Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

चुनावको मुखैमा प्रचण्ड र वैद्य माओवादीका नेताले पार्टी छाडे

\"\"काठमाडौँ, १९ वैशाख । वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्र र नेकपा (माओवादी क्रान्तिकारी नेताहरुले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रले पुरानो संसदीय व्यवस्थालाई सुदृढ गर्ने दिशामा अगाडि बढेको, इमान्दार नेता–कार्यकर्ताभन्दा ठेकेदारहरुको हालिमुहाली बढेको भन्दै पार्टी परित्याग गर्नु परेको बताए । मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोलिट्ब्युरो सदस्य अटलले माओवादी केन्द्रका नेताहरु पार्टी र सरकारको माथिल्लो निकाय पुग्न जाल, झेल र तिकडम गरिरहेको बताए । पार्टीको उपल्लो निकायमा पुग्न सफल चंखे–चतुरे, व्यक्तिवादी,महत्वकांक्षी (तथाकथित प्रभावशाली) नेताहरुको लुट र घुसबाट आर्जित अकूत सम्पति आर्जन गर्न प्रतिस्पर्धा गरिरहेको आरोप लगाएका छन् । “नेकपा माओवादी केन्द्रका कुटिलहरुले अझैसम्मपनि क्रान्तिकारी कार्यकर्ता र जनतालाई झुक्याउनका लागि सर्वहारा वर्गको मुक्ति र समाजवादको फलाको हाल्न छोडेका भने छैनन् । मालेमाको मर्म र जनयुद्धको भावना विपरित जो आफै व्यक्तिवादी, स्वार्थी, परिवारवादी, नातावादी, पक्षपाति अझ जातिवादी पनि, भ्रष्ट, अकुत सम्पत्तिका मालिक बन्नु उनीहरुको कर्म बनेको छ” पोलिट्ब्युरो सदस्य अटलद्धारा जारी गरेको विज्ञप्तिमा भनिएको छ । [caption id=\"attachment_129857\" align=\"alignleft\" width=\"712\"]\"\" ????????????????????????????????????[/caption] जनयुद्ध लडेका इमान्दार कार्यकर्ताको बेहाल भएको बताउँदै अटलले प्रचण्डको नेतृत्वमा माओवादी केन्द्र एमालेको बाटोमा लागेको आरोप समेत लगाए । त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) दाङका सेक्रेटरी खम्बु चन्द ‘समीर यात्री’को नेतृत्वमा आधा दर्जन नेता–कार्यकर्ताले पनि विद्रोह गरेका छन् । विचारको संरक्षण गर्ने नाममा मोहनविक्रम सिंहको बाटोमा लागेको बताए । ‘क्रान्तिकारी माओवादीको नेतृत्वमा अब कुनै पनि क्रान्ति हुँदैन, त्यहाँ बसिरहनु समय बर्बाद पार्नु मात्र हो’ समिरले भने । ‘किरणबाट पार्टीलाई ठोस दिशा निर्देश गर्ने, ठोस परिस्थितिको ठोस विश्लेषण गरी ठोस निर्णय लिदै पहलकदमी लिने र राजनीतिक हस्तक्षेप बढाउने जस्ता महत्वपूर्ण विषयमा कमजोर भूमिका देखिदै आयो । अन्तरसंघर्षलाई उचित ढंगले व्यवस्थापन गर्दै तत्काल सही निर्णय लिनुको सट्टा लामो समयसम्म अनिर्णयको बन्दी बन्ने, अकर्मण्यतामा फस्ने जस्ता समस्याले पार्टीलाई गम्भीर क्षती पुर्याउदै आएको छ । यही समस्याले पार्टीलाई गतिहिन र दिशाविहिन बनाउदै आएको छ’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा बोल्दै समिरले क्रान्तिकारी माओवालदीले चुनाव उपयोग गर्नेको नीति अक्रमर्णयताको उपचार भएको बताए । क्रान्तिकारी माओवादीमा बसेर समय बर्बात पार्नु भन्दा विद्रोह गर्न सबै नेता–कार्यकर्तालाई आग्रह समेत गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending