Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कता हराए कृष्ण पहाडी !

काठमाडौं, कुनै समय थियो राजनीतिक दलले अघि बढाउन नसकेको आन्दोलनलाई नागरिक समाजका अगुवाहरुले ‘बेग’ दिएका थिए । पूर्वराजा ज्ञानेन्द्रको ‘शाही कदम’ का विरुद्ध सडकमा अग्रमोर्चामा रहेर नागरिक हक स्थापित गराउन आवाज निकाल्ने उनै नागरिक समाजका अगुवा थिए । राज्यको पुनर्संरचना गर्दै समतामूलक नेपाल स्थापनाका लागि यिनै नागरिक समाजका प्रतिनिधि सडकको अग्रमोर्चामा खटिन्थे । त्यही नागरिक समाजको राप र तापमा २०६२/६३ को जनआन्दोलनले उपलब्धि हासिल गरेको थियो । यिनै नागरिक समाजका अगुवामध्ये एउटा तर अलिक् फरक नाम हो– कृष्ण पहाडी । अन्य नागरिक समाजका प्रतिनिधिसँगै सडकमा जनताका अधिकारका कुरा गर्दा पहाडीको हुलिया र व्यक्तित्व फरक देखिन्थ्यो । पहेंलो वस्त्र त यिनको देखिने फरक पहिचान थियो । तर, यिनले निरंकुशताका विरुद्ध सडकमा ओकल्ने धाराप्रवाहको मिठो भाषण आज पनि जनजनले भुल्न सकेका छैनन् । २०६२/६३ को आन्दोलनलाई बेग दिन पहाडी, डा. देवेन्द्रराज पाण्डे, खगेन्द्र संग्रौला, श्याम श्रेष्ठहरुले सडक तताए । त्यही बेगमा राजनीतिक दलको आन्दोलनमा जनताको सहभागिता बढ्यो । देशमा निरंकुश राजतन्त्रको मात्र अन्त्य भएन, गणतन्त्र समेत सम्भव भयो । देशको पुनर्र्संरचना गर्नका लागि देशमा संविधानसभाको निर्वाचन भयो । तर, दलीय ‘इगो’ का कारण पहिलो संविधानसभा अवशान हुन पुग्यो । त्यही अवसानपछि सुस्ताएको नागरिक समाज दोस्रो संविधानसभाको पूर्वसन्ध्यामा सडकमा देखिएन, न दोस्रो संविधानसभा निर्वाचनपछि नै देखियो । दोस्रो संविधानसभा निर्वाचनको एक वर्ष बितिसक्दा दलहरु संविधान निर्माणको किचलोमा अल्झिएकै छन् । तर, निरंकुशता मात्र होइन, परिवर्तनलाई संस्थागत गर्न दबाब दिने नागरिक आन्दोलनका अगुवा गुमनाम देखिन्छन् । किन गुमनाम छन् पहाडी ? वाकपटुकताले जनता जुरुकजुरुक उचाल्ने उनै पहेंलो वस्त्रधारी कृष्ण पहाडी आज कहाँ छन् ? पत्तौ नै छैन । रोम विधानलाई सरकारले अनुमोदन गर्न आग्रह गरे पनि प्रधानमन्त्री सुशील कोइरालाले कुनै तदरुकता नदेखाएको भन्दै पहाडी २०७० चैत १७ मा आमरण अनशन बसेका थिए । आमसंहार, द्वन्द्वका बेला युद्धअपराध, मानवताविरुद्धका अपराधमा संलग्न कुनै पनि व्यक्तिलाई न्यायिक कठघरामा उभ्याउने निकाय रोम विधान भएको भन्दै उनले नेपालले पनि विधानलाई अनुमोदन गर्नुपर्ने माग गरेका थिए । १ सय २२ देशले अनुमोदन गरेको विधान  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका पालामा २०६५ माघ २३ गते मन्त्रीपरिषदमा पेस भए पनि पारित हुन सकेको थिएन । विधान अनुमोदनको माग गर्दै पाँच दिन अनसनमा बसेका बेला पहाडी सिकिस्त बिरामी परे । वीर अस्पतालमा भर्ना गरिएसँगै उनको अनसन पनि टुटेको थियो । उनले अस्पतालको शैय्याबाटै भनेका थिए– ‘रत्नपार्कको शान्तिबाटिकाबाट म उठेपछि अनसन पनि उठ्यो; अनसन मात्रै तोडिएको हो, यसप्रतिको मेरो आग्रह र आन्दोलन तोडिएको छैन ।’ तर, त्यसयता उनी गुमनाम छन् । सडक र मिडियामा आएका छैनन् वा आउन चाहेका छैनन् । तीन हप्ताअगाडि खबरडबलीले उनका बारेमा बुझ्न खोज्दा ‘एउटा होइन, धेरै किताब लेखिरहेको छु’ भन्दै ‘दुई वर्षपछि कुरा गर्ने’ बताए । ‘अहिले म मिडियामा आउन चाहन्नँ’ के गरिरहनुभएको छ भन्ने प्रश्नमा उनले भने– ‘अहिले केही किताब लेखिरहेको छु, दुई वर्षपछि कुरा गरौंला ।’ स्रोतका अनुसार पहाडी डेढ वर्षदेखि किताबको तयारीमा छन् । तर, उनले कस्तो किताब लेख्दै छन् भन्ने विषयमा केही खुलाउन चाहेनन् । यसअघि पनि उनले लोकतन्त्र र मानवअधिकारका विषयमा किताब लेखेका छन् । पहाडी पछिल्लो पटक पहिचानका आन्दोलनका क्रममा पद्मरत्न तुलाधारले नेतृत्व गरेको आन्दोलनतका सडकमा देखिएका थिए । तुलाधारको अभियान भन्दा पनि शान्ति समाजले गरेको प्रदर्शनमा देखिए । तर, पहिलेको कृष्ण पहाडीको जस्तो चर्चा उनले पाएनन् । गत पुसमा बानेश्वमा भएको सो प्रदर्शन संविधानको माग गर्दै भएको थियो । को हुन् पहाडी ? शान्ति र मानव अधिकारका लागि २०५० सालतिर पहाडीले पहेंलो वस्त्रधारण सुरु गरेका हुन् । ‘२०५०÷५२ सालतिर पहेलो साधु विचार, शान्ति र मानव अधिकारका लागि उहाँले पहेंलो वस्त्र लगाउनुभएको हो’ उनीसँगै आन्दोलनका हिँडेका एक मानवअधिकारवादी भन्छन्, ‘तर, उहाँ किन चुपचाप बस्नुभएको छ, बुझ्न सकिएको छैन ।’ पहाडीलाई साधु स्वाभावको मान्छेको रुपमा चित्रित गर्दै ती अधिकारवादीले भने, ‘गुप्तवास बस्नुहुन्छ । दुई चार वटा किताब लिएर फेरी निस्कनुहुन्छ ।’ मानव अधिकार, लोकतन्त्रकाबारे लेखिएका पाहाडीका किताब त्यत्ति लोकप्रिय नभएको उनी बताउँछन् । पहिले कांग्रेस निकट मानिने पहाडीलाई कतिले माओवादी निकट भएको पनि माने । तर, उनले पछिल्लो समय उनीसँगै काम गरेका सहयात्रीहरुले दलको फेरो समाए पनि उनी गुमनाम जस्तै देखिएका छन् । उनको सक्रियतामा अघि बढेको शान्ति समाजको गतिविधि पनि अहिले त्यति देखिंदैन । ‘मानवअधिकारको नाममा पहाडीले नै अघि बढाएको शान्ति समाज अहिले उहाँजस्तै गुप्तवासमा छ’ एक अधिकारवादी भन्छन्, ‘समाजलाई उहाँकै चेलाहरुले चलाएका छन् ।’ मानव अधिकारवादी यो संस्थाले विदेशी सहयोग नलिएको दाबी गर्ने गरेको छ । सम्पन्न खानदानका भए पनि  पहाडी अहिले काठमाडौंस्थित गौशालामा दिदीको घरमा बस्ने गर्छन् । सत्ता र शक्तिले नगारिक समाजमा ‘कन्ट्राडिक्सन’ नागरिक अगुवा एवं प्राध्यापक कपिल श्रेष्ठ लोकतन्त्र प्रक्रिया अघि बढेपछि नागरिक समाजको आन्दोलन सुस्ताएको बताए । ‘निरंकुशता विरुद्ध सडकमा जनता उराल्न र आन्दोलनप्रति सचेतना दिलाउन नागरिक समाजको महत्वपूर्ण योगदान थियो’ श्रेष्ठ भन्छन्, ‘दुई दुई पटकको संविधानसभा निर्वाचनपछि लोकतन्त्र ठाउँ प्रक्रियाले ठाउँ लियो र दललाई सुम्पिएछि नागरिक समाज सुस्ताएको छ ।’ सत्तामा जान आधारमा नभई विभिन्न पेशा व्यावसायबाट आउनेले सडक तताउन गरेको भए पनि कोही सत्तामुखी र कोही आशामुखी भएपछि नगारिक समाज अहिले सुस्ताएको उनको भनाई छ  । ‘विभिन्न पेशा र ठाउँबाट विभिन्न ‘इस्यु’  र ‘एजेन्डा’ मा आएर आन्दोलन गरेको हो’ श्रेष्ठ भन्छन्, ‘कति आ–आफ्नो ठाउँमा गए । लोकतन्त्र संस्थागत नभए पनि कोही सत्ता र शक्तितिर जोडिए, सत्तासँग नजोडिनेहरु जोडिने आशामा छन् ।’ नागरिक समाजमा पहिले गतिशीलता भए पनि अहिले ‘मल्टिपल कन्ट्राडिक्सन’ का कारण अहिले सुस्ताको उनको अनुभव छ । ‘जनआन्दोलनको एकै एजेन्डा थियो, अहिले मल्टिपल एजेन्डा छन् त्यसैले  मल्टीपल कन्ट्राडिक्सन आए’ श्रेष्ठ थप्छन्, ‘त्यसैले आज नागरिक समाज कमजोर भएको हो ।’ अर्का नागरिक अगुवा देवेन्द्रराज पाण्डे जसलाई एमाओवादी निकट भएको आरोप लागेपछि उनी पनि निष्क्रिय छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies