Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

बाजुराबाट लाखौँको खोटो निर्यात

\"\"बाजुरा, २४ वैशाख । बाजुराका विभिन्न सामुदायिक वनबाट बर्सेनि सल्लाका रुखबाट खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको छ । सामुदायिक वनमा प्रशस्त रुपमा सल्लाका बोट पाइने भएकाले खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको जिल्ला वन कार्यालय, बाजुराका निमित्त वन अधिकृत मनकुमार छन्त्यालले बताए । बडिमालिका नगरपालिकामा रहेका १६ सामुदायिक वन र गौमुल गाउँपालिकामा रहेको एक सामुदायिक वनबाट प्रत्येक वर्ष दुई कम्पनीले खोटो सङ्कलन गरेर लैजाने गरेको बताइएको छ । खोटो सङ्कलनका लागि मनकामना रोजिन क्यामिकल उद्योग प्रालि र हिउँचुली कम्पनीलाई सङ्कलन अनुमति दिइएको छन्त्यालले बताए । सामुदायिक वनमा रहेका प्रतिरुखबाट चार किलो खोटो सङ्कलन गर्न पाउने प्रावधान रहेको छ । खोटो सङ्कलनका लागि मनकामना रोजिन क्यामिकल उद्योग प्रालि नेपालगन्जलाई १० वटा सामुदायिक वन र हिउँचुली उद्योग कम्पनीलाई सातवटा सामुदायिक वनबाट खोटो सङ्कलन गर्न अनुमति दिइएको जिल्ला वन कार्यालयका रेञ्जर विशालकुमार लामाले जानकारी दिए । खोटो सङ्कलन चैतदेखि कात्तिकसम्म मात्र गर्न पाउने लामाले बताए । मनकामनाले एक हजार ३८० माउ रुख र ३६ हजार ६८४ अन्य रुख गरी ३८ हजार ६४ वटा सल्लाका रुखबाट खोटो सङ्कलन गरिएको छ । खोटो सङ्कलनका लागि चार हजार ८९० मुख्य रुख र ५० हजार ५२९ गरी ५५ हजार ४१९ रुखबाट खोटो सङ्कलन गर्नका लागि हिउँचुली कम्पनीलाई अनुमतिपत्र दिइएको छ । हिउँचुलीले २१४ दशमलव ७० बढी किलो खोटो सङ्कलन गरिएको कम्पनीले जनाएको छ । खोटो सङ्कलनका लागि मनकामना रोजिन उद्योगले ३६ हजार ६८४ योग्य रुखबाट एक लाख ४६ हजार ७३६ किलो खोटो सङ्कलन गरी निर्यातका लागि अनुमतिपत्र दिइएको कम्पनीका भीमप्रसाद पौडेलले बताए । खोटो सङ्कलनपछि नेपालगन्ज निर्यात हुने भएको छ । खोटो सङ्कलनपछि कार्पेन तेल बनाएर रङ्गमा मिसाउन प्रयोग गरिने पौडेलको भनाइ छ । बर्सेनि बाजुराबाट एक लाख ४६ हजार ९५० दशमलव ७० किलो सङ्कलन भई जिल्ला बाहिर निर्यात हुने गरेको जिल्ला वन कार्यालय, बाजुराले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending