Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अमेरिकाविरुद्ध आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी

\"\"काठमाडौं, ५ वैशाख । उत्तर कोरियाका एक जना उच्च सरकारी अधिकारीले अमेरिकाले कुनै सैनिक कारबाही गरे त्यसै दिनबाट पूर्ण रुपमा युद्धमा होमीन उनको देश तयार रहेको बताएका छन् । उत्तर कोरियाका उप विदेशमन्त्री हाङ सोङ योलले अमेरिकाले आक्रमण गर्न लागेको सङ्केत पाउने वित्तिकै परमाणु हमला गर्ने चेतावनी दिए । हानले प्योङयाङले साप्ताहिक, मासिक र वार्षिक रुपमा थप क्षेप्यास्त्रहरु परीक्षण गर्ने पनि जनाए । यसअघि अमेरिकी उपरराष्ट्रपति माइक पेन्सले आफ्नो परामाणु कार्यक्रमलाई निरन्तरता दिएर अमेरिकी धैर्यको परीक्षा नलिन उत्तर कोरियालाई चेतावनी दिएका थिए । उत्तर कोरिया र अमेरिका दुवै तर्फबाट कडा चेतावनी सहितका वक्तव्य आउन थालेपछि कोरियाली प्रायद्विपमा तनाव चुलिंदै गएको छ । उत्तर कोरियाली उपविदेशमन्त्री हाङले भने, ूयदी अमेरिकाले हामी विरुद्ध सैन्य आक्रमणको तयारी गर्यो भने उसले हमला गर्नुअघि नै हामी आफ्नै शैली र तरिकाले परमाणु आक्रमण गर्नेछौँ । अन्तराष्ट्रिय आलोचना तथा राष्ट्रसंघको प्रतिबन्धकाबीच हालैका वर्षहरुमा उत्तर कोरियाले परमाणु तथा क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको छ । उसले अमेरिका सहित विश्वका अन्य निशानामा पुग्ने खालको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रमा परमाणु वारहेड जडान गर्ने लक्ष्य लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो अवस्था आउन नदिने भन्दै उत्तर कोरियालाई कुटनीतिक रुपमा एक्ल्याउन पहल गरिरहेका छन् । उनले कोरियाली प्रायद्विपमा नौसेनाको एउटा आक्रमणकारी दस्ता परिचालन गरेका छन् र अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा क्षेप्यास्त्र विध्वंशात्मक प्रणाली तत्कालै स्थापना गर्ने तयारी अघि बढाएका छन् । तनावका माझ उत्तर कोरियाले छिट्टै छैठौँ पटक परमाणु परीक्षण गर्नसक्ने पर्यवेक्षकहरुको धारणा छ । आफ्ना संस्थापक नेताको जन्म दिवसको एक दिनपछि गएको आइतबार उसले गरेको एउटा क्षेप्यास्त्र परीक्षण विफल भएको थियो । दक्षिण कोरियाका कार्यावाहक राष्ट्रपति ह्वाङ ग्यो हानसँगै पत्रकार सम्मेलनमा अमेरिकी उपरराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्पको परीक्षा नलिन उत्तर कोरियालाई चेतावनी दिए । उनले भने, ूहालै विश्वले हाम्रा नयाँ राष्ट्रपतिले सिरिया र अफगानिस्तानमा चालेका कदमहरुको समार्थ्य देखेको छ । उत्तर कोरियाले हाम्रा राष्ट्रपतिको संकल्प र यस क्षेत्रमा रहेको अमेरिकी सैन्य बलको शक्तिलाई परीक्षण गर्ने नखोजोस । उनले अमेरिकाले ुशत प्रतिशतु दक्षिण कोरियालाई समर्थन गर्ने पनि बताए । अमेरिकाले उत्तर कोरियाको मुख्य साझेदार चीनसँग मिलेर परमाणु कार्यक्रम र क्षेप्यास्त्र परीक्षण रोक्न प्योङयाङलाई बाध्य पार्ने नीति लिएको छ । उपराष्ट्रपति पेन्सले चीनले आफ्नो प्रभाव प्रयोग गरी उत्तर कोरियामाथि दबाब बढाउने विश्वास ह्वाइट हाउसले लिएको धारणा राखेको एसोशिएटेड प्रेसले जनाएको छ । उत्तर कोरियाले अमेरिकी गतिविधिलाई उत्तेजक भन्दै आएको छ । राष्ट्रसंघमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उत्तर कोरियाका स्थायी प्रतिनिधिले सिरियामा भएको अमेरिकी हवाई हमलाको निन्दा गरे । उनले अमेरिकाले विश्व शान्ति र स्थिरता खल्बल्याइरहेको आरोप लगाउँदै सार्वभौम देशमाथिको हस्तक्षेप अस्वीकार्य हुने धारणा राखेका थिए । चीनले उत्तर कोरियालाई सबै परीक्षणहरु रोक्न आग्रह गरेको छ र शान्तिपूर्ण समाधानमा जोड दिएको छ । रुसले चाहिं मस्कोले प्योङयाङ्को ुक्षेप्यास्त्र मोहु स्वीकार नगर्ने बताउँदै एकतर्फी अमेरिकी कारबाहीले जोखिमपूर्ण अवस्था ल्याउन सक्ने चेतावनी दिएको छ । जपानी प्रधानमन्त्री सिन्जो आबेले पनि कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने भन्दै वार्ताका लागि मात्रै वार्ता गर्नुको अर्थ नहुने बताए । उनले प्योङ्याङलाई अन्तराष्ट्रिय समुदायसँग वार्ता गर्न जापानले दबाब दिनुपर्ने धारणा पनि राखेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies