Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

शुल्क घटाउन तीन संगठनको तीन दिने ‘अल्टिमेटम’

\"\"काठमाडौं, ५ वैशाख । नयाँ शैक्षिक सत्रमा निजी विद्यालयहरुले गरेको शुल्क बृद्धि फिर्ता लिन माग गर्दै मंगलबार संयुक्त विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । पौडेललाई ज्ञापन पत्र बुझाउदै तीन भित्र शुल्क घटाउन पहल गरिदिन माग गरेका हुन् । हिजो नेपाल विद्यार्थी संघबाट पुष्प शाही, अखिल क्रान्तिकारीबाट रञ्जित तामाङ र अनेरास्ववियुबाट ऐन महर सदस्य रहेको कार्यदल गठन गरेका थिए । बिहान ११ बजे शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञापनपत्र बुझाएको संगठनका अखिल क्रान्तिकारीका सदस्य रञ्जित तामाङले जानकारी दिए । संगठनले निजी विद्यालयले भर्ना प्रक्रियामा बृद्धि गरेको शुल्क फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिएको उनले जानकारी दिए । ७२ घण्टाभित्र शुल्कबृद्धि फिर्ता नलिए निजी विद्यालय बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि तामाङले चेतावनी दिए । शिक्षा मन्त्रालयले नयाँ शैक्षिक सत्रमा निजी विद्यालयले मनोमानी शुल्क बढाएको गुनासो बढेको भन्दै अनुगमन गर्न निर्देशन दिएको छ । मन्त्रालयले शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालयलाई शुल्क बृद्धिबारे अनुगमन गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहसचिव तथा प्रवक्ता हरि लम्सालले शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालयलाई एक दुई दिनभित्रै अनुगमन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए । संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ बमोजिम शुल्क कायम भए नभएको बारे अुनगमन गरिने उनले बताए । मापदण्ड निर्देशिका विपरित शुल्क बृद्धि गरेको पाइए विद्यालय बन्द गर्नेसम्मको कारबाही गरिने उनले जानकारी दिए । नेपाल अभिभावक संघका अध्यक्ष केशब पुरीले मापदण्ड विपरित निजी विद्यालयले शुल्क बृद्धि गरेको भन्दै अनुगमनलाई प्रभावकारी बनाउन सरकारसँग माग गरे । सर्वोच्च अदालतले समेत कम्तीमा तीन वर्षसम्म शुल्क बृद्धि नगर्न दिएको आदेश लत्याउँदै निजी विद्यालयले शुल्क बृद्धि गरेको उनको भनाई छ । सरकारको मापदण्ड र सर्वोच्चको आदेश नमान्ने विद्यालयलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending