Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

बाग्मतीको जल २५ वर्षदेखि पशुपतिमा चढाउन छोडियो

काठमाडौँ, पशुपतिनाथ मन्दिर स्थापना भएदेखि नै बाग्मती नदीको जलले स्नान गराएर चढाउने गरिएकामा विगत २५ वर्षदेखि अशुद्धताले गर्दा जल चढाउन सकिएको छैन ।

बाग्मतीमा ढल हाल्न थालिएपछि २०४७ सालदेखि बाग्मतीको जलले स्नान नगराई भष्मेश्वरघाटको पश्चिममा पञ्चदेवलको अगाडि रहेको परम्परागत इनारलाई मर्मतसम्भार र पुनःनिर्माण गरी जल चढाउन र स्नान गराउन सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बाग्मती नदी किनारमा रहेका पशुपतिनाथ, गोकर्णेश्वर, सुन्दरीमाई, शङ्खमूल र त्रिपुरेश्वर क्षेत्रका मन्दिरको पवित्रता बाग्मती नदीका कारण भएकामा नदीको अशुद्धताले ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक स्थलको अस्तित्व सङ्कटमा परेको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताए । \'बाग्मती तीर्थको महत्व नदीमा स्नान गर्नु नै हो, यहाँ स्नान गर्दा पाप पखालिई अक्षय पुण्य प्राप्त हुने कुरा शास्त्रमा वर्णन गरिएको छ\' उनले भने ।

बाग्मतीको जल चढाउन नसकिने अवस्थामा पुगेपछि सुधारका लागि नदी सफाइ र ढल सुधारको कार्यक्रम सुरु भएको थियो । ध्रुवराम भण्डारीको संयोजकत्वमा सरकारले गठन गरेको समितिले अपेक्षा गरेअनुरुपको काम गर्न नसकेपछि सांसद विद्यादेवी भण्डारीको नेतृत्वमा बाग्मती ढल सुधार आयोजनाको गठन गरिएको थियो ।

करिब छ महिना काम गरेपछि यो समितिले पनि आशा गरेबमोजिमको उपलब्धि हासिल गर्न नसकेपछि मन्त्रिपरिषद् बैठकले विदुर पौडेलको अध्यक्षतामा अधिकार सम्पन्न बाग्मती क्षेत्र ढल निर्माण सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिको गठन गरेको थियो ।

मन्त्रिपरिषद्को अख्तियारीसहित गठन आदेश जारी गरेर बनाइएको सो समितिले केही उपलब्धि हासिल गरे पनि बाग्मतीमा स्नान गराउन र जल चढाउन हुने अवस्थामा पु¥याउन नसकेको समितिका अध्यक्ष पूर्व सांसद पौडेल स्वीकाछन् ।

विभिन्न नाममा फेरबदल हुँदै यो समितिले अहिलेसम्म निरन्तरता पाए पनि बाग्मतीको पानी अझै पशुपतिमा स्नान गराउन र चढाउन हुने अवस्थामा पुगेको छैन ।

\'समितिले ४० मिटरको नदी क्षेत्र र दायाँबायाँ २०-२० मिटरको हरियाली पार्कका लागि जग्गा छोडी गोकर्ण–गुह्येश्वरी क्षेत्रमा नदी व्यवस्थित गर्ने काम गरेको छ\'– उनले भने \'गुह्येश्वरीमा प्रशोधन केन्द्र निर्माण गरी पानी शुद्धीकरण गरिए पनि पशुपतिमा स्नान गर्न योग्य बनाउन सकिएन, नदीमा ढल हाल्न नछोडेसम्म पानी शुद्ध बनाउन सकिँदैन, माथिदेखि नै ढल हाल्न छोड्ने हो भने जल स्नान गराउन र चढाउन पनि सकिन्छ ।\'

पशुपतिमा सुन्दरीजलबाट सिधै पानी ल्याएर स्नान गराउने र जल चढाउने व्यवस्था गर्न खोजिए पनि त्यो सम्भव नभएको सदस्यसचिव टण्डन बताउँछन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending