Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

प्रचण्डको निर्देशनः देश रक्षाका लागि बलिदान दिनु् परेपनि पछि नहट्नु (सम्बोधनको पूर्णपाठ)

\"\"काठमाडौं, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अखण्डता र सावैभौमसत्ताको रक्षाका लागि बलिदान दिनु् परे पछि नपर्न निर्देशन दिएका छन् । नेपाली सेनाको पं्रसशा गरेका छन् । बुधबार (आज) नेपाली सेनाको अधिकृत क्याडेटहरुको प्यारेड कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । उक्त अवसरमा प्रचण्डले कवाज निरिक्षण गर्नुका साथै सलामी अर्पण गरेका थिए । माननीय रक्षा मन्त्री ज्यू, नेपाली सेनाका प्रधान सेनापति, रक्षा सचिव, सम्पूर्ण राष्ट्रसेवकहरु, नव आयूक्त क्याडेट अधिकृतहरु, उपस्थित भद्र महिला तथा सज्जनवृन्द सञ्चारकर्मी मित्रहरु । नव आयूक्त क्याडेट अधिकृतहरु, तपाईहरु आज गौरवमय इतिहास र प्रशंसनीय प्रतिष्ठा बोकेको विशिष्ट संस्था, नेपाली सेनाको अधिकृत पदमा आयूक्त हुन लाग्नुभएको छ । चौबिस महिनाको निरन्तर तथा अथक प्रयास र तपाईहरुको दृढ समर्पण, लगन र मेहनत पश्चात् अधिकृत क्याडेट तालिम सफलतपूर्वक सम्पन्न गरी नेपाली सेनाको योग्य अधिकृत बन्न सफल हुनुभएको छ । यस विशिष्ट क्षणमा तपाईहरुबाट भर्खरै प्रदर्शन गरिएको अत्यन्त फूर्तिलो र व्यावसायिकता झल्काउने कवाजको लागि म तपाईहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, नेपाली जनता र प्रचलित संविधानको रक्षा गर्ने प्रमुख दायित्व र गहन जिम्मेवारी बोकेको नेपाली सेनाको सहायक सेनानी दर्जामा आयूक्त हुन लाग्नु भएको यस पावन अवसरमा तपाईहरु सवैलाई हार्दिक बधाई दिन चाहन्छु । साथै, यस समारोहमा सरिक हुन पाएकोमा म आफूलाई समेत गौरवान्वित ठानेको छु । नेपाली सेनाले संबैधानिक सरकारको मातहत र निर्देशनमा रहेर आफूलाई एक उत्कृष्ट, व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित र विकसित गरी अनुकरणीय उदाहरण प्रस्तुत गर्दै आईरहेको छ । नेपाली सेना नेपाली जनतासंग कांधमा कांध मिलाउदै अहोरात्र जनसेवामा समर्पित भई नागरिकको मौलिक हक एवं अन्तर्राष्ट्रिय मानवीय कानून तथा मानव अधिकारको रक्षार्थ कटिबद्ध रहँदै आएको छ । आफ्नो पेशासँग मात्र आवद्ध नभई नेपाली जनता र मुलुकप्रति सदा सर्वदा समर्पित र प्रतिवद्ध रहँदै राष्ट्रिय विपत्ति र संकटका घडीहरुमा समेत अग्रस्थानमा रही इमान्दार र पेशेवर ढंगबाट परिचालित भई आफ्नो उत्कृष्टता प्रदर्शन गर्न सक्षम रहेका छ । यसका अलावा नेपाली सेनाले देशका विकास योजनाहरुमा समेत आफूलाई अग्रसर गराई राष्ट्र निर्माणका कार्यहरुमा निरन्तर खट्टिई उच्चतम योगदान दिंदै आईरहेको छ । नेपाली सेनाले, राष्ट्र र राष्ट्रवासीका खातिर सगर्व समर्पित रहनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत शान्ति स्थापना गर्ने कार्यमा अनूकरणीय योगदान दिदै नेपाल र नेपालीको पहिचान र साहसलाई विश्व सामू परिचित गराउन कुनै कसर बांकी राखेको छैन । राज्यको निर्दिष्ट सिद्धान्तको पालना गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको सदैव सेवक भई आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्ने पक्षमा आफूलाई उदाहरणीय रुपमा प्रस्तुत गर्न तपाईहरु सदा सक्षम एवं सफल हुनुहोस्, यही मेरो तपाईहरुलाई शुभकामना छ । नेपालीहरुको साझा सम्पतिको रुपमा रहेको नेपाली सेनाको भावी अधिकृतको हैसियतले तपाईहरु सम्पूर्णको कांधमा अब विशेष जिम्मेवारी थपिन गएकोले तपाईहरु सबैले आफूलाई समय र परिस्थितिसंग अझ प्रभावकारी तवरले प्रस्तुत गर्दै कर्तव्यपथमा अगाडि बढनुहुनेछ भन्नेमा म पूर्ण आशावादी छु । नेपाली सेनाको व्यवसायिक उत्कृष्टताको संचार अब हामी बीच मात्र सीमित नभई विदेशी सेनाको माझ समेत अनूकरणीय बनेको कुरा हाम्रा शिक्षण संस्थानहरुमा हालैका दिनहरुमा भएका विदेशी शिक्षार्थी आदान प्रदानबाट प्रष्ट हुन्छ । यो कार्य नेपाली सेनाको व्यवसायिक प्रभावकारीता र विश्वासको उपज हो भन्ने मलाइ लाग्दछ । नेपाली सेनाको सेनामूख तहको नेतृत्व सम्हाल्ने चुनौतिपूर्ण दायित्व वहन गर्न तपाईहरुले यस प्रतिष्ठानमा प्राप्त गरेको उच्चस्तरको ज्ञानलाई समय सापेक्ष व्यवहारमा उतारी दृढ निश्चयी भई इमान्दारीपूर्वक मातृभूमि र लोकतन्त्रको रक्षा र सेवा गर्ने कार्यमा आफ्नो पाईलाहरुलाई गति दिन सक्षम हुनुहुनेछ । साथै आफ्नो सैनिक जिम्मेवारी, बफादारी र अनुशासनलाई हृदयंगम गरी गौरवशाली इतिहास बोकेको नेपाली सेनाको अधिकृतको रुपमा आफ्नो दायित्व र जिम्मेवारीप्रति सदैब सजग, सतर्क र कर्तव्यनिष्ट रही आत्म बलिदान गर्नु परेमा पनि कर्तव्यपथमा सदैब अडिग रही समर्पित हुनुहुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु । नेपाली सेनाको अधिकृतको रुपमा अबदेखि तपार्इंहरु सबैले शिरमा ज्ञान र समझदारी, कांधमा सेवा र जिम्मेवारी तथा हृदयमा अदम्य साहस र नेतृत्व राखी भविष्यमा राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको सेवामा आफ्नो जीवन उत्सर्ग गर्न कटिबद्ध हुनुहुनेछ । साथै यस अवसरमा नेपाली सेना जस्तो पबित्र संस्थामा प्रवेश गर्न तपाईहरुलाई अभिप्रेरित गर्ने तपाईका अभिभावक र आफन्तजनहरु सबैप्रति म आभार प्रकट गर्दछु । अन्त्यमा, आजका दिनदेखि सहायक सेनानी दर्जामा नियुक्त हुन लाग्नु भएकोेमा नव आयुक्त अधिकृतहरुलाई पुनः बधाई दिंदै तपाईहरुको उज्वल भविष्य, उत्तरोत्तर प्रगति एवं सफलताको कामना गर्दछु । साथै, यस नेपाली सैनिक प्रतिष्ठानको आदर्श वाक्य “‘ज्ञान, सेवा, नेतृत्व”’ अनुरुप प्रशिक्षण दिई नेपाली सेनाको सूयोग्य, कर्मठ, इमान्दार, कर्तव्यनिष्ट र अनुशासित अधिकृतहरु उत्पादन गर्नु भएकोमा यस प्रतिष्ठानका शिक्षाधिकृत लगायत सम्पूर्ण अधिकृत, पदिक तथा अन्य दर्जाका शिक्षक वर्ग तथा बौद्धिक ज्ञान अभिवृद्धि गर्दै शैक्षिक अध्यापन तर्फ निरन्तर रुपमा योगदान पु¥याउनु हुने डिन तथा प्राध्यापक वर्गहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आजको यस उल्लासमय समारोह सफल बनाउन योगदान पु¥याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । धन्यवाद
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending