Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

प्रतिबद्धतापत्र लिएर तराई झर्यो एमाले

\"\"भैरहवा, ७ जेठ । बुद्धिजीविहरुले आगामी जेठ ३१ मा हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नेपाल कम्युनिस्ट पार्टी एमाले सिद्धार्थनगरले सार्वजनिक गरेको सिद्धार्थनगरको विकास निर्माण र परिकल्पनासहितको प्रतिबद्धता पत्र बहुप्रतिष्ठित र सराहनीय भएको औल्याएको छन् । भैरहवामा नेपाल बुद्धिजिवी परिषद् रुपन्देही क्षेत्र नं. २ ले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् । अन्तरक्रियामा बोल्दै नेपाल बुद्धिजिवी परिषद्का केन्द्रीय सल्लाहकार बालकृष्ण भट्टराईले सिद्धार्थनगरको विकासमा एमालेले अगाडि सारेको प्रतिबद्धतापत्र जिवन्त रहेको बताए । ‘प्रतिबद्धता पत्रमा नगरको विकास, सडक निर्माण, कृषि, पर्यटन, औद्योगिक व्यवसायको प्रवद्र्धन, ढल निकास, स्वास्थ्य शिक्षा, कृषि, विभिन्न जातजाति तथा धर्महरुको संरक्षणलगायतका विषयवस्तुलाई विशेष उठान गरिएको छ, यो आफैमा सराहनीय छ’, भट्टराईले भने– ‘प्रष्ट मार्ग चित्रणसहित सार्वजनिक गरिएको यो प्रतिबद्धता पत्रलाई अक्षरांश कार्यान्वयनका लागि एमालेले जित्न जरुरी छ ।’ उनले बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न प्रतिबद्धता पत्रमा भ्रष्टाचारमुक्त नगर बनाउने घोषणा गर्नु नै सबैभन्दा राम्रो पक्ष भएको बताए । शिक्षाविद् समेत रहेका भट्टराईले गौतमबुद्धको नगरीलाई आधुनिक सहर बनाउनका लागि एमालेको प्रतिबद्धता पत्रले कोशे ढुंगाको काम गरेको समेत बताए । रुपन्देही बारका अध्यक्ष मोहन देउजा, शिक्षाप्रेमी भरतकुमार पोखरेल, भैरहवा मर्निङ वाक गु्रपका पूर्व अध्यक्ष विजय सागर, पेशागत महासंघ रुपन्देहीका डाँसुराम पाण्डे, परिषद्का क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर थापा, प्याब्सनका महेश भूर्तेल, सामूहिक विद्यालय परिवार रुपन्देहीका उपाध्यक्ष गंभीर गुरुङलगायतले बोल्दै सिद्धार्थनगरको विकासमा पाँच वर्षे योजनासहित एमालेले सार्वजनिक गरेको प्रतिबद्धता पत्र सबै क्षेत्रलाई समेटेर ल्याइएकोमा खुशी व्यक्त गरे । उनीहरुले प्रतिबद्धता पत्र महत्वकाँक्षी नभई सजिलै पूरा गर्ने सकिने भएको बताए । कार्यक्रम परिषद्का सचिव लक्ष्मण ज्ञवालीको संचालनमा भएको थियो । यसै बीच एमालेले सिद्धार्थनगरमा चुनावी प्रचार अभियानलाई तीव्रता दिँदै गएको छ । उसले नगरका वडा नं. १, २, ३, ४, ७, ९, ११, १२ लगायतका क्षेत्रहरुमा मेयरका उम्मेदवार हरिप्रसाद अधिकारी, उपमेयरका उम्मेदवार उमा काफ्ले, सम्बन्धित वडाका वडा अध्यक्ष र सदस्यहरु सहितको टोलीले घरदैलो गरिरहेको छ । घरदैलोका क्रममा एमालेप्रति जनताको आशा, भरोसा र विश्वास उच्च रहेको मेयरका उम्मेदवार अधिकारीले बताए । एमालेले जिते मात्रै सिद्धार्थनगरको विकास हुनेमा सिद्धार्थनगरबासीले अपेक्षा राखेको उपमेयरकी उम्मेदवार काफ्लेले बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending