Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

कक्षा १२ को परीक्षा आजदेखि

\"\"भक्तपुर, १० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको परीक्षा यही वैशाख २२ गते सम्पन्न हुनेछ । परीक्षामा आज पहिलो दिन देशभर अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । शिक्षा ऐनको आठौँ संशोधनले विद्यालय शिक्षाको संरचनामा गरेको परिवर्तनपछि पहिलो पटक भएको सो परीक्षालाई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् एसएलसिई परीक्षासमेत भनिएको छ । विगतका वर्षमा कक्षा १० मा सञ्चालन हुँदै आएको माध्यमिक शिक्षाको अन्तिम परीक्षा अर्थात् ‘एसएलसी’ ऐन संशोधन भएसँगै यस वर्षदेखि कक्षा १२ मा भएको हो । देशभरका नौ सय ९० परीक्षा केन्द्रबाट तीन लाख ५३ हजार १२ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा एक लाख ७६ हजार छ सय १२ छात्र र एक लाख ७६ हजार चार सय छात्रा छन् । कक्षा १२ मा ९८ फरक फरक विषयको परीक्षा भएको छ । परीक्षामा ३५ हजार सात सय जनशक्ति परिचालन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को परीक्षालाई नै एसएलसिई परीक्षाका रुपमा पहिलो पटक सञ्चालन गरिएको परीक्षा नियन्त्रक अर्यालले जानकारी दिए । परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गरिने बताइएको छ । परीक्षामा मोबाइल फोन लैजान निषेध गरिएको, सूचना आदानप्रदान गर्न परीक्षा कन्ट्रोल रुमको व्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्तःमनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि विशेष व्यवस्था गरिएको, कारागार वा बालसुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको छ । परीक्षामा अमर्यादित काम गरेको पाइएमा छ महिना कैद र एक लाख रूपैयाँसम्म जरिवाना गरिने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending