Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

वर्ष २०७३ः संविधान कार्यान्वयनको निरन्तरता

\"\"काठमाडौँ, ३१ चैत । विसं २०७३ मुुलुकको राजनीतिमा विभिन्न उतारचढाव, बहस र छलफलले प्राथमिकता पाएपनि मूलतः संविधानको कार्यान्वयनको निरन्तरतामा केन्द्रित रह्यो । यो वर्ष संविधान कार्यान्वयनको लागि अधिकार सम्पन्न ७४४ स्थानीय तह निर्धारण र १९ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते घोषणा हुनु प्रमुख राजनीतिक उपलब्धिका रुपमा रहे । लामो बहसपछि स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सरकारले परिमार्जनसहित सार्वजनिक ग¥यो, जुन मुलुकको इतिहासमा विकेन्द्रीकरणका लागि कोसेढुङ्गाका रुपमा रहेको छ । सरकारले यिनै स्थानीय तहको निर्वाचनका लागि गत फागुन १० गते स्थानीय तहको निर्वाचन घोषणा ग¥यो । अहिले सबै दल निर्वाचनको प्रचार प्रसारमा होमिएका छन् । सरकारले संवैधानिक व्यवस्थाअनुसार आगामी २०७४ माघ ७ गतेसम्म स्थानीय, प्रादेशिक र सङ्घको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा दिई सोही सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि यसै वर्ष पेस भयो । ओली नेतृत्वको सरकारले अल्पमतमा परेपनि संविधानको व्यवस्थाअनुसार अल्पमतमा नभएको भनी केही दिन शासन गरिरह्यो । सोही कारण माओवादी केन्द्र आफैँ सहभागी सरकारले ल्याएको बजेटसम्बन्धी कानुनका विपक्षमा मतदात गर्न बाध्य भयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा ९संयुक्त० सम्मिलित नयाँ संयुक्त सरकार पनि मुुलुकले यही वर्ष पायो । संविधान निर्माणपछि केही बुँदामा असहमति जनाउँदै संसद बैठक वहिष्कार गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्यो र संसदमा सहभागी पनि भयो । सरकारले मोर्चाका माग सम्बोधन गर्न गत मङ्सिर १४ गते संसद सचिवालयमा प्रदेश सीमाङ्कन हेरफेरसहितको चारबुँदे संविधानको ९दोस्रो० संशोधन प्रस्ताव दर्ता पनि ग¥यो । तर प्रमुख प्रतिपक्षी दल एमालेले संशोधन प्रस्ताव संविधान विपरित भन्दै चर्को विरोध मात्र गरेन, कुनै पनि हालतमा पारित हुन नदिन प्रयत्नरत रह्यो । लामो करसतपछि संशोधन प्रस्ताव पारित नहुने सङ्केतको आभासपछि सरकारले प्रतिपक्षी एमाले र आन्दोलनरत मोर्चा दुवैलाई मान्य हुने भन्दै यही चैत २८ गते संसदमा दर्ता भएको पुरानो प्रस्ताव फिर्ता लिई नयाँ प्रस्ताव दर्ता ग¥यो । दर्ता गरेकै दिन एमालेले प्रस्तावका बारेमा आफ्नो दलसँग कुनै छलफल नभएको भनाई सार्वजनिक गर्यो भने त्यसको भोलिपल्ट मोर्चाले बैठक बसी उक्त प्रस्तावलाई अस्वीकार गर्नेनिर्णय गरेपछि राजनीतिक अन्यौलताले अझै निकास पाउन सकेको छैन । यही वर्ष प्रधानमन्त्री दाहालले दुईपटक भारतको र एकपटक चीनको भ्रमण गरी छिमेकी मुलुकसँगको सम्बन्धलाई थप प्रगाढ र विस्तार पनि गरे । यसै वर्ष भारत र चीनबाट मात्र नभई विभिन्न मित्रराष्ट्रका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण भएको छ । यसै वर्ष संसदीय समितिको स्थलगत अनुगमनपछिको निर्देशनअनुसार सरकारले घरेलु कामदारका रुपमा कुनै पनि नेपालीलाई खाडी राष्ट्रमा पठाउन बन्देज लगायो । यसै वर्ष तीन वर्ष आठ महिना प्रमुख आयुक्त रहनुभएका लोकमानसिंह कार्कीको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गर्दा कार्की पदमुक्त हुन पुगे। यो वर्ष लामो समयदेखि रिक्त रहेको सर्वोच्च अदालतमा न्यायाधीशको नियुक्ति र विभिन्न देशमा रिक्त राजदूतको पनि नियुक्तिका लागि सिफारिस भयो । सरकारले पुनःनिर्माणको काम सुस्त भएको भन्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई अवकास दिई प्रा डा गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ । नेपाल प्रहरीको महानिरीक्षकमा सरकारले गरेको नियुक्तिलाई सर्वोच्च अदालतले नियमसङ्गत नभएको भन्दै बदर गरेपछि सत्तारुढ दलले कार्यपालिकाको कार्यकारिणी अधिकारमाथि अदालतले हस्तक्षेप गरेको अनुभव समेत गर्नुप¥यो यसै वर्ष । सरकारले दास्रोपटक महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरेको छ । त्यस्तै दैनिक १२÷१४ घण्टा लामो विद्युतभार कटौतीले आक्रान्त राजधानीवासी मात्र नभई सिङ्गो मुलुक नै अन्धकारमुक्त पनि यसै वर्ष भयो । गत वर्ष ०।८ प्रतिशत आर्थिक वृद्धिदर रहेको मुलुकको आर्थिक अवस्थामा यो वर्ष प्रगति देखियो, यो वर्ष आर्थिक वृद्धिदर झण्डै ६।५ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक भयो । यसै वर्ष नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा पहिलोपटक महिला अध्यक्षका रुपमा भवानी राणा निर्वाचित भए । यही साल उद्योग मन्त्रालयको आयोजनामा काठमाडौँमा भएको ‘नेपाल लगानी सम्मेलन’ले विश्वभर नेपाललाई लगानीका लागि उपयुक्त गन्तव्यका रुपमा चिनाउनुका साथै सम्मेलनमा करिब दुई दर्जन मुलुकले रु १४ खर्ब भन्दा बढी लगानीको आश्वासन पनि दिएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending