Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

कुलमानले सुरु गरे बेगनास तालमा पम्प स्टोरेज जलविद्युत् आयोजना

\"\"काठमाडौं, ३ बैशाख । नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो । पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी पुनःबिजुलीकै सहयताले माथितानी पुनः विद्युत् उत्पादन गर्ने गरिन्छ । छिमकी राष्ट्र चीनमा यस प्रकारका आयोजना बढी सञ्चालनमा छन् । लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर करिब एक सयदेखि तीन सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । बेगनास माथिल्लो र रुपा तल्लो तहमा पर्छ । विद्युत्को अध्याधिक माग हुने साँझको समयमा करिब चार घन्टा चलाउन मिल्ने गरी पिक स्टोरेज बनाउने प्रस्ताव प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अगाडि सारेका हुन् । आयोजना निर्माण भएमा यसले पिक आवरको विद्युत् माग पूरा गर्ने ब्याट्रिकोरुपमा काम गर्ने प्राधिकरणको विश्वास छ । सरकारले गत साल फागुन ६ गते सार्वजनिक गरेको ऊर्जा सङ्कटकाल तथा कार्यान्वयन दशकसम्बन्धी अवधारणामा समेत पम्प स्टोरेज आयोजनालाई अगाडि बढाउने विषय समावेश गरेको थियो । विसं २०७५ असारमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणपछि पनि पिक आपरको विद्युत् मागलाई पूरा गर्न गाह्रो हुने र ऊर्जाको विविधिकरणका लागि प्राधिकरणले पिक स्टोरेज निर्माण योजना अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । उनका अनुसार, बेगनास र रुपा तालबीचमा रहेको ५७ मिटर लामो प्राकृतिक बाँधलाई प्रयोग गरेर आयोजना निर्माण गरिने छ । कार्यकारी निर्देशक घिसिङले पम्प स्टोरेज आयोजना निर्माणका लागि अध्ययन भइरहेको र छिट्टै निष्कर्षमा पुगिने जानकारी दिए । बेगनास तालको सञ्चित पानी त्यहीको प्राकृतिक बाँधमा प्रयोग गरी रुपा तालमा खसाएर विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ कार्यकारी निर्देशक घिसिङले भने ‘‘रुपा तालमा जम्मा भएको पानीलाई रातको समयमा पम्प गरी पुनः बेगनास तालमै खसालिने छ ।” रुपा तालमा खसालिएको पानी पुनः बेगनासमा फर्काइने भएकाले त्यसले दुबै तालको हालको प्राकृतिक अवस्था, सौन्दर्य तथा जैविक अवस्थितिलाई कुनै पनि प्रभाव नपार्ने अध्ययनले देखाएको छ । कार्यकारी निर्देशक घिसिङले केही दिनअघि प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, तनहुँ हाइड्रो पावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके सहितको प्राविधिक टोलीले आयोजनाको स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो । यस अघि काठमाडौँ विश्वविद्यालयको सिभिल तथा जियोमेटिक्स विभागका प्राडा रमेशकुमार मास्के नेतृत्वको टोलीले केहीवर्ष अघि गरेको अध्ययनले बेगनास(रुपा पम्प स्टोरेज जलविद्युत् आयोजनाबाट एक सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएको थियो । आयोजनाबाट साँझको पाँच घन्टा एक सय मेगावाट विद्युत् उत्पादन गर्नसक्ने देखाएको छ । विद्युत् उत्पादनपछि रुपाको पानी बेगनासमा फर्काउने कार्यका लागि पम्प चलाउन करिब १२५ मेगावाट विद्युत् आवश्यक पर्नेछ । रातको समयमा उल्लेख्य मात्रामा विद्युत् उपलब्ध हुने भएकाले त्यसमा कुनै समस्या नहुने प्राधिकरणले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending