Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

काठमाडौंको मेयरमा साझा पार्टीको समर्थनमा पूर्वसचिव थापाको उम्मेदरवारी घोषणा (बिज्ञप्तिसहित)

[caption id=\"attachment_127265\" align=\"alignleft\" width=\"635\"]\"\" किशाेर थापा[/caption] काठमाडौं, १ बैशाख । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रवीन्द्र मिश्रको साझा पार्टीमा आवद्ध थापा दल दर्ता नभएकाले स्वतन्त्र रुपमा उम्मेदवारी दिने साझा पार्टीले जनाएको छ । साझा पार्टीका केन्द्रीय संयोजन समिति सदस्य थापाले बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उमेदवारी दिन निर्णय गरेको साझा पार्टीले जनाएको छ । यस्ताे छ साझा पार्टीकाे विज्ञप्ति काठमाण्डूको मेयरका लागि किशोर थापाको उम्मेदवारी  प्रेस विज्ञप्ति, ०१ वैशाख २०७४ भर्खरै स्थापित साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य, नेपाल सरकारका पूर्व सचिव तथा बागमती सफाई अभियानका अग्रणी व्यक्तित्व किशोर थापाले काठमाण्डू महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिन निर्णय गरेका छन् । साझा पार्टीका मूल्य मान्यता तथा आदर्शलाई आत्मसात र प्रवर्द्धन गर्ने नेपालीले ‘स्वतन्त्र’ उमेदवारी दिएको खण्डमा त्यस्ता उमेदवारलाई पार्टीले समर्थन गर्ने बताइरहँदा थापा जस्तो इमान, जमान, क्षमता, र सदाचारकालागि कहलिएका व्यक्ति देशकै राजधानीको मेयरका लागि साझा पार्टीको समर्थनमा स्वतन्त्र उमेदवारी दिन तयार हुँदा हामी अत्यन्तै उत्साहित भएका छौँ । आर्किटेक्ट(इन्जिनियर थापाले शहरी विकास, शिक्षा र पर्यटन तथा नागरिक उड्डयन जस्ता महत्त्वपूर्ण मन्त्रालयहरूमा सचिवको जिम्मेवारी सम्हाल्दै पूर्णतस् निष्कलङ्क छविका साथ अवकाश लिएका थिए। काठमाण्डूको सडक विस्तार गर्ने तथा दशकौंदेखि अवरूद्ध रहेको मेलम्ची खानेपानी आयोजनालाई तीव्रता दिने, नेपालको बिस वर्षे ऊर्जा विकास योजना तथा बाहिरी चक्रपथ र अन्य कयौँ महत्त्वपूर्ण आयोजनाको नेतृत्व गर्ने कार्यमा संलग्न शहरी योजनाका स्नातकोत्तर थापा केही समयअघिसम्म म्यानमारको राष्ट्रिय आवास नीति निर्माणमा अन्तर्राष्ट्रिय विज्ञका रूपमा कार्यरत थिए । सङ्घीयता अन्तरगत स्थानीय तहमा उल्लेख्य अधिकार रहेको सन्दर्भमा काठमाण्डू महानगरको अब निर्वाचित हुने मेयरको जिम्मेवारी महत्त्वपूर्ण हुनेछ। राजधानीको निरन्तर खस्किंदो अवस्थालाई सुधार गरी संमृद्ध, गतिशील, सुन्दर, सुविधाजनक र स्वच्छ महानगर निर्माणका लागि बहुआयामिक क्षमताको मेयर आजको आवश्यकता हो । अबको मेयरको नेतृत्वले शहरी योजना र व्यवस्थापनका विविध क्षेत्रमा लिने निर्णयले यहाँका वासिन्दाको जीवनको गुणस्तर र काठमाण्डू महानगरको भविष्य निर्धारण गर्नेछ। यो वास्तविकतालाई मनन गर्दै काठमाण्डू महानगरपालिकाको मेयरका लागि किशोर थापा सबभन्दा उपयुक्त उमेदवार हुन् भन्ने हाम्रो ठम्याइ हो । काठमाण्डू महानगरपालिकाका लागि थापाको कार्य योजना तथा उनको सहयोगीका रूपमा उपमेयरका लागि उमेदवारी थापाले छिटै सार्वजनिक गर्नेछन् । थापाको उमेदवारीको समर्थनका लागि साझा पार्टी काठमाण्डू महानगरवासीमा हार्दिक अपील गर्दछ। साझा पार्टी केन्द्रीय कार्यालाय, ललितपुर
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending