुव्यबहार गरेको जानकारी दिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उपप्रधानन्त्रीबीचको मर्यादा विवादका कारण मन्त्रिपरिषद्को बैठक बस्न नसक्नु दुखद भएको भन्दै यसले जनतामा राम्रो सन्देश नजाने बताए । एमालेका केशवप्रसाद बडाल, हर्कबोल राई, माओवादी केन्द्रका जनकराज जोशी, श्यामकुमार श्रेष्ठ, राप्रपाका कान्ता भट्टराई, नेमकिपाका प्रेम सुवाल लगायतले स्थानीय तह निर्वाचन, सहकारी ऐन, राष्ट्रिय पुनर्निर्माण लगायत बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । यसैबीच मधेसी मोर्चा आवद्ध दलले संविधान संशोधन विधेयक पारितको माग गर्दै आजको संसद बैठक समेत बहिस्कार गरेका छन् । बैठककको सुरुमै समय लिएर बोल्दै थरुहट पार्टी नेपालका गोपाल दहितले संविधान संशोधनको आफूहरुको मागबारे सरकार गम्भीर नबनेको आरोप लगाए । बैठकमा आज कानून मन्त्री अजयशंकर नायकले सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोगको वार्षिक प्रतिवेदन गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending