Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

उदयपुरमा कुन पार्टीबाट को–को उम्मेद्वार छानिए ?

\"\"उदयपुर, २९ चैत । उदयपुर जिल्लाको चार गाउँपालिका र चार नगरपालिकामध्ये चार नगरपालिकामा अहिले चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरुले चार नगरपालिकाका लागि आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावमा पार्टीको तर्फबाट सम्भावित मेयर तथा उपमेयरको नाम सङ्कलन र छनोट गर्न थालेसँगै अहिले जिल्लाको चार नगरपालिकामा चुनावी सरगर्मी बढेको हो । त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसले भर्खरै मेयरको लागि सम्भावित उमेदवारको नाम छनोट गरेको छ । नेका उदयपुरका अनुसार त्रियुगा नगरपालिकाको सम्भावित मेयरमा क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष बसन्त बस्नेत, पार्टी त्रियुगा नगर अध्यक्ष सरोज बस्नेत, पूर्व पार्टी जिल्ला सभापति हिमाल कार्की र जिल्ला पार्टी सचिव भीमचन्द्र राईको नाम छनोट भएको नेका उदयपुरले बताएको छ । यस्तै, उपमेयरमा नेकाले महिला सङ्घका जिल्ला अध्यक्ष लीलाकुमारी राई, पार्टी जिल्ला समितिका सदस्य विमला राई, महासमितिका सदस्य तारा कुमारी राई, पार्टी सदस्य सुनिता चौधरी र सरिता राई दाहालको नाम छनोट गरेको छ । नेकपा एमालेले मेयरका लागि पार्टी जिल्ला सचिवालय सदस्य भागवत राउत, अर्का सचिवालय सदस्य प्रकाश बस्नेतको नाम मेयरको लागि छनोट गरेको छ भने उपमेयरको लागि पार्टी जिल्ला सदस्य महेश्वरी राई, सदस्य श्रृजना दनुवार र फूलकुमारी चौधरीको नाम छनोट गरेको छ । यस्तै, माओवादी केन्द्रले त्रियुगा नगरपालिकाको मेयरका लागि पार्टी जिल्ला सदस्य किरण राई, नारायण बुर्जा र मीनबहादुर ठकुरीको नाम छनोट गरेको छ । उपमेयरको लागि पार्टी जिल्ला सदस्य राधा खड्का, अजिता खड्का र सरिता कार्कीको नाम छनोट गरेको माओवादी केन्द्र उदयपुरले बताएको छ । यता, कटारी नगरपालिकामा नेकाले मेयरका लागि जिल्ला पार्टी सचिव रामकुमार राई, जिल्ला पार्टी कोषाध्यक्ष राजेशचन्द्र श्रेष्ठ र ज्ञानेन्द्र राउतको नाम छनोट गरेको छ । एमालेले भने मेयरको लागि महिला जिल्ला सदस्य भीमकुमारी राउत, कृष्ण थापा र ज्ञानेन्द्रबहादुर कार्कीको नाम छनोट गरेको छ । नेकपा माओवादी केन्द्रले कटारी नगरपालिकाको मेयरका लागि पार्टी जिल्ला अध्यक्ष विनोद कटुवाल, पार्टीका केन्द्रीय सदस्य केपी बराल र कुमारसिंह राईको नाम छनोट गरेको छ । उपमेयरमा मीना कोइराला र मीना कार्की छानिएका छन् । चौदण्डी गढी नगरपालिकामा मेयरका लागि नेकाले जिल्ला सदस्य प्रशान्त राई, खगेन्द्र राई, प्रदीप केसी र वसन्त कटुवालको नाम छनोट गरेको छ । यस्तै एमालेले मेयरमा जिल्ला पार्टी सचिवालय सदस्य कालु लामा र राजेन्द्र कटुवालको नाम छनोट गरेको कुरा पार्टी स्रोतले बताएको छ । यता माओवादी केन्द्रले मेयरमा जिल्ला पूर्व पार्टी अध्यक्ष राजन किराँती, जिल्ला सदस्य सन्तोष सुवेदी र प्रकाश राईको नाम छनोट गरेको छ । यस्तै बेलका नगरपालिकामा नेकाले मेयरमा पार्टी महासमिति सदस्य बद्री सापकोटा, जय सुवेदी, लवराज अधिकारी र दिनेश चौधरीको नाम छनोट गरेको छ । यस्तै, एमालेबाट जिल्ला सचिवालय सदस्य दुर्गाकुमार थापा र गणेश बस्नेत छानिएका छन् भने माओवादी केन्द्रबाट जिल्ला सचिवालय सदस्य रमण भट्टराई, मनोज तामाङ छनोटमा परेका छन् । ६३८ म्यादी प्रहरी छनोट उदयपुर जिल्लामा करिब तीन हजार जनाले म्यादी प्रहरीका लागि आवेदन दिएकामा ६३८ जना मात्र छनोटमा परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आवेदन दिएकामध्ये ६३८ जनामात्र छनोट भएको र उनीहरुलाई आइतबारदेखि म्यादी प्रहरी भर्नासँगै तालिममा पनि सहभागी गराइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending