Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

दुई स्थानमा अपाङ्गमैत्री मतदान केन्द्र

\"\"नुवाकोट, १० वैशाख । अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न सहज बनाउन नुवाकोटमा दुईवटा मतदानस्थललाई अपाङ्गमैत्री मतदान केन्द्र निर्धारण गरिएको छ । अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म सहज रुपमा ह्विलचियरमा पुग्न सक्ने तथा अतिरिक्त सुविधासहितको व्यवस्था गरी विदुर नगरपालिकाको नुवाकोट आदर्श बहुमुखी क्याम्पस, बट्टार र बेलकोटगढी नगरपालिकाको मदानपुर गाविस भवनलाई अपाङ्गमैत्री मतदान केन्द्र चयन गरिएको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिए । अपाङ्गमैत्री मतदान केन्द्रका रुपमा चयन गरेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा विनपा–४ मा रहेका दुई हजार ७१ जना मतदाता रहेका छन् भने मदानपुर गाविस भवनमा चयन गरेको केन्द्रमा साविकको मदानपुर गाविसको वडा नं ६ र ९ मा रहेका एक हजार २६४ जना मतदाता रहेको निर्वाचन कार्यालय प्रमुख अधिकारीले बताए । उनका अनुसार तथ्याङ्कमा प्रष्ट नहुने भएकाले उक्त मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्ति कति सहभागी हुने यकिन नभए पनि सबैभन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेको आधारमा केन्द्र निर्धारण गरिएको हो । अपाङ्गमैत्री मतदान केन्द्रका रुपमा चयन गरेको स्थानमा सडकको सहज व्यवस्था बनाएर मतदान गर्ने स्थानसम्म नै ह्विलचियर लैजान सकिने, दृष्टिविहीन, शारीरिक अपाङ्गता, बौद्धिक अपाङ्गता, बहिरा, सानो मान्छेलगायतलाई सहयोग पु¥याउन स्वयंसेवक र सुरक्षाकर्मी संलग्न रहेको भिन्दै टोलीसमेत व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय प्रमुख अधिकारीका अनुसार अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न लाइन बस्नु नपर्ने व्यवस्थासहित उनीहरुका लागि छोटो समयमा स्वयंसेवकको साथमा मत खसाल्ने व्यवस्थासमेत मिलाइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending