Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

एमाले चुनावमा पत्तासाफ हुन्छ : दीपशिखा

\"\"बागलुङ्ग, ५ बैशाख । माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालका केन्द्रीय संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आगामी स्थानीय तहको निर्वाचनमा एमाले पत्तासाफ हुने बताएका छन् । वाइसिएल नेपाल बागलुङ्गको एकता भेला तथा चौथो जिल्ला सम्मेलनको आज बागलुङ्गमा उद्घाटन गर्दै उनले गणतन्त्र र संघीयताको नारासहित हिजो जनयुद्धमा बगाएको रगतलाई महिलाको प्रसव पीडाको रगतसँग तुलना गर्ने एमालेहरुमा कुनै राजनितिक सच्चा चरित्र नभएको बताए । नयाँं संविधानमा प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले जित्नुपर्ने उनको धारणा थियो । मुलुकको विकास र परिवर्तनका लागि सबैभन्दा बढि रगत माओवादी केन्द्रले बगाएको उनले बताए । माओवादी केन्द्रको सबैभन्दा ठूलो वर्गदुश्मन एमाले रहेको भन्दै वाइसिएल नेता दीपशिखाले आगामी निर्वाचनमा पनि सहकार्य गर्न नसकिने जिकिर गरे । \'हाम्रो सबै भन्दा ठुलो दुश्मन अहिले एमाले देखिएको छ,\' उनले भने, ‘माओवादीलाई सिद्धाउन खोज्ने र सत्तोसराप गर्नेहरुसँग सहकार्य हुँदैन ।’ पछिल्लो राजनीतिक परिवेशमा वाइसिएल चुप लागेर बस्दा एमाले कांग्रेसले त्यसको नाजायज फाइदा लिन खोजेको चर्चा गर्दै उनले आगामी दिनमा वाइसिएल चुप नलाग्ने बताए । ०४६ साल पछिको करिब २४ बर्ष काँग्रेस एमालेले सरकारको नेतृत्व गर्दा मुलुकका महत्वपूर्ण नदीनाला र उद्योग धन्दा भारतलाई बेचेको उनले आरोप लगाए । सो अवसरमा नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला संयोजक फमलाल निउरे, वाइसिएल नेपालका ४ नम्वर ईन्चार्ज सुमन देवकोटा, नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला सह ईन्चार्ज चन्द्र बहादुर बुढा सागर, केन्द्रीय सदस्य प्रकाश घर्ती, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य कोपिला कंडेल र अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष पदम खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पाण्डेको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला समिति अधिवेशनले झमान पाण्डेको अध्यक्षतामा ६५ सदस्यीय वाइसिएल जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अरबीन थापा, राजन कुमार पाईजा, विपिन विक, सचिव धुर्व चोखाल, सहसचिव रमश घर्ती, मिलन रेश्मी मगर, याम बहादुर थापा र कोषाध्यक्ष सबिना घर्तीलगायत ६५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यक्रम वाइसिएल नेपालका केन्द्रीय सदस्य एवं बागलुङ्ग जिल्ला संयोजक नरेश केसीको अध्यक्षता, उपाध्यक्ष अरबिन थापाको स्वागत मन्तव्य र सचिव झमान कुमार पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending