Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

परराष्ट्रमन्त्री महतले रोके बुढीगण्डकीको कम्पनी मोडल प्रस्ताव

\"\"काठमाडौँ, ७ वैशाख । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा अगाडि बढाउने प्रस्ताव आज पुनः मन्त्रिपरिषद्मा रोकिएको छ । ऊर्जा मन्त्रालयले तीन महिना पहिले नै कम्पनी ढाँचामा सो आयोजनालाई अगाडि बढाउने प्रस्ताव दर्ता गराएको थियो । ऊर्जा मन्त्रालयले राखेको प्रस्ताव पारित गराउने विषयमा दर्जनौ पटक छलफल भएपनि विगत तीन महिनादेखि रोकिएको रोकिएकै छ । कम्पनी बनाउने विषयमा अर्थ, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक प्रक्रिया पु¥याएको र सैद्धान्तिक स्वीकृतिसमेत भइसकेको अवस्थामा पटक पटक सत्ता साझेदार नेपाली काँग्रेसका मन्त्रीहरुले नै प्रस्ताव पारित हुनबाट रोक्ने गरेका छन् । बिहिवार आजको मन्त्रिपरिषद्को बैठकमासमेत बुढीगण्डकीलाई कम्पनी ढाँचामा लैजाने प्रस्ताव कार्यसूचीमा रहेको थियो । कार्यसूचीमा रहेको प्रस्ताव पारित हुनेमा ऊर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ढुक्क थिए तर अन्त्यसम्म आउँदा पनि प्रस्ताव पारित भएन । बुढीगण्डकीको प्रस्ताव आउने वित्तिकै परराष्ट्रमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले यो प्रस्ताव कुनै पनि हालतमा पारित हुँदैन भन्दै, छलफल आवश्यक छ, कसरी पारित हुन्छ, यो हुँदै हुँदैन भन्दै अवरोध गरेका एक मन्त्रीले खबरडबलीलाई जानकारी दिए । मन्त्रिपरिषद्मा सो प्रस्ताव पाँच पटक पेश भइसकेको छ, तर सधै पारित हुनबाट रोकिएको छ, एक मन्त्रीले भने काँग्रेसको नियत बुढीगण्डकी बनोस भन्नेमा देखिएन । नलसिंहगाड जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरकै योजना उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिमार्फत कम्पनी बन्न नदिने चलखेल भएको थियो । कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ करोड भ्रष्टाचार काण्डमा कारवाहीको प्रक्रिया अगाडि बढाएपछि बुढीगण्डकीको मात्रै भएपनि प्रस्ताव पारित हुन्छ भन्नेमा ऊर्जा मन्त्रालय ढुक्क रहेको थियो । तर आज पनि मन्त्री प्रकाशशरणमार्फत फेरि रोकिएको छ । ऊर्जाको प्रस्ताव पटक–पटक रोकिएपछि ऊर्जामन्त्री शर्मा, प्रधानमन्त्री प्रचण्डसँग पनि रिसाएका छन् । प्रधानमन्त्रीले लौ पास भयो भनिदिए पास हुने व्यवस्था रहँदा पनि प्रधानमन्त्री नै चुप बसेको एक मन्त्रीले खबरडबलीलाई बताए । ती मन्त्रीकाअनुसार प्रकाशशरणले विवाद झिक्न थालेपछि प्रधानमन्त्री चुपचाप बसेका थिए । आयोजना अगाडि बढाउने लक्ष्यका साथ पाँच अर्ब रुपैयाँ मुआब्जा वितरण भइरहेको छ । धादिङ र गोरखामा दुई करोड पचास लाखका रुपैयाँमा दरले मुआब्जा वितरण भइरहेको छ । नेपाल आयल निगमले पूर्वाधार कर मार्फत हालसम्म करिब आठ अर्ब रुपैयाँ जम्मा भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending