Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने

\"\"चितवन, ६ जेठ । सरकारी अस्पताल भरतपुर अस्पताललाई अति विशिष्ट सेवासहितको एक हजार शैयाको शिक्षण अस्पतालको रुपमा विकास गर्न प्रस्ताव गरिएको छ । अस्पताल विकास समितिको हालै सम्पन्न बैठकले अस्पतालको गुरुयोजना पारित गरेर स्वास्थ्य मन्त्रालयमा पेस गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार १४ बिगाहा १० कठ्ठा जग्गामा छुट्टाछट्टै अस्पताल भवन, शैक्षिक भवन, आवास भवन, पार्किङग, फूलबारीलगायतका संरचना निर्माण गरिने छ । शुद्ध खानेपानीको सुविधा हुने छ, भने अस्पताल आफैँले अक्सिजन प्लान्ट निर्माण गर्ने छ । फोहोर व्यवस्थापनका लागि विशेष योजना अगाडि सारिएको छ । रु ६ अर्ब ५४ करोडको लागतमा गुरुयोजना अनुरुपको काम सम्पन्न गर्न सकिने अध्यक्ष राजभण्डारीले बताए । हाल अस्पतालको दुईवटा भवन निर्माण भइसकेका छन् । यसअघि अस्पतालका पूर्व अध्यक्ष स्व नरबहादुर खाँडले गुरुयोजना निर्माण गरी काम गर्नुपर्ने भन्दै सोहीअनुरुप भवन निर्माणको कार्य अघि बढेको थियो । यद्यपि मन्त्रालयबाट स्वीकृति गराइएको थिएन । सो पश्चात अस्पतालमा निर्माण गरिएका संरचना दीर्घकालीन काम गर्ने खालका रहेका छन् । गुरुयोजना सम्बन्धित मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ । अस्पतालको भरतपुर आँखा अस्पतालको नजिकको क्षेत्रमा आवास, सोही क्षेत्रमा व्यावसायिक भवन, हाल मुख्य प्रवेशद्वार रहेको पूर्वी क्षेत्रमा शैक्षिक भवन निर्माण गर्ने प्रस्ताव गरिएको छ । अस्पतालको आफ्नै ३१ बिगाहा जग्गा रहे पनि अन्य सङ्घ संस्थालाई भाडामा र भोगचलनका लागि दिएकाले हाल ११ बिगाहा मात्र बाँकी रहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले उपयोग गर्दै आएको तीन बिगाहा १० कठ्ठा जग्गा समेतलाई समेटेर गुरुयोजना निर्माण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनिले जानकारी दिए । सरकारले बजेट दिन सकेमा पाँच वर्षभित्रमा गुरुयोजनाअनुरुपको काम हुनसक्ने मरासिनिले बताउनुभयो । भरतपुर अस्पतालमा चितवन र छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । गत आर्थिक वर्षमा एक लाख ५३ हजार बिरामीले बहिरङ्ग सेवा लिएका थिए । राजधानी बाहिर ठूलो सङ्ख्यामा बिरामीलाई सेवा दिने अस्पतालको रुपमा भरतपुर अस्पताललाई लिइन्छ । अस्पतालमा हाल तीन सय श्यया सरकारी र तीन सय श्यया अस्पताल विकास समितिको स्रोतमा सञ्चालनमा रहेको छ । यद्यपि बिरामीको चाप उच्च भएकाले भूइँमा सुतेर उपचार लिन बाध्य छन् । शिक्षण अस्पतालको रुपमा विकास गर्न सकेमा न्यून शुल्कमा विद्यार्थीले एमविविएस सहित अन्य स्वास्थ्य शिक्षा पढ्न पाउने छन् । हाल अस्पतालमा प्रविणता प्रमाणपत्र तह र स्नातक तहको नर्सिङ् कार्यक्रम सञ्चालनमा रहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending