Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

वि.सं. २०७४ मा यस्तो देखिन्छ नेपालको भविष्य

\"\"साधारण नामक संवत्सरमा वर्ष २०७४ प्रारम्भ भएको छ । नामजस्तै यो संवत्सरले परिस्थितिअनुकुल सामान्य शुभफल प्रदान गर्नेछ । यो वर्ष मुलुकमा ठूलो परिवर्तन नआए पनि लोकमतका आधारमा समयानुकूल विधिको शासन स्थापित हुन सक्छ । ठूलो प्राकृतिक समस्या पनि सामना गर्नुपर्ने छैन । अनुकूल समयको थोरै वर्षाले पनि धर्तीको उर्वराशक्ति बढाउनेछ भने वर्ष उत्पादनशील नै रहनेछ । वर्ष बुध र मन्त्री बृहस्पति भएकाले पनि यो वर्ष शुभ रहनेछ । तर, राजकुमार बुध यो वर्षको राजपदमा आसीन हुने हुँदा मुख्य शासकमा विवेक एवं अनुभवको कमी देखिनेछ भने मन्त्री बृहस्पति जगल्लग्न कुण्डलीको दुई स्थानमा आसीन रहेकाले सरकारमा अनुभवी मन्त्रीहरु निष्प्रभावी हुनेछन् । शासक तथा प्रशासकहरुको दूरदृष्टिरहित विवेकहीन निर्णयविरुद्ध जनता एवं तल्ला निकायहरु जागरुक हुनेछन् । राष्ट्रप्रेम जागृत हुनेछ भने जनआकांक्षले नै सरकारलाई न्यायसंगत मार्गमा प्रवृत्त गराउनेछ । यो वर्ष अप्ठ्यारो परिस्थितिबीच राष्ट्रिय हितले महत्व पाउनेछ । परिस्थितिसामु दलहरु आ–आफ्नो अडान छाड्न बाध्य हुनेछन् । असन्तुष्ट समूहहरुले विद्रोही भावना परित्याग गरी शान्तिको मार्ग अवलम्बन गर्नेछन् । राजनैतिक दलहरुमा विकासको भावना जागृत हुनेछ । प्रतिपक्षीहरुसमेत मुलुकको हितमा एकजुट हुनेछन्, तर मुलुकलाई विकासको गन्तव्यतर्फ डो¥याउने नेतृत्वको अभाव खड्किनेछ । वैदेशिक रोजगारीले थप प्रश्रय पाउने हुँदा रेमिट्यान्समा वृद्धि हुनेछ । व्यापार तथा उद्योगमा लगानी बढ्नेछ भने रोजगारीका अवसर पनि सिर्जना हुनेछन् । शुक्रको प्रभावका कारण नेतृत्वमा बस्नेहरुले मुलुकको विकासभन्दा व्यक्तिगत सुख–सुविधा, भ्रमण्, कला, साहित्य, उपहार–पुरस्कार एवं औपचारिकता तथा मनोरञ्जनमा समय बिताउनेछन् । मुलुकको आन्तरिक तथा बाह्य शान्ति सुरक्षा एवं विकास निर्माणका महत्वपूर्ण कार्यमा सेनाको भूमिका बढ्नेछ । २०७४ को भदौ २१ गतेदेखि भाग्यभावमा वृहस्पतिको स्थानान्तरणले दीर्घकालीन योजना तयार हुनुका साथै मुलुकको आयस्रोतमा अभिवृद्धि हुनेछ । समग्र प्रशासन तथा शैक्षिक क्षेत्रमा सुधार आउनेछ । असार, भदौ तथा फागुन महिनामा नेतृत्वको हेरफेरको सम्भावना देखिन्छ । मुलुकको दक्षिण्–पश्चिम दिशाको सीमाक्षेत्रमा हुने अराजक क्रियाकलापले समस्या निम्त्याए पनि अन्तर्राष्ट्रिय जगतमा शक्ति राष्ट्रहरुले शान्तिको नीति अवलम्बन गर्नुका साथै मुलुकको कूटनीतिक अभ्यासमा सुधार आउने हुँदा छिमेकीसँगको सम्बन्ध सुमधुर बन्नेछ । साप्ताहिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending