Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सर्यो सीमांकनको मुद्दा, सरकारले आज नयाँ संशोधन प्रस्ताव दर्ता गर्दै

\"\"काठमाडौं, २९ चैत । सीमांकनका बारेमा देखिएको विवाद आयोगमार्फत टुंगिने गरी सरकारले मंगलवार (आज) संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गर्ने भएको छ । मन्त्रीपरिषदको हिजो सोमबार साँझ बसेको बैठकले व्यवस्थापिका संसदमा यसअघि दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिएर नयाँ प्रस्ताव दर्ता गराउने निर्णय गरेको थियो । संविधानमा असन्तुष्टि राख्दै आएको मधेसी मोर्चा र संशोधन आवश्यक नभएको जिकिर गर्दै आएको नेकपा एमालेलाई सहमतिमा ल्याएर चुनाव सम्पन्न गर्ने उद्देश्य राखेर सरकारले यसअघिको संशोधनप्रस्तावमा परिमार्जन गरेको हो । नयाँ संशोधन प्रस्तावमा यसअघि प्रस्ताव गरिएको सीमांकनको विषयलाई अधिकार सम्पन्न संघीय आयोगले टुंगो लगाउने प्रावधान राखिएको छ । व्यवस्थापिका संसदमा दर्ता भएको प्रस्तावमा रहेका नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्व सम्वन्धी व्यवस्थामा भने कुनै परिमार्जन गरिएको छैन । यसबाहेक राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखको प्रतिनिधित्वलाई हटाउने विषय संशोधनमा थपिएका छन् । सरकार र मोर्चाबीच गठित अनौपचारिक कार्यदलले जुटाएको सहमति अनुसारनै संशोधन विधेयक प्रस्ताव पेश गर्ने निर्णय भएको हो । मधेसी मोर्चासँगको कार्यदलले तयार पारेको अनौपचारिक सहमतिलाई नै सरकारले नयाँ संशोधन विधेयकका रुपमा दर्ता गर्न लागेकोले यो संशोधन विधेयक पारित हुने सरकारको विश्वास रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन । एमालेको मुख्य असहमति सीमांकनमा रहेकोले अन्य विषयमा एमाले समेत सहमत हुने उनले बताए । देश निर्वाचनमा अघि बढिसकेकोले संशोधन प्रस्ताव पारित भएसँगै संविधान कार्यान्वयनमा नयाँ फड्को मारिने प्रधानमन्त्री प्रचण्डले बताउँदै आएका छन् । एमालेले भने सरकारले ल्याउन खोजेको नयाँ विधेयकबारे औपचारिक प्रतिक्रिया दिएको छैन । अनौपचारिकरुपमा भने एमालेले लिखित प्रस्ताव आएमा त्यसमा छलफल गर्न सकिने जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending