Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

‘सरकार र निजी क्षेत्र मिलेमात्र देशको विकास सम्भव’

[caption id=\"attachment_126974\" align=\"alignnone\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौँ, ३१ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घकी नवनिर्वाचित अध्यक्ष भवानी राणाले सरकार र निजी क्षेत्र मिलेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्ने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले मुलुकको सामाजिक र आर्थिक विकासका लागि महासङ्घले काम गर्ने बताएकी हुन् । उनले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्ने काममा महासङ्घ लाग्ने बताइन् । अध्यक्ष राणाले महासङ्घले विगतमा गरेका कामलाई निरन्तरता दिँदै महासङ्घअन्तर्गतका जिल्ला, नगरलाई प्रान्तीय रुपमा अगाडि बढाउने स्पष्ट पारिन् । उनले भनिन्, “सात प्रदेशमा स्मार्ट सिटी बनाउनका लागि सहरी विकास मन्त्रालयसँग मिलेर काम गर्नेछौँ ।” उनले आर्थिक समृद्धिका लागि निर्वाचन आवश्यक रहेको बताइन् । वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासङ्घले विकास निर्माणको कार्यलाई अघि बढाउने बताए । उनले देशमा विकासको खाँचो भएको बताउँदै गाउँदेखि सहरसम्म विकासका एजेन्डा लिएर अगाडि बढ्ने स्पष्ट पारे । गोल्छाले आर्थिक विकासका लागि गुट उपगुटमा नलागी काम गर्ने बताए । जिल्ला नगर उपाध्यक्ष प्रमोद श्रेष्ठले जिल्ला तथा नगरका समस्यालाई आफूले सँधै प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेश तथा स्थानीय तहमा ऐनमा भएका बाधा तथा व्यवधानलाई हटाएर व्यवसायीको नीति तथा कार्यक्रम ल्याउन पहल गर्ने बताए । एसोसिएट उपाध्यक्ष चन्द्र ढकालले श्रमिक र व्यवसायी बीचको सम्बन्धलाई सुधार गर्दै लैजानुपर्ने बताए । उनले उत्पादनमूलक क्षेत्रमा लगानीको सम्भावान पहिचान गरी कार्ययोजना अघि सार्ने स्पष्ट पारे । महासङ्घका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले महासङ्घको कोषलाई पारदर्शी बनाउने बताए । उनले प्राविधिक शिक्षालय स्थापनाका लागि विदेशीसँग सहयोग ल्याउनेगरी काम गर्ने स्पष्ट पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending